नेपालमा चिनिया उपचार पद्धति बिस्तार हुँदै
काठमाडौं । नेपालमा चिनियाँ उपचार पद्धति एवं चिनिया भाषाप्रतिको आकर्षण बढ्दै गएको छ ।
नेपाली नागरिकबीच चिनियाँ भाषा तथा उपचार पद्धतिबारे सबैलाई जानकारी गराउन काठमाडौंको बसुन्धरामा रहेको चाइना नेपाल टीसीएम सेन्टर (चाइना नेपाल अस्पताल) ले निःशुल्क उपचार शिविर तथा भाषा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । चिनियाँ प्राकृतिक उपचार पद्धतिबाट उपचार गरिने स्वास्थ्य शिविर तथा भाषा प्रशिक्षण शिविरमा सर्वसाधारणको उत्साहजनक सहभागिता रहने गरेको छ ।
विश्व समुदायबीच कनेक्टिभिटी बढाउन चीन सरकारले अगाडि बढाएको बेल्ट एण्ड रोड परियोजना अन्तर्गत चीनको जियान अस्पताल, सियान अस्पताल र नेपालको चाइना नेपाल टीसीएम सेन्टरको संयुक्त आयोजनामा काठमाडौं महानगरपालिका, टोखा नगरपालिका, लुम्बिनी विश्वविद्यालय तथा विभिन्न क्याम्पसहरुमा निःशुल्क स्वास्थ्य शिविर, तालिम र भाषा प्रशिक्षण कक्षाहरु सम्पन्न गरिएको छ ।
चाइना नेपाल टीसीएम सेन्टरका सञ्चालिका सजना रिमालका अनुसार चिनियाँ परम्परागत उपचार पद्धति सरल, सहज, सस्तो र सुरक्षित छ । सबै राम्रा विशेषता भएक कारण पछिल्लो समयमा यसको प्रभावकारिता पनि बढ्दै गएको छ । यो पद्धतिको तालिम प्राप्त गरेपछि सामुदायिक स्वास्थ्यकर्मीहरु जस्तै नर्स, हेल्थ असिस्टेन्ट, कविराज तथा डाक्टरहरुले विरामीको उपचारमा अतिरिक्त सीप प्रयोग गर्न सक्छन् । विद्यार्थी तथा समुदायमा विभिन्न ढंगले परिचालित स्वास्थ्य स्वयंसेविकाहरुले यो तालिम पाएपछि आफ्नो तथा परिवारका सदस्यहरुको स्वास्थ्य उपचार आफैंले सहज रुपमा गर्न सकेको प्रतिक्रिया दिएका छन् ।
चिनियाँ उपचार पद्धतिमा पनि भित्री र बाहिरी गरी दुई उपचार विधि हुन्छन् । चाइना नेपाल टीसीएम सेन्टरले बाहिरी उपचार पद्धति र थेरापीहरुको तालिम दिने गरेको छ । थेरापीअन्तर्गत अकुपङ्चर, अकुप्रेसर, कपिङग, कानको अकुप्रेसन, मोक्जी बेसन, स्क्रिपिङ आदि सिकाउने गरिएको छ । यो कार्यक्रम चिनियाँ राष्ट्रपति सी चीन फिङले छिमेकी तथा अन्य मित्र राष्ट्रहरुका लागि कूटनीतिक उपहारका रुपमा अगाडि बढाएका हुन् । यो उपहार नेपाललगायत विभिन्न ३० मुलुकले पाइसकेको चाइना नेपाल टीसीएम सेन्टरका सञ्चालिका रिमाल बताउँछिन् ।
सेन्टरले चीनको शिक्षा मन्त्रालयअन्तर्गत चीन विदेशी भाषा आदान प्रदान सहयोग केन्द्रद्वारा प्रायोजित चिनियाँ भाषा प्रशिक्षण कक्षाहरुसमेत सञ्चालन गर्दै आएको छ ।
ताजा
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवार
पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल
२०८३ आश्विन १८ गते, आईतवार
गति लिँदै राजापुर–ओखरिया सडक
२०८३ आश्विन १६ गते, शुक्रबार
गगनलाई किशोर सिंह राठौरको चुनौती
२०८३ आश्विन १६ गते, शुक्रबार
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





