लौहपुरुष गणेशमान सिंहको १२ फिट अग्लो प्रतिमा निर्माण

२०८० भाद्र ३१ गते, आईतवार

सुरेन्द्र बहादुर खत्री सिलवाल

काठमाडौं। भक्तपुरको कटुञ्जेस्थीत गणेशमान सिंह स्मृति बाटिका परिसरमा लौहपुरुष गणेशमान सिंहको १२ फिट अग्लो ढलोटको प्रतिमा निर्माण गरिएको छ।

पूर्वप्रधानमन्त्री एवं सन्त नेता स्व कृष्णप्रसाद भट्टराईले २०५४ सालमा शिलान्यास गरेको गणेशमान सिंह स्मृति बाटिका परिसर निर्माण गरिएको लौहपुरुष गणेशमान सिंहको प्रतिमाको असोज २ गते राष्ट्रपति रामचन्द्र पौडेलले अनावरण गर्ने कार्यक्रम छ।

गणेशमान सिंह स्मृति बाटिका तथा प्रतिमा स्थापना समितिले आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै अनावरण कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो।

गणेशमान सिंहको २६ औं स्मृति दिवसका अवसरमा अनवरण गर्न लागिएको शालिकको तौल १२ सय किलो रहको र सालिक निर्माण गर्न एक करोड १५ लाख खर्च भइसकेको गणेशमान सिंह स्मृति बाटिका तथा प्रतिमा स्थापना संरक्षण समितिका महासचिव कृष्ण मुरारी न्यौपानले जानकारी दिए।

त्यस्तै सोही कार्यक्रममा गणेशमान सिंह स्मृति बाटिकासम्बन्धी स्मारीका पनि सार्वजनिक हुने उनले बताए।

सिंहको निधनपछि तत्कालीन कटुञ्जे गाउँ विकास समितिका अध्यक्ष रामेश्वर ढुङ्गेलले बाटिका निर्माण गर्ने घोषणा गरेका थिए। कार्यक्रममा रामेश्वर ढुङ्गेललाई मरणोपरान्त सम्मान गरिने समितिले जनाएको छ।

गणेशमान सिंह स्मृति बाटिकाका लागि सरकारबाट कुल एक सय ७४ रोपनी १५ आना जग्गा प्राप्त भएको छ। सिंहको योगदानलाई चिरस्मरणीय बनाउन बाटिकामा सिंहको प्रतिमाका साथै प्रजातान्त्रिक आन्दोलनका शहीदको जीवनीमा आधारित सामग्री सङ्ग्रह गर्ने सङ्ग्रहालय, पुस्तकालय, योग पार्क, चिल्ड्रेन पार्क, भ्यु टावर, निर्माण कार्य भइरहेको समितिले जनाएको छ।

160 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal