हत्या, हिंसाले भयानक रुप लिने चिन्ता !
रुषा थापा
करिब पाँच दशकअघि जन्मिएका मानिसहरु अशिक्षित भएतापनि सार्वजनिक काम गर्न निकै रुचाउँथे । सबै मिलेर आफ्नो टोलमा धारा, बाटो, पार्टीपौवा, चौतारा, कुँवा, ताल, पोखरी, विद्यालय निर्माण गर्ने गर्थे । विद्यालय, अस्पताल, मन्दिरजस्ता विभिन्न भवन निर्माण गर्नुपर्ने उनीहरु आफ्नो जग्गा सरकारलाई दान दिन्थे ।
अर्कातर्फ ठूलोलाई सम्मान गर्नुपर्ने तथा सानोलाई माया गर्नुपर्ने, आफ्नो खुट्टामा आफैं उभिनुपर्ने, ठगी, लुटपाटजस्ता काम गर्नुनहुने भनेर अभिभावकहरुले आफ्ना बालबच्चालाई सिकाउँथे । २०४६ सालभन्दा अगाडि नेपालका अधिंकाश जिल्लामा विद्यालय, अस्पताल, प्रहरी चौकी थिएन ।
सबै मिलेर बस्थे । एकअर्कालाई सम्मान गर्थे । आपतविपतमा एकअर्कालाई सहयोग गर्थे । त्यतिबेला ठगी, लुटपाट, चोरी, हत्या, हिंसाजस्ता अपराधहरु प्रायः निकै कम हुने गथ्र्यो । पहिलाका मानिसहरु आफुसँग जे छ, त्यसमै रमाउँन्थे । अरुको देखासिकी गर्दैनन् थिए । डाहा गर्दैनन् थिए ।
०४६ साल पछाडि मुलुकमा राजनीतिक परिवर्तन भयो । अभिभावकहरुले बालबच्चालाई व्यवहारिक ज्ञान दिन छोडे र विद्यालयहरुले पनि बालबच्चाहरुलाई सामाजिक विषयतर्फ आकर्षित गरेनन् । यसले गर्दा बालबालिकाहरुले व्यवहारिक र सामाजिक कुरा सिकेनन् ।
अहिले अरुलाई ठगेर, लुटेर चोरेर वा भ्रष्टाचार गरेर पैसा कमाउनु नै मानिसको लक्ष्य बनेको छ । विदेश पठाइदिने प्रलोभनमा रकम ठगी गर्ने तथा मानव तस्करी गर्ने, जनता र राष्ट्रको हितमा काम गर्छु भनी सरकारी कर्मचारी र राजनीतिक दलका नेताहरु भ्रष्टाचार गर्ने, दलालीहरु सिधासाधीलाई महंगोमा घरजग्गा, गाडी र सेयर भिडाएर लुट्नेजस्ता काम भइरहेका छन् ।
यता, बैंक तथा वित्तिय संस्थाका सञ्चालक र कर्मचारीहरु पनि घुसको लोभमा बचतकर्ताको खर्बो रकम जोखिमपूर्ण क्षेत्रमा लगानी गर्ने र सरकारी–सार्वजनिक सम्पत्ति हिनामिना गर्ने तथा राजस्व छलेर धनी बन्नेजस्ता कार्य भइरहेका छन् । अहिले जो व्यक्ति अरुलाई ठगेर, लुटेर अर्बोको सम्पत्ति कमाएर हिँड्छ, उसकै समाजमा मान, प्रतिष्ठा र इज्जत हुन्छ ।
तर, सरकार त्यस्ता व्यक्तिलाई कानूनको दायरामा ल्याउन सक्दैन । अहिले सबै मानिसमा राज्यलाई राजस्व छलेर, अरुलाई ठगेर आफु धनी बनेर आफ्ना छोराछोरीलाई माथि पुप्याउन पाए हुन्थ्यो भन्ने मनासयको विकास भएको छ । बजारमा सुनिन्छ, बाँठा शोषक सामान्ती व्यक्तिहरुले एक करोड मूल्य पर्ने घरजग्गा धितो राखेर पन्ध्र, बीस लाख रुपैयाँ ऋण दिई त्यत्तिमै धितो पचाइदिएका छन् ।
अहिले जो व्यक्तिले अरुलाई ठगेर, लुटेर वा भ्रष्टाचार गरेर कमाएको हुन्छ, उसकै परिवार तीज आउनु एक–डेढ महिनाअगाडि महँगो साडी, गरगहना लागेर होटल, रेष्टुरेन्टु, डान्स बारहरुमा बियर हातमा बोकेर नाचिरहेको देखिन्छ । हुन त दुःख गरेर कमाएको भएपो माया लाग्छ, अरुलाई ठगेर, लुटेर वा भ्रष्टाचार गरेर कमाएको सम्पत्ति त अरुलाई देखाउन वा प्रचारप्रसार गर्न हतार हुन्छ ।
यसपालिको तीजमा पनि हुने खाने परिवारका महिलाहरुले महँगा साडी, गरगहना लगाएर आफ्ना साथी संगिनीसमक्ष धाग देखाएको पाइन्छ । हिजो पशुपति मन्दिरमा धेरै व्रस्तालु महिलाहरु बिहानै लाखौं रुपैयाँ पर्ने साडी, गरगहना लगाएर आएका थिए । तर, त्यहाँ माग्न बसेकालाई उनीहरुले एक रुपैयाँ समेत दिएनन् ।
उल्टै उनीहरुलाई त्यस्ता माग्न बसेका मान्छेहरुलाई हेर्न लाज लाग्यो । हिजो अधिंकाश महिलाहरु नाचगानमा भन्दा बढी टिकटक र सेल्फीमा व्यस्त देखिए । तीज हिन्दु नारीहरुको पवित्र पर्व हो । वर्षभरि महिलाले भोगेका दुःख, पीडा र व्यथा बाहिर ल्याउने पर्व हो । तर, हिजो त्यस्तो केही पनि देखिएन ।
आफ्ना साथी वा परिवारका महिलाहरुसँग बसेर दुःखसुख साट्नुपर्नेमा महिलाहरु सेल्फी र टिकटकमा व्यस्त देखिए । यसले गर्दा हाम्रो चाडपर्व र परम्पराअनुसार संस्कृतिको मौलिकता अहिले हराउँदै गएको छ । चाडपर्वको नाममा बेथिति फैलिएको छ । त्यस्तै, पहिलापहिला कोही नचिनेको मान्छे आफ्नो घरमा आइहाले मानिसहरु खाना, लाउनको व्यवस्था गर्थे ।
राम्रो व्यवहार गर्थे । शिष्ट बोल्थे । सहयोग गर्थे । अहिले अधिंकाश घर भाडामा लगाइएको छ । प्रायःजसो मानिसहरु डेरामा बस्छन् । तर, यहाँ घरधनीहरु खाना नसकेर टोकरी भरी मिठामिठा खानेकुरा फ्रयाल्छ त भाडामा बस्नेहरु पैसा नभएर भोकभोकै बस्छन् । अहिले पनि अधिंकाश बालबालिका, ज्येष्ठ नागरिक र अपांग तथा अशक्तहरु सडकपेटीमा मागेर बस्छन् ।
उनीहरु मागेर नै जीविकोपार्जन गर्ने गर्छन् । कसैले केही दियो भने खान्छन् त दिएन भने खादैँनन् । केही महिनाअघि चावहिलमा एक महिलाको सुनको सिक्रीका कारण दिउँसै विभत्स हत्या भयो ।
यता, बेरोजगारी, गरिबीको समस्या झिलिरहेका छन् हत्यारा युवक पनि जेल गए । केही दिनअघि मात्र काठमाडौंको तीनकुनेस्थित सानो निहुँका कारण चार जनाको हत्या भयो । अहिले धनी तथा भ्रष्टाचारीहरुले गरिबलाई जे भनेपनि हुन्छ, जे गरेपनि हुन्छ । गरिब न्यायका लागि लड्नुपर्दा पनि आवश्यकताको कुरा आउँछ । राजनीतिक पहुँचको कुरा आउँछ ।
यसले गर्दा उनीहरु न्याय खोज्नुभन्दा त्यस्ता व्यक्तिको हत्या गरेर जेल जान रुचाउँछन् । सरकारले पनि न्यायलाई व्यापार बनाएको छ । पीडितलाई न्याय दिलाउने कानून व्यवसायी र न्यायालय पैसामा फसेको छ । जताततै राजनीतिक दबाब छ । अहिले एकथरी मानिसले दलाली काम गरेर, भ्रष्टाचार, ठगी गरेर अर्बोको सम्पत्ति जोडेको छ त अर्काथरी मानिसलाई बिहानबेलुकाको छाक कसरी टार्ने भन्ने चिन्ता छ ।
धनी र गरिबबीचको खाडल बढ्दै गएको छ । धनीहरुले गरिबमाथि शोषण गर्न छोडेका छैनन् । अहिले बजारमा आर्थिक मन्दी छ । धेरै मानिसहरु बेरोजगार छन् । जसले गर्दा गरिबीको संख्या बढ्दो क्रममा छ । काम गरेको ठाउँमा पनि तलब नदिएपछि मानिसहरु हिंसातर्फ मोडिएका छन् ।
जसले गर्दा चोरी, ठगी, हत्याजस्ता अपराध बढ्दो क्रममा छन् र अब झन् बढिरहने छ । मानिसले भोक सहन सक्दैन । मानिस लुगा नलगाएर हिँड्न सक्छ । स्वास्थ्य, शिक्षा नभएपनि बाँच्छ । तर, भोक सहन सक्दैँन । भोक वा आफ्नो पेट पाल्न नै मानिसहरु ठगी, लुटपाट, हत्या, हिंसामा संलग्न हुने गर्छन् ।
आर्थिक अवस्था कमजोर भएर सडक जीवन बिताइरहेका मानिसहरु सडकमै हात थापेर मागेर बस्छन् । उनीहरु ठगी, लुटपाट वा चोरी गर्दैनन् । तर, सडकमा माग्दा समेत कसैले नदिए उनीहरु फोहोरमा फ्रयालेका खानेकुरा टिपेर खान्छन् । त्यँही सुत्छन् । त्यस्ता व्यक्तिलाई हामी मानिसहरु भने पागलको संज्ञा दिन्छौं ।
त्यस्ता व्यक्तिलाई हेर्न समेत हामीलाई लाज लाग्छ । केही गरी नजिक आइहाले त्यस्ता व्यक्ति हामी लौरो बोकेर वा मुखमा आएजति सबै शब्द वा अपशदको प्रयोग गरेर उनीहरुलाई भगाउँछौं । पिट्छौं । राज्यले पनि त्यस्ता व्यक्तिलाई हेला नै गर्छ । न जन्मदर्ता दिन्छ न नागरिकता । अनि उनीहरुले काम गरोस् पनि त के ?
भनिन्छ, कुकुर जहाँ जन्मिछ, त्यहँी मर्छ । कुकुरले राति चोर आएपनि आफु बसेको समाजको सुरक्षा गर्छ । त्यस्तै, भुकुम्प आउँदा पनि सबैभन्दा अगाडि कुकुरले नै थाहा पाउँछ । जो व्यक्ति सडकपेटीमा मागेर खान्छ, ऊ रातभर सडकमा नै बस्छ । यसले गर्दा त्यहाँ चोरी हुने सम्भावना निकै कम हुन्छ ।
तर, जो व्यक्तिले अरुलाई ठगेर, भ्रष्टाचार गरेर कमाएको हुन्छ, उसलाई समाजले छुट्टै मान, सम्मान दिन्छ । उसले के–कसरी सम्पत्ति जोड्यो भनेर खोजतलास गर्नुको साटो समाज नै उनीहरुमाथि अन्धो विश्वास गर्दछ । सरकारले पनि उनीहरुलाई नै सम्मान गर्छ, पुरस्कार दिन्छ ।
यसरी आर्थिक अवस्था कमजोर भएर इमान्दारिताका साथ सडकपेटीमा बस्नेहरुले समाज र सरकारबाट घृणा, हेलाबाहेक केही पाउँदैन । तर, जसले अरुलाई ठगेर, लुटेर कमाएको हुन्छ, उसलाई नै समाज र सरकारले सम्मान गर्छ । अहिले नागरिकता बनाउन जानुपर्दा आमाबुबासहित तीन पुस्ता खोतालिन्छ ।
तर, त्यो व्यक्तिले जोडेको सम्पत्तिमाथि कुनै हस्तक्षेप गरिदिदैँन । त्यसैले, अब सरकारले हरेक नागरिकको सम्पत्ति खोजतलास गर्नुपर्छ । सबैलाई समान व्यवहार गर्नुपर्छ । सानोलाई ऐन, ठूलोलाई चैन हुनेजस्ता कार्य गर्नुहुन्न । बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म बाटोमा हिँड्ने मानिसहरुको अध्ययन गर्नुस् ।
त्यहाँ यस्ता धेरै बालबच्चा भेटिन्छन्, जो १५–१६ वर्षको भएपनि अभिभावकहरुले हात समातेर, भोला बोकिदिएर स्कुलसम्म पुप्याएको देखिन्छ । यता, ४–५ वर्षको आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरु भने झोला नभएर हातमा किताब बोकेर, च्यातिएको कपडा लगाएर विद्यालय जान दौडिरहेको पनि देखिन्छ ।
अहिले पनि सार्वजनिक सवारीसाधनमा होस् या होटल, रेस्टुरेन्ट । जो व्यक्ति गरिब देखिन्छ, उसलाई बसमा चढ्नुअघि सहचालकले भाडा माग्छ । बिना भाडा बसमा चढ्न दिदैँन । यता, होटलमा पनि खानुअघि पैसा मागिन्छ । तर, अलि धनी देखिएका व्यक्तिहरुले पैसा नतिरी भागेपनि सहचालक वा होटल मालिकहरु केही बोल्न सक्दैँनन् ।
त्यस्तै, जो मान्छेको छोराछोरी अमेरिका, अस्ट्रेलिया छन्, सरकारी जागिरे छन्, मासिक लाखौं रुपैयाँ घरभाडा उठाउँछन्, उनीहरुले सजिलै ज्येष्ठ नागरिक भत्ता पाउँछन् । तर, जो व्यक्ति आर्थिक अवस्था कमजोर भएको छ, उसलाई भत्ता लिन जाँदा पनि आज र भोलि भनेर अलमल्याइन्छ । पटकपटक बोलाइन्छ अनि फिर्ता पठाइन्छ ।
अब सरकारले धनी र गरिबबीच विभेद गर्नुहुदैँन । हरेक नेपालीको सम्पत्ति छानबिन हुनुपर्छ । अरुलाई ठगेर वा भ्रष्टाचार गरेर आयआर्जन गरिएका सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ । गरिबलाई रोजगारीको व्यवस्था गर्नुपर्छ । हत्या, हिंसाजस्ता अपराधहरु नियन्त्रण गर्नुपर्छ । यदि सरकारले यस्तो कार्य नगरे गरिबले धनीलाई मारेर सिध्याउने छन् । अनि जेल बस्नेछन् ।
भक्तपुर
ताजा
पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत
२०८३ जेष्ठ १९ गते, मंगलवार
पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत
२०८३ जेष्ठ १९ गते, मंगलवार
मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न
२०८३ जेष्ठ १९ गते, मंगलवार
माननीयज्यु रेस्लिङ रिङ कि संसद् : अनुहार फेरियो, प्रवृत्ति फेरिएन !
२०८३ जेष्ठ १९ गते, मंगलवार
‘गौँथली’को टिजरमा श्रीमान्, श्रीमती र आमाको कथा
२०८३ जेष्ठ १९ गते, मंगलवार
चलचित्र ‘सिन्दुरे जात्रा’ र अभिनेता विजय बराल
२०८३ जेष्ठ १९ गते, मंगलवार
विद्यार्थीले मन पराए चलचित्र ‘रोल नं १’
२०८३ जेष्ठ १९ गते, मंगलवार
अनुसन्धानको घेरामा रहँदै आएका वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंह पक्राउ
२०८३ जेष्ठ १९ गते, मंगलवार
नारायणहिटी हत्याकाण्डको २५ वर्ष
२०८३ जेष्ठ १९ गते, मंगलवार
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का
२०८३ जेष्ठ १७ गते, आईतवार
काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन
२०८३ जेष्ठ १७ गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





