सहकारी डुबाएर तारे होटलमा मस्त देउरालीका अध्यक्ष चौलागाईं, बचतकर्ताले पैसा माग्दा उल्टै दिनथाले धम्की

२०८० भाद्र ३१ गते, आईतवार

ग‍ोविन्द चौलागाईं
काठमाडौं। काभ्रे जिल्लाको अति विकट क्षेत्र भनेर चिनिने चौंरीदेउराली गाउँपालिकामा जन्मिएका रवीन्द्र चौलागाईं अहिले देउराली सहकारीको नामबाट चर्चाको शिखरमा रहेका छन्।

लामो समयदेखि देउराली सहकारीका सञ्चालक रहदै आएका रवीन्द्रले विभिन्न बहानामा बचतकर्तालाई ठगी धन्दा चलाउने गरेका एक मायुर खेलाडी हुन। जसले उपत्यकाको हजांरौ व्यक्तिहरुलाई सहकारीको नामबाट ठगी गर्दै आएको खुलासा भएको छ।

कहिले जग्गा दिन्छु, कहिले अन्य बहाना बनाउँदै आएका छन्। ३८ वर्षिया रबिन्द्र काभ्रेपलान्चोक जिल्ला चौरीदेउराली गाउँपालिका वडा नं ६ को गरिब किसान परिवारमा जन्मिएका हुन। चप्पल पट्काउदै काठमाडौं छिरेका रवीन्द्र अहिले चार करोडको गाडी चड्ने हैसियत कहाँबाट आयो र कसरी भयो ?

त्यो सबैले सहजै पत्तालगाउन नसक्ने कुरै भएन। गरिबले छाक काटेर बचत गरेको रकमले अहिले चौलागाईंले गाडी मात्र होइन लाखौंका मोबाइल,घडी र सिक्री लगाएर मोज मस्तिमा रमाउँदै आएका छन्।

गरिव परिवारमा जन्मिएका चौलागाईंले विभिन्न वहानामा ठगी धन्दा चलाँउदै आएको एकजनाले कुराकानीमा बताएका छन्। वर्षमा करिब दुई महिना मात्रै खानपुग्ने काभ्रेको बोक्से खाल्डेमा जन्मेका रवीन्द्रले ललितपुरमा सहकारी सञ्चालन गरि करिब २५ हजार गरिब जनतालाई घरवास बिहिन बनाउन सफल भएका छन्।

सहकारीको नाममा लामो समय देखि ठगी धन्दा चलाउँदै आएका चौलागाईंको आर्थिक छलाङ देखेर केही समय अगाडि उनका नातेदार समेत तिन छक्क परेको काभ्रे बोक्सेका एक स्थानीय बासिन्दाले बताएका छन्।

सहकारीको नाममा ठगि धन्दा चलाउँदै आएका काभ्रेका चौलागाईंले उनको गाउँको नाममा देउराली सहकारी दर्ता गरि ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यलय राखी सहकारीको नाममा ठगी धन्दा चलाउँदै अकुत सम्पति कमाउन सफल भएको ति स्थानीय बासिन्दाले दाबी गरेका छन्। चौलागाईंलाई सहकारीको ठगी धन्दामा उनकी धर्मपत्नी पुजा (खत्री) चौलागाईंले समेत साथ दिने गरेको खुलास भएको छ।

करिब २५ हजार गरीबको पसिनामा रजाइँ गर्दै आएका चौलागाईं खत्री दम्पतीलाई ती गरिबका आँसुले के नपोल्ला ररु काभ्रेपलान्चोक जिल्लामै समाजबाट बहिष्कार जस्तै बनेका चौलागाईंले हाल दुनियाँले रगत पसिना बगाई खाई नखाई बचत गरेको रकम बचाउन राखेको रकम अहिले गोहिको आशु झार्दै मामाको धनमा फुपुक‍‍ो श्राद्ध भनेझैं च्याउसरी उम्मरेका अनलाइन समाचार प‍‍ोर्टललाई आर्थिक नजरना बुझाई चोख्खीन ख‍ोजेको एकजना बचत कर्ताले बताए।

उनले भने हामी अब पैसाको चलखेल गरेर समाचार हाल्ने अनलाइन विरूद्ध पनि कानुनी कारबाहीमा जान्छौं र चौलागाईंले पैसा वितरण गरेर समाचार लेखाएका सबै अनलाइनहरूका स्क्रिनसट गरेर सुरक्षित राखेको पीडितले बताएका छन्।

अब पैसा लिएर कुन अनलाइनले समाचार लेख्छ त्यो सबै रेकर्ड राखेर प्रेस काउन्सिल जाने तयारी गरेको ललितपुर लामाटारका एक बचत कर्ताले बताएका छन्।

गत २०७२ साल अगाडि रातपरेपछी सुरा सुन्दरीमा झुम्ने चौलागाईं अहोरात्र मदिरामा लठ्ठीने गरेका चौलागाईंका एक विश्वापात्र नजिकका व्यक्तिहरुले बताएका छन्।

काभ्रेका असाध्यै गरिब तर धुर्त चौलागाईंले हाल बुलेट प्रुफ गाडी चढ्दै हिड्ने गरिब बचतकर्ताको बचत फिर्ता नगर्ने उदेश्यका साथ लागि परेका ललितपुर ठेचोकि लक्ष्मी लामा बताउँछिन्।

चौलागाईंका एक कर्मचारी रिसाँउदै भन्छन् काभ्रेमा ढिंडो खान नपाएको धुर्तले गरिब जनताको रकम जम्मा गराउँदै सहकारीक‍ो अरबौ रुपैयाँ अपचलन गरि बेलुका गरिबको पैसाले मदिरा र सुन्दरीसँग मोजमस्ती गर्ने चौलागाईंको मर्ने बेलामा किरा परेर मर्छ होला भन्दै आक्रोस व्यक्त गरेका छन्।

त्यसै गरि सहकारीका नाममा ठगी धन्दा चलाँउदै आएका चौलागाईंले बचतकर्ताहरुलाई तर्साउन नाम चलेका राष्ट्रिय मसलदार एवम् सत्तासाझेदारका केही नेता तथा व्यक्तिहरूलाई करोडौं रुपैया खुवाई आफू हिड्ने गरेको सहकारी धन्दाका मायुर खेलाडी रबिन्द्रले बताउँदै हिड्ने गरेका छन्।

उनले केही समय अगाडि काभ्रे आउँदा गत चुनाबमा राष्ट्रिय डनका उपाधि पाएका ललितपुरका मीनकृष्ण महर्जनलाई २ करोड रुपैयाँ दिएको बताउँदै हिडेका छन्। भने काभ्रेका डन गणेश लामा मेरो दाहिने हात हो उसलाई मेरो सुरक्षाको लागि करिब १५ करोड दिएको छु चौलागाईंले उनका निकटहरुलाई बताउँदै हिड्ने गरेका छन्।

यति मात्रै होईन धुर्त खेलाडी चौलागाईंले बचतकर्ता हरुलाई पैसा फिर्ता दिनुत कहाँ हो कहाँ उल्टै सम्बन्धि प्रशासन लाई लाखौ रुपैयाँ वुझाएर छाडेको साँडे जस्तो गरि हिँडेका छन्। अहोरात्र मदिराको नसामा झुम्ने चौलागाईंका अँखामा नसाले डडिसकेको जो कोहिले देख्न सक्छ।

करिब २५ हजार गरिबहरुको पसिनालाई मोज मस्ति गर्दै चौलागाईं हाल विभिन्न होटल वुक गरि सुरासुन्दरी र मदिरामा व्यस्त हुनेगरेका उनकै एक कर्मचारीले नाम नछपाउने शर्तमा बताए।

यति मात्रै होइन देउरालीका अध्यक्ष चौलागाईंले हाल काठमाडौंका प्रहरी प्रबक्ता समेत रहेका कुमुद ढुङ्गेल र सातदोबाटोका इन्सपेक्टर सुभास केसीलाई लाखौं बुझाएको आरोप लगाउँदै हिडेका छन्।यस विषयमा वुझ्दा उनिसँग उठबस गर्ने एक कर्मचारीले भने त्यो कुरा हो पैसा मैलेनै दिएको ह‍‍‍ो तर झोलामा कति थियो थाहा भएन।

त्यतिमात्र होइन उनले केही मन्त्रीलाइ समेत प्रभावमा पारेर बचतकर्ताको रकम तत्काल नदिने तयारी गरिरहेको एकजना उनका विश्वास पात्रले बताएका छन्। उनले भने अरूलाइ दिने पैसा गरिब बचतकर्तालाइ दिदा राम्रो होला भनेर आफुले धेरै पटक भनेपछि आफ्नो सम्बन्धमा समेत चौलागाईंसँग फाटो आएको बताए।

171 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal