उपराष्ट्रपतिसहित ९ जना सवार हवाईजहाज बेपत्ता
काठमाडौं । दक्षिणपूर्व अफ्रिकी मुलुक मलावीका उपराष्ट्रपतिसहित ९ जना सवार एक हवाईजहाज बेपत्ता भएको छ । राजधानी लिलोंग्वेबाट जुजु अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदै गर्दा उपराष्ट्रपति सौलोस क्लोस चिलिसहितका व्यक्तिहरु सवार हवाईजहाज बेपत्ता भएको हो ।
मलावीको राष्ट्रपति कार्यालयले वक्तव्य जारी गर्दै उपराष्ट्रपति सौलोस क्लोस चिलिमा सहित ९ जना सवार हवाईजहाज बेपत्ता भएको जानकारी दिँदै उनीहरुको खोजीकार्य जारी रहेको जनाएको छ ।
५१ वर्षीय चिलिमा मलावी सेनाको हवाईजहाजमा थिए । उक्त हवाईजहाज स्थानीय समयअनुसार ९ः१७ बजे (नेपाली समय अनुसार दिउँसो १ बजे) राडारसँग सम्पर्कविच्छेद भएको थियो ।
राष्ट्रपति लाजरस चकवेराले सुरक्षाकर्मीहरुलाई खोज तथा उद्धारमा परिचालित हुन निर्देशन दिएका छन् । उनले बहामास जाने पूर्वनिर्धारित कार्यक्रम पनि रद्द गरेका छन् ।
सन् २०२२ मा उपराष्ट्रपति चिलिमालाई भ्रष्टाचार आरोपमा पक्राउ गरिएको थियो । उनीमाथि ब्रिटिश–मलावी व्यापारीसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा मुछिएको आरोप छ । उनले भने आफूमाथि लगाइएका आरोपहरु खण्डन गर्दै आएका छन् ।
ताजा
राैतहट-४ मा पत्रकार ऋषि धमलाकाे जित सुनिश्चित !
२०८२ फाल्गुन १७ गते, आईतवार
राैतहट-४ मा पत्रकार ऋषि धमलाकाे जित सुनिश्चित !
२०८२ फाल्गुन १७ गते, आईतवार
कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थामा नयाँ कार्यसमिति चयन
२०८२ फाल्गुन १७ गते, आईतवार
इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टि
२०८२ फाल्गुन १७ गते, आईतवार
काठमाडौं उपत्यकामा कांग्रेसले आज ६ वटा चुनावी सभा गर्दै
२०८२ फाल्गुन १७ गते, आईतवार
फेरि पक्राउ परे दुर्गा प्रसाईँ
२०८२ फाल्गुन १७ गते, आईतवार
भक्तपुर २ मा पत्रकार कबिर राणाको चर्चा
२०८२ फाल्गुन १६ गते, शनिबार
बिबाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता राजधानीमा सम्पन्न
२०८२ फाल्गुन ११ गते, सोमबार
सेजलले ‘मिस इको इन्टरनेशनल २०२६’ नेपालको प्रतिनिधित्व गर्ने
२०८२ फाल्गुन ११ गते, सोमबार
सिन्धुपाल्चोकमा समाजसेवामा अग्रसर बन्दै राममणी न्याैपाने
२०८२ फाल्गुन ११ गते, सोमबार
धादिङ बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, २५ जना घाइते
२०८२ फाल्गुन ११ गते, सोमबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





