मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ।

सामान्यतः अक्टोबर(२ देखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन सक्रिय देखिएको छ। वरिष्ठ मौसमविद् वरुण पौडेल विभिन्न विष्लेषणका आधारमा आज मौसम बाहिरिने दिन अनुमान गरिए पनि यसपाली मनसुन केही दिन लम्बिएको छ। उनले अझै मनसुन बाहिरिन झण्डै हप्ता दिन लाग्नसक्ने अनुमान रहेको बताए।

यो बेलामा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रसमेतको प्रभाव रहेको छ। त्यसैले बदली छ।

अबको केही दिन मौसम बदली हुने र ठाउँठाउँमा वर्षासमेत हुने भएकाले यो बेलामा किसानले विशेष ख्याल गर्नुपर्ने उनले बताए। “अहिले धानबाली भित्र्याउने बेला हो, काटेको धान छ भने भित्राइहालौं र काट्ने बेलाको धान छ भने नकाटौं। दुईरतीन दिन रहने यो प्रणालीले धान विगार्छ, खुलेपछि मात्रै काटौं”, उनले भने।

उनका अनुसार नेपालमा पश्चिमबाट मनसुन बाहिरिन्छ भने पूर्वबाट भित्रिन्छ। अहिले नेपालको कोशी, मधेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत छ।

भारतको उडिसा, छत्तिसगढ, विहारलगायत क्षेत्रमा पनि मौसम बदली छ। आज देशभर जसो नै बादल लाग्ने र धुम्म हुन्छ। घाम लाग्ने सम्भावना कम छ। साँझपख कतिपय ठाउँमा वर्षा पनि हुने उनले बताए।

जल तथा मौसम विज्ञान विभागले दुई वर्ष अघि मनसुन भित्रिने समय जुन १३ र बाहिरिने समय आज अक्टोबर २ लाई अनुमान गरेको थियो। त्यसअघि भित्रिने समय जुन १० र बाहिरिने समय सेप्टेम्बर २३ थियो।

हरेक १० वर्षको विष्लेषण गरेर यसरी मिति अनुमान गर्ने गरिन्छ। पछिल्लो समयमा तोकेको मितिभन्दा ढिला गरी मनसुन बाहिरिरहेको छ। मनसुन भित्रिन पनि ढिला गरिरहेको छ। यही साल पनि मनसुन एक दिन ढिला गरी भित्रिएको थियो भने बाहिरिन पनि समय लाग्ने देखिएको छ।

यो वर्ष नेपालमा जनु १४ अर्थात् जेठ ३१ मा मनसुन भित्रिएको थियो। तर त्यसको नौ दिनपछि मात्रै असार ८ गते मनसुन देशैभरी फैलिएको थियो।

शुरुमा कोसी प्रदेश, मधेश र गण्डकी प्रदेशको पूर्वी भुभाग र बागमती प्रदेशका अधिकांश भूभागमा मनसुन आगमन भएको थियो। यसपाली मनसुनको शुरुआती समयमै पूर्वी नेपालमा भारी भारी वर्षापछिको बाढी र पहिरोले वितण्डा मच्चाउँदा ठूलो धनजनको क्षति भएको छ।

यसपाली १२ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान थियो। मनसुनका समयमा औषतभन्दा कम पानी पर्ने आकलनसमेत गरिएको थियो। औषतभन्दा कम पानी पर्ने अनुमानका बीच केही स्थान केन्द्रित भएर मनसुनी वर्षा हुँदा भने पूर्वी र पश्चिम नेपालललगायत केही स्थानमा भने ठूलो जनधनको क्षति गराएको छ।

जल तथा मौसम विज्ञान विभागले विगत १० वर्षको मनसुनी प्रणाली विष्लेषण गरेर केही वर्षअघि निकालेको निष्कर्षका आधारमा सामान्यतः मौसम बाहिरिने दिन आजलाई अनुमान गरेको थियो। रासस

145 Views

ताजा

भारतमा ग्यास संकट, रेस्टुरेन्ट व्यवसाय बन्द हुने जोखिममा

२०८२ फाल्गुन २६ गते, मंगलवार

भारतमा ग्यास संकट, रेस्टुरेन्ट व्यवसाय बन्द हुने जोखिममा

२०८२ फाल्गुन २६ गते, मंगलवार

बालेन प्रधानमन्त्री बन्ने कुरामा कुनै शंका छैनः पाण्डे

२०८२ फाल्गुन २६ गते, मंगलवार

भोलि भट्टराई भारत जाने

२०८२ फाल्गुन २६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को छायांकन सुरु

२०८२ फाल्गुन २६ गते, मंगलवार

लायन्स क्लबद्वारा अन्तर्राष्ट्रिय नारी दिवसमा १११ महिलालाई सम्मान

२०८२ फाल्गुन २६ गते, मंगलवार

लोकतन्त्रमा हार र जीत दुवै स्वाभाविक प्रकृया

२०८२ फाल्गुन २६ गते, मंगलवार

गण्डकीमा एमाले र नेकपा शून्य

२०८२ फाल्गुन २६ गते, मंगलवार

आज दिनभर साधारणतया बादल लाग्ने

२०८२ फाल्गुन २६ गते, मंगलवार

बिहीबार निर्वाचन प्रहरीको बिदाइ

२०८२ फाल्गुन २६ गते, मंगलवार

समानुपातिकमा पनि रास्वपाकै वर्चस्व

२०८२ फाल्गुन २६ गते, मंगलवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal