शिक्षणबाट अवकाशपछि सुन्तला खेतीमा: बर्सेनी पाँच लाख आम्दानी
बागलुङ । जागिरमा जीवनको उर्वर समय खर्च गरेका धेरै मानिस अवकाशपछि आराम गर्छन्। तर बागलुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्का ३७ वर्षको शिक्षण पेशाबाट अवकाश पाएपछि पनि सक्रिय छन्।
शिक्षक, प्रधानाध्यापक हुँदै स्रोत व्यक्तिबाट अवकाश प्राप्त गरेका उनी अहिले पनि मासिक ३५ हजार पेन्सन बुझ्छन्। तर ७१ वर्षको उमेरमा उत्तिकै जोश जाँगरका साथ उनी सुन्तलाखेतीमा रमाएका छन्।
खड्काले अवकाशपछिको समय सुन्तला खेतीमा लगाएको १० वर्ष भयो। उनी सुन्तलाबाट वार्षिक पाँच लाख रुपैयाँ आम्दानी गरिरहेका छन् ।
आफू अहिले किसानका रूपमा सक्रिय भएको भन्दै कृषिबाट सन्तुष्ट बनेको खड्काले बताए। उनले आठ रोपनी जग्गामा लगाएको सुन्तला यसपटक चितवनका बजार पुगेको छन् । विगतका वर्षमा धादिङ र पोखराका बजारमा पुगेका सिगानाको सुन्तला चितवनमा पुगेको हो।
दुई सय सुन्तलाको बोटबाट सुन्तला उत्पादन गरिराखेका खड्का आफू अवकाशपछि यसैमा रमाएको बताउँछन्। ‘परम्परागत कृषि पेसा पुख्र्यौली थियो, मैले धान फल्ने खेतमा सुन्तला खेती गरेको हँ, शिक्षक, प्रधानध्यापक हुँदै स्रोत व्यक्ति बने, ३७ वर्ष लामो जागिरपछि सुन्तलाखेतीमा लागेँ’, उनले भने, ‘अहिले उत्पादन गरेको सुन्तला चितवनको व्यापारीलाई पाँच लाखमा एकमुष्ट बिक्री गरेँ।’
चितवनका व्यापारीले सुन्तला बगैचाबाट नै एकमुष्ट किनेपछि सुन्तला टिप्ने स्थानीय महिलाले समेत रोजगारी पाएका छन्। आगामी वर्ष केही सुन्तलाको रुखले उत्पादन दिन थाल्ने भएपछि आम्दानी वृद्धि हुने खड्काको भनाइ छ। सुन्तला गाउँका रूपमा परिचित सिगानाका करिब १०० किसानले सुन्तला लगाएका छन् ।
‘चितवनको क्षेत्रपुरमा सिगानाको सुन्तला निर्यात भएको छ, हाम्रो सुन्तला लागिसकेपछि अन्य किसानको समेत सुन्तला चितवन लैजाने व्यापारीको भनाइ छ’, उनले भने, ‘परम्परागत खेतीभन्दा सुन्तलाखेतीबाट धेरै गुणा राम्रो कमाइ गर्न सकिन्छ, सिगानामा मजस्ता धेरै किसान अहिले सुन्तला खेतीमा छन्, सिगानमा सरदर रु तीन करोडसम्मको सुन्तला उत्पादन हुन्छ।’ (रासस)
ताजा
नेपाल लेखापढी व्यवसायी एसोसिएसनद्वारा मातहतका निकायलाई विशेष आग्रह
२०८२ चैत्र २२ गते, आईतवार
नेपाल लेखापढी व्यवसायी एसोसिएसनद्वारा मातहतका निकायलाई विशेष आग्रह
२०८२ चैत्र २२ गते, आईतवार
काठमाडौंबाट गुण्डागर्दीमा संलग्न १८ जना पक्राउ
२०८२ चैत्र २१ गते, शनिबार
काठमाडौंमा बिहान ११ बजेदेखि ३ बजेसम्म यी स्थानमा बिजुली कटौती हुने
२०८२ चैत्र २१ गते, शनिबार
कलाकार सागर लम्साल ‘बले’ पक्राउ
२०८२ चैत्र २१ गते, शनिबार
‘तारा पिली पिली’ गीत सार्वजनिक (भिडियोसहित)
२०८२ चैत्र २० गते, शुक्रबार
निफमा ‘रसियन फिल्म डेज’ को उद्घाटन
२०८२ चैत्र २० गते, शुक्रबार
‘रोल नं १’ को पहिलो पोस्टर सार्वजनिक
२०८२ चैत्र २० गते, शुक्रबार
पाँच पाण्डव’बाट सागर लम्साल (बले) निष्कासित
२०८२ चैत्र २० गते, शुक्रबार
कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको आरोप
२०८२ चैत्र २० गते, शुक्रबार
डीपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित
२०८२ चैत्र २० गते, शुक्रबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





