बच्चाको जन्मदर्ता गर्दा मावली थर लेख्ने परिपत्र सच्यायो पञ्जीकरण विभागले

२०७९ चैत्र २६ गते, आईतवार

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले मावली थर प्रयोग गरी बच्चाको जन्मदर्ता गरिदिने भन्दै जारी गरेको परिपत्र सच्याएको छ।

विभागले ‘मावली थर’ राख्ने भनी व्यवस्था भएको ठाउँमा ‘बच्चा जन्मिँदा कायम आमाको थर र ठेगाना’ भनी उल्लेख गरेको छ। आइतबार परिपत्र सच्याएर सार्वजनिक गरिएको विभागका निर्देशक नवराज जैसीले जानकारी दिए। विवाहअघि नै बच्चा जन्माएका एकल महिलाले विवाह गरी पतिको थर र ठेगाना लिएपछि नयाँ थरअनुसार बच्चाको जन्मदर्ता गर्दा हुने समस्या समाधानका लागि यस्तो व्यवस्था ल्याइएको हो।

यसअघिको परिपत्रमा मावली थर प्रयोग गर्न भनिएको थियो। आइतबार भने बच्चा जन्मिँदा कायम आमाको थर प्रयोग गर्ने भनिएको छ।

विभागले बच्चालाई जन्म दिने आमाको लैंगिक भूमिकाको उच्च सम्मान गर्दै परिपत्र सच्याएको जनाएको छ। आमाको थरको सट्टा मावली थर राखेर बच्चाको जन्मदर्ता गरिदिने भन्ने अघिल्लो परिपत्र आलोचित भएपछि विभागले सच्याएको हो।

यसअघिको परिपत्रमा दुईवटा व्यवस्था यस्ता थिए जसले आमाको पहिचान र अस्तित्व इन्कार गर्थ्यो।

पहिलो, विवाहअघि जन्म भएको तर ुपितृत्वको ठेगान नभएकोु बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानामा सँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको ठेगानामा जन्मदर्ता गरिदिने।

दोस्रो, विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा’ भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्मदर्ता गरिदिने।

यी व्यवस्थाको सट्टा बच्चा जन्मिँदा कायम रहेको आमाको थर राखेर जन्म दर्ता गरिदिने व्यवस्था गर्दै आइतबार विभागले फेरि परिपत्र जारी गरेको छ।

बावुको ठेगाना थाहा नभएका एकल महिलाका बच्चाको जन्मदर्ता आमाकै नामथर र ठेगानाबाट गर्न परिपत्रमा भनिएको छ। यो परिपत्रले आमाबुवाको सम्बन्ध विच्छेद भएर आमासँगै रहने बच्चाको जन्मदर्ता बाबुको ठेगानामा भएको रहेनछ भने आमाकै हालको ठेगानामा गरिदिन पनि भनेको छ।

आमा कारागारमा रहँदा जन्मिएका वा बालविवाहर बहुविवाह जस्ता बदरयोग्य विहेसम्बन्धबाट जन्मिएका बच्चाको जन्मदर्ता कानुन बमोजिम प्रक्रिया पुर्याइ गरिदिन परिपत्रमा उल्लेख छ। उक्त परिपत्र ६ हजार ७ सय ४३ वटै वडामा पठाइएको छ।

117 Views

ताजा

राैतहट-४ मा पत्रकार ऋषि धमलाकाे जित सुनिश्चित !

२०८२ फाल्गुन १७ गते, आईतवार

राैतहट-४ मा पत्रकार ऋषि धमलाकाे जित सुनिश्चित !

२०८२ फाल्गुन १७ गते, आईतवार

कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थामा नयाँ कार्यसमिति चयन

२०८२ फाल्गुन १७ गते, आईतवार

इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टि

२०८२ फाल्गुन १७ गते, आईतवार

काठमाडौं उपत्यकामा कांग्रेसले आज ६ वटा चुनावी सभा गर्दै

२०८२ फाल्गुन १७ गते, आईतवार

फेरि पक्राउ परे दुर्गा प्रसाईँ

२०८२ फाल्गुन १७ गते, आईतवार

भक्तपुर २ मा पत्रकार कबिर राणाको चर्चा

२०८२ फाल्गुन १६ गते, शनिबार

बिबाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता राजधानीमा सम्पन्न

२०८२ फाल्गुन ११ गते, सोमबार

सेजलले ‘मिस इको इन्टरनेशनल २०२६’ नेपालको प्रतिनिधित्व गर्ने

२०८२ फाल्गुन ११ गते, सोमबार

सिन्धुपाल्चोकमा समाजसेवामा अग्रसर बन्दै राममणी न्याैपाने

२०८२ फाल्गुन ११ गते, सोमबार

धादिङ बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, २५ जना घाइते

२०८२ फाल्गुन ११ गते, सोमबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal