रास्वपामा अडियो प्रकरणः छानबिन गरेर कारबाही गर्न नसके मलाई गढीमाईमा बलि दिनु

२०७९ चैत्र २६ गते, आईतवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठमाथि छानबिन गरेर कारबाही गर्ने बताएका छन् ।

व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएपछि बारा २ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको विषयमा आफूहरुको भनाइ र गराइ एउटै हुने बताए ।

उनले भने, ‘हामीले भ्रष्टाचारको बारेमा आवाज उठाइरहेको बेलामा आज हाम्रो सांसदको एउटा अडियो टेप सार्वजनिक भएको कुरा मैले सामाजिक सञ्जालबाट जानकारी प्राप्त गरेको छु । तपाईंहरुलाई स्पष्ट पार्न चाहन्छु भ्रष्टाचारको विषयमा हाम्रो भनाइ, गराइ र कुरा सधैं एउटै हुन्छ । अडियो सार्वजनिक हुनेवित्तिकै मैले पार्टी पंक्तिमा निर्देशन दिइसकेको छु । ७२ घण्टाभित्र छानबिन गरेर कारबाही अगाडि बढाउनू भनेर अल्टिमेटम दिएको छु।’

देशमा भ्रष्टाचारका काण्ड ७२ वर्षदेखि अल्झिएर बसे पनि आफ्नो पार्टीभित्र प्रश्न उठेपछि निराकरण हुने लामिछानेले बताए । उनले छानबिन नसकिएसम्म पार्टीको साधारण सदस्यको रुपमा पनि कुनै काम गर्न नदिने बताए ।

उनले भने, ‘मैले ७२ घण्टे अल्टिमेटम दिएको दुई घण्टा भइसक्यो । अब ७० घण्टाभित्र सत्यतथ्य छानबिन गरेर कारबाही गर्न नसके मलाई यही गढीमाईमा बलि दिनुहोला ।’

उनले अडिओमा सुनेको वरिपरिको मान्छेलाई पनि छानबिन गरेर कारबाही गर्ने बताए । गद्दारी गरेको प्रमाणित भए कानूनी कारबाही गर्न प्रहरी प्रशासनमा हस्तान्तरण गरेर पठाउने उनले बताए । आफ्नो सांसदले भ्रष्टाचारको डिल गरेको प्रमाणित भएर अख्तियारमा आफैं पत्र लिएर जाने बताए ।

131 Views

ताजा

राैतहट-४ मा पत्रकार ऋषि धमलाकाे जित सुनिश्चित !

२०८२ फाल्गुन १७ गते, आईतवार

राैतहट-४ मा पत्रकार ऋषि धमलाकाे जित सुनिश्चित !

२०८२ फाल्गुन १७ गते, आईतवार

कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थामा नयाँ कार्यसमिति चयन

२०८२ फाल्गुन १७ गते, आईतवार

इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टि

२०८२ फाल्गुन १७ गते, आईतवार

काठमाडौं उपत्यकामा कांग्रेसले आज ६ वटा चुनावी सभा गर्दै

२०८२ फाल्गुन १७ गते, आईतवार

फेरि पक्राउ परे दुर्गा प्रसाईँ

२०८२ फाल्गुन १७ गते, आईतवार

भक्तपुर २ मा पत्रकार कबिर राणाको चर्चा

२०८२ फाल्गुन १६ गते, शनिबार

बिबाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता राजधानीमा सम्पन्न

२०८२ फाल्गुन ११ गते, सोमबार

सेजलले ‘मिस इको इन्टरनेशनल २०२६’ नेपालको प्रतिनिधित्व गर्ने

२०८२ फाल्गुन ११ गते, सोमबार

सिन्धुपाल्चोकमा समाजसेवामा अग्रसर बन्दै राममणी न्याैपाने

२०८२ फाल्गुन ११ गते, सोमबार

धादिङ बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, २५ जना घाइते

२०८२ फाल्गुन ११ गते, सोमबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal