लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका गिरी नियुक्त

२०७९ पुष २७ गते, बुधबार

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरी नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले एमाले पोलिटब्युरो सदस्य एवं प्रदेश संसदीय दलका नेता गिरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्ति गरेका हुन्। यसअघि गिरीले बुधबारै ५८ जना सांसदको समर्थनसहित प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए।

प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा दाबी पेस गर्न बुधबार अपरान्ह ४ बजेसम्मको समयसीमा दिएकोमा निर्धारित समयसीमाभित्रै गिरीले विभिन्न दलका सांसदहरुको हस्ताक्षरसहित दाबी पेस गरेका थिए।

लुम्बिनी प्रदेशमा ८७ जना प्रदेश सांसद रहेकोमा गिरीले एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका चार, जसपा र जनमतका तीन९तीन, नागरिक उन्मुक्तिका चार, लोसपाका तीन र स्वतन्त्रबाट निर्वाचित २ गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्।

लुम्बिनीमा सरकार गठनका लागि ४४ जनाको सांसदको समर्थन आवश्यक पर्छ। तर गिरीले नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीबाहेकका दलको समर्थन पाएका छन्।

217 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal