नेम्वाङलाई श्रद्धाञ्जली दिन पुगेकी पूर्वराष्ट्रपति भण्डारी भावविव्हल

२०८० भाद्र २६ गते, मंगलवार

काठमाडौं । एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा श्रद्धाञ्जली अर्पण गर्न एमाले पार्टी कार्यालयमा पुगेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भावविव्हल बनेकी छन् । एमाले पार्टी कार्यालय च्यासलमा उनले आफ्नो आँशु थाम्न सकिनन् ।

नेम्वाङको पार्थिव शरीरमा माल्यार्पण गर्न च्यासलमा विभिन्न दलका नेता(कार्यकर्ताहरूको भीड लागेको छ । सभामुख देवराज घिमिरे, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललगायत पनि पुगेका छन् । सबै स्तब्ध र मलिन अनुहारमा छन् ।

पूर्वराष्ट्रपति भण्डारी एमाले अध्यक्ष केपी शर्मा ओली छेउको सोफामा बसेकी थिइन् । उनलाई सम्हालिन कठिन भइरहेको देखिन्थ्यो । पटकपटक रुमालले आँशु पुछिरहेकी थिइन् ।

पूर्वराष्ट्रपति भण्डारी सम्हालिन गाह्रो भएपछि पार्टी कार्यालयमा एमाले अध्यक्षको कार्यकक्षमा आराम गर्न पठाइएको थियो ।

188 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal