लिबियामा भीषण आँधीका कारण हजारौंको ज्यान गएको आशंका

२०८० भाद्र २६ गते, मंगलवार

काठमाडौं । लिबियामा आएको विनाशकारी आँधी र बाढीका कारण हजारौंको मृत्यु भएको आशंका गरिएको छ । पूर्वी लिबिया सरकारका नेताले दुई हजारभन्दा बढी मानिसको मृत्यु भएको र हजारौं बेपत्ता भएको बताएका छन् ।

लिबिया मामिलाका विज्ञ जलेलले बीबीसीलाई बताएअनुसार मृत्यु हुनेको संख्या हजारौं हुन सक्छ। आइतबार ड्यानियल आँधीका कारण पहिरो गएको थियो । त्यसपछि प्रशासनले संकटकाल घोषणा गरेको हो ।

आँधीलाई ध्यानमा राख्दै पूर्वी लिबियामा कर्फ्यू लगाइएको छ र विद्यालय र पसलहरू बन्द गर्न आदेश दिइएको छ। लिबियाको रेडक्रसले कम्तिमा १५० घर पूर्णरुपमा ध्वस्त भएको जनाएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार रेड क्रिसेन्ट मानवीय प्रमुखले डेर्नामा मात्रै कम्तिमा १५० जनाको ज्यान गएको बताए । डेर्नाका दुई वटा बाँध पनि भत्किएको समाचार छ । डेर्नामा करिब १० हजार मानिस बस्छन् । पूर्वी लिबियाका प्रधानमन्त्री ओसामा हमादले एक टिभी अन्तर्वार्तामा भने, “हजारौं मानिस बेपत्ता छन्। मृत्यु हुनेको संख्या दुई हजार नाघेको हुनसक्छ । डेर्ना क्षेत्र बासिन्दासहित बगेको छ ।”

205 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal