कला, गीत र संगीतले देशलाई विश्वसामु चिनाउन सकिन्छ–सुनिता

२०८० भाद्र २२ गते, शुक्रबार

ललितपुर । ललितपुर जिल्लाको दक्षिणी भेग महांकाल गाउँपालिका–२, कालेश्वरमा बुबा बिक्रम बहादुर वाईबा र आमा ठूलीमाया लोप्चनको कोखमा विक्रम संवत् २०५० असोज २ गते जन्मेकी हुन् सुनिता वाईबा ।

कला तथा अभिनय क्षेत्रमा स्वईच्छाले आएकी बताउने सुनिताले पहिलोपटक काठे गितको भिडियोबाट अभिनय क्षेत्रमा शुरुआत गरेकी हुन्, जुन गीतमा शुभश्रि लुंगेली र अमृता लुंगेलीको स्वर रहेको थियो भने रामचन्द्र श्रेष्ठको संगित थियो । कला संगीतले समाजमा आफुलाई चिनाउने माध्यम बताउने सुनिता आफ्नो मौलिक संस्कारलाइ कला संगीतबाट चिनाउन, पहिचान बनाउन सकिनेमा जोड दिंदै कलाकर भनेको राष्ट्रको गहना बताउँछिन् उनी । कला÷गीत÷ संगीत÷अभिनय क्षेत्रमा लाग्नेहरुको जीविका निर्वाह सम्बन्धित क्षेत्रबाटै भएको होला त भनी जिज्ञासा राख्दा यसमा यसै हो भन्न नसकिने र कसैको हुन पनि सक्ला कसैको हुँदैन किनकि कतिपय कलाकारहरुले कला भन्दा अरु काम गरी जिविकोपार्जन गरिरहेको देखिएको बताउँछिन् सुनिता ।

यहाँको विचारमा कला÷गीत÷संगीत÷अभिनय क्षेत्रलाई राज्यपक्षबाट के कस्तो सहयोग भईरहेको छ र राज्यले के व्यवस्था गरिदिए हुने थियो जस्तो लाग्छ भन्ने अर्काे जिज्ञासामा अहिलेसम्म त राज्यको ध्यानाकर्षण नै छैन । कला संगीतलाई पनि राज्यले हेरिदियो भने आफु जस्ता धेरै कलाकारलाई हरेक कुरामा सहयोग र सुरक्षा मिल्ने, राज्यले कलालाई पनि एउटा स्थान दिए आजसम्म कोही कलाकार भोकै बसेको देख्न पर्दैन थियो भन्दै आफ्नो कला छोडेर विदेशीन बाध्य हुने थिएन र आफ्नै देशमा बस्न पाउने र कलालाई अझ फराकिलो बनाएर देशको नाम विश्वसामु चिनाउन पाउने थियो भन्दै कानुनी रुपमा व्यवस्थित हुनुपर्नेमा जोड दिन्छिन् उनी ।

ललितपुरको दक्षिणी भेगमा जन्मेर अहिलेसम्म ३८ वटा गीतहरुमा अभिनय गरिसकेकी छिन् सुनिताले । आफ्नै शब्दमा तीनवटा एल्बम बजारमा ल्याईसकेकी सुनिताको शब्दमा अरुले नि गायका छन् । बढी जसो दोहोरी गीतहरु जस्तै पलपल, कल्पनामा आकाशको जुन छुन्छु, म्हेन्दो माया, गिम्दि गाउँ, दक्षिण ललितपुर, तारेभिर, ढिकीच्याउ, ठूलादुर्लुङगाँउ जस्ता गीतहरुमा सशक्त अभिनय गरेकी छिन् सुनिताले ।

अबको लक्ष्य के होला भनी राखेको जिज्ञासामा गीत संगीतलाई नै निरन्तरता दिने बताउने सुनिता कला÷गीत÷संगीत÷अभिनय क्षेत्रमा अब आउन चाहनेहरुलाई कला संगीत राम्रोसँग सिकेर बुझेर आउनु सल्लाह सुझाव दिन्छिन् । (साभारः समयदृष्टि साप्ताहिक)

208 Views

One thought on “कला, गीत र संगीतले देशलाई विश्वसामु चिनाउन सकिन्छ–सुनिता

  1. 𝐌𝐎𝐒𝐓 𝐂𝐎𝐍𝐆𝐑𝐀𝐓𝐔𝐋𝐀𝐓𝐈𝐎𝐍 𝐂𝐇𝐀𝐍𝐆, 𝐅𝐎𝐑𝐄𝐕𝐄𝐑 𝐖𝐈𝐁𝐄𝐒𝐓 𝐖𝐈𝐒𝐇𝐄𝐀 𝐀𝐒 𝐖𝐄𝐋𝐋 𝐋𝐎𝐓𝐒 𝐎𝐅 𝐋𝐎𝐕𝐄 𝐂𝐇𝐀𝐍𝐆☺☙☙

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal