कला, गीत र संगीतले देशलाई विश्वसामु चिनाउन सकिन्छ–सुनिता

२०८० भाद्र २२ गते, शुक्रबार

ललितपुर । ललितपुर जिल्लाको दक्षिणी भेग महांकाल गाउँपालिका–२, कालेश्वरमा बुबा बिक्रम बहादुर वाईबा र आमा ठूलीमाया लोप्चनको कोखमा विक्रम संवत् २०५० असोज २ गते जन्मेकी हुन् सुनिता वाईबा ।

कला तथा अभिनय क्षेत्रमा स्वईच्छाले आएकी बताउने सुनिताले पहिलोपटक काठे गितको भिडियोबाट अभिनय क्षेत्रमा शुरुआत गरेकी हुन्, जुन गीतमा शुभश्रि लुंगेली र अमृता लुंगेलीको स्वर रहेको थियो भने रामचन्द्र श्रेष्ठको संगित थियो । कला संगीतले समाजमा आफुलाई चिनाउने माध्यम बताउने सुनिता आफ्नो मौलिक संस्कारलाइ कला संगीतबाट चिनाउन, पहिचान बनाउन सकिनेमा जोड दिंदै कलाकर भनेको राष्ट्रको गहना बताउँछिन् उनी । कला÷गीत÷ संगीत÷अभिनय क्षेत्रमा लाग्नेहरुको जीविका निर्वाह सम्बन्धित क्षेत्रबाटै भएको होला त भनी जिज्ञासा राख्दा यसमा यसै हो भन्न नसकिने र कसैको हुन पनि सक्ला कसैको हुँदैन किनकि कतिपय कलाकारहरुले कला भन्दा अरु काम गरी जिविकोपार्जन गरिरहेको देखिएको बताउँछिन् सुनिता ।

यहाँको विचारमा कला÷गीत÷संगीत÷अभिनय क्षेत्रलाई राज्यपक्षबाट के कस्तो सहयोग भईरहेको छ र राज्यले के व्यवस्था गरिदिए हुने थियो जस्तो लाग्छ भन्ने अर्काे जिज्ञासामा अहिलेसम्म त राज्यको ध्यानाकर्षण नै छैन । कला संगीतलाई पनि राज्यले हेरिदियो भने आफु जस्ता धेरै कलाकारलाई हरेक कुरामा सहयोग र सुरक्षा मिल्ने, राज्यले कलालाई पनि एउटा स्थान दिए आजसम्म कोही कलाकार भोकै बसेको देख्न पर्दैन थियो भन्दै आफ्नो कला छोडेर विदेशीन बाध्य हुने थिएन र आफ्नै देशमा बस्न पाउने र कलालाई अझ फराकिलो बनाएर देशको नाम विश्वसामु चिनाउन पाउने थियो भन्दै कानुनी रुपमा व्यवस्थित हुनुपर्नेमा जोड दिन्छिन् उनी ।

ललितपुरको दक्षिणी भेगमा जन्मेर अहिलेसम्म ३८ वटा गीतहरुमा अभिनय गरिसकेकी छिन् सुनिताले । आफ्नै शब्दमा तीनवटा एल्बम बजारमा ल्याईसकेकी सुनिताको शब्दमा अरुले नि गायका छन् । बढी जसो दोहोरी गीतहरु जस्तै पलपल, कल्पनामा आकाशको जुन छुन्छु, म्हेन्दो माया, गिम्दि गाउँ, दक्षिण ललितपुर, तारेभिर, ढिकीच्याउ, ठूलादुर्लुङगाँउ जस्ता गीतहरुमा सशक्त अभिनय गरेकी छिन् सुनिताले ।

अबको लक्ष्य के होला भनी राखेको जिज्ञासामा गीत संगीतलाई नै निरन्तरता दिने बताउने सुनिता कला÷गीत÷संगीत÷अभिनय क्षेत्रमा अब आउन चाहनेहरुलाई कला संगीत राम्रोसँग सिकेर बुझेर आउनु सल्लाह सुझाव दिन्छिन् । (साभारः समयदृष्टि साप्ताहिक)

102 Views

ताजा

आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष

२०८२ असार २६ गते, बिहीबार

आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष

२०८२ असार २६ गते, बिहीबार

रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधिएको भन्दै मनिषा कोइराला हस्ताक्षर अभियानमा सहभागी हुँदै

२०८२ असार २६ गते, बिहीबार

भारतमा गयो ४.४. म्याग्निच्युडको भूकम्प

२०८२ असार २६ गते, बिहीबार

‘‘त्यसपछि ढुक्कले सुत्न पाइयो’

२०८२ असार २६ गते, बिहीबार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

बाढीका कारण एक अर्बभन्दा बढीको क्षति

२०८२ असार २६ गते, बिहीबार

Miss and Mrs Talent Nepal 2025 काे फाराम खुल्यो

२०८२ असार २६ गते, बिहीबार

‘ए ङाला ह्राङ्बा माया’ असार २८ गते विशेष प्रदर्शन हुने

२०८२ असार २५ गते, बुधबार

उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

२०८२ असार २४ गते, मंगलवार

रसुवामा भीषण बाढीः मितेरीपुल भाँचियो, कन्टेनर र ईभी गाडी बगायो

२०८२ असार २४ गते, मंगलवार

लोकप्रिय

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal