गृहमन्त्रीले केटाकेटीपन देखाएः रायमाझी

२०७९ पुष २५ गते, सोमबार

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजङ रायमाझीले सरकारको गृहमन्त्री भएर शपथ खाएको दिन नै मन्त्रिपरिषद्मा प्रतिपक्षको भूमिका खेल्छु भन्नु केटाकेटीपन भएको टिप्पणी गरेका छन्।

सोमबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै रायमाझीले संसदीय प्रणालीमा प्रधानमन्त्रीको नेतृत्वमा जनता र संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै सरकारको उपप्रधान तथा गृहमन्त्रीले सरकारको प्रतिनिधिभन्दा प्रतिपक्षको भूमिकामा उभिने भन्नेबाट कानुनको पालना नहुने बताएका हुन्।

उनले संसदीय व्यवस्थामा प्रधानमन्त्रीको मन्त्री भएर मन्त्रिपरिषद्मा प्रतिपक्षको भूमिका खेल्छु भन्नु केटाकेटीपन वा अनपेक्षित पद प्राप्तिपछिको उत्साह अंहकार भएको टिप्पणी गरे। उनले कानुनको भुमरीमा परेर सफाइ नपाएको व्यक्ति नै स्वार्थ बाझिने गरी राज्यमा प्रमुख निकायमा रहँदा यो शासन व्यवस्थाको मूल्य र मान्यतालाई कायम गर्न नसक्ने बताए।

उनले संविधानमा व्यवस्था भएका मौलिक हकमा राज्य गम्भीर नबन्दा धेरै शान्ति सम्झौतामा भएका कामहरू गर्न बाँकी रहेको बताए। उनले आमागी संसदले लामो समयदेखि विवाद रहेको नागरिकता संशोधन विद्येयक प्रमाणिकरण नहुँदा नागरिकहरु नागरिता पाउनबाट बन्चित बन्नुपरेको बताए।

204 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal