भोलिदेखि रिटर्नी फेडेरेसनको महाधिवेशन काठमाडौंमा सुरु
काठमाडौं । नेकपा एमालेनिकट रिटर्नी फेडेरेसनको प्रथम राष्ट्रिय महाधिवेशन चैत्र ११ र १२ गते काठमाडौंमा हुने भएको छ ।
फेडेरेसनको केन्द्रीय समितिले बुधबार पत्रकार सम्मेलन गरी महाधिवेशनको तयारी पूरा भएको जनाएको छ । धुम्बाराहीको एक पार्टी प्यालेसमा हुने महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । एमालेनिकट विदेशबाट फर्किएकाहरु एकजुट भई यो संस्थाको स्थापना गरेको बिन्दु घिमिरेले बताइन् । उनले फेडेरेसनमा आबद्ध हुनेको संख्या बढदै गएको जनाएकी छिन् । २०७८ पौष १६ गते चन्द्रबहादुर रोकाको अध्यक्षतामा ९९ सदस्यीय कमिटी गठन गरेको फेडेरेसनले ५ प्रदेशमा र ५४ जिल्लामा जिल्ला तथा पालिका कमिटी गठन गरिसकेको छ । फेडेरेसनका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज ज्ञानु खवासले विदेशमा बसेर सीप र ज्ञान आर्जन गरेसँगै स्वदेश फर्किएकाहरुलाई एकीकृत गर्न फेडेरेसनको स्थापना गरिएको बताए ।
फेडेरेसनले देशका युवाशक्ति विदेशिँदै गएकोमा चिन्ता व्यक्त गरेको छ । फेडेरेसनले विदेशबाट फर्किएको प्रतिभा र जाँगरिलो जनशक्तिलाई परिचालन गर्ने पक्षमा सरकार निस्क्रिय रहेको आरोप पनि लगाएको छ ।
ताजा
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





