लिबियामा भीषण आँधीका कारण हजारौंको ज्यान गएको आशंका

२०८० भाद्र २६ गते, मंगलवार

काठमाडौं । लिबियामा आएको विनाशकारी आँधी र बाढीका कारण हजारौंको मृत्यु भएको आशंका गरिएको छ । पूर्वी लिबिया सरकारका नेताले दुई हजारभन्दा बढी मानिसको मृत्यु भएको र हजारौं बेपत्ता भएको बताएका छन् ।

लिबिया मामिलाका विज्ञ जलेलले बीबीसीलाई बताएअनुसार मृत्यु हुनेको संख्या हजारौं हुन सक्छ। आइतबार ड्यानियल आँधीका कारण पहिरो गएको थियो । त्यसपछि प्रशासनले संकटकाल घोषणा गरेको हो ।

आँधीलाई ध्यानमा राख्दै पूर्वी लिबियामा कर्फ्यू लगाइएको छ र विद्यालय र पसलहरू बन्द गर्न आदेश दिइएको छ। लिबियाको रेडक्रसले कम्तिमा १५० घर पूर्णरुपमा ध्वस्त भएको जनाएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार रेड क्रिसेन्ट मानवीय प्रमुखले डेर्नामा मात्रै कम्तिमा १५० जनाको ज्यान गएको बताए । डेर्नाका दुई वटा बाँध पनि भत्किएको समाचार छ । डेर्नामा करिब १० हजार मानिस बस्छन् । पूर्वी लिबियाका प्रधानमन्त्री ओसामा हमादले एक टिभी अन्तर्वार्तामा भने, “हजारौं मानिस बेपत्ता छन्। मृत्यु हुनेको संख्या दुई हजार नाघेको हुनसक्छ । डेर्ना क्षेत्र बासिन्दासहित बगेको छ ।”

189 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal