सन्दीप प्रकरणः अस्पतालले पठायो किशोरी नाबालिग नभएको प्रमाण
काठमाडौं । सन्दीप लामिछानेबाट जबरजस्तीकरणीमा परेको भनिएकी किशोरी नाबालिग नभएको प्रमाण अस्पतालले दिएको छ।
वीरगन्जस्थित नारायाणी अस्पतालले किशोरीको जन्म मिति २०६१ भएको प्रमाण जिल्ला अदालत काठमाडौंमा पठाएको हो।
सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको जन्म मिति २०६१ जेठ १८ कि २०६२ जेठ १८ भन्ने विवाद अदालतसम्म पुगेको छ।
यसअघि अदालतमा सन्दीपकै वकिलले किशोरी नाबालिग नभएको दाबी गर्दै उनी उनी जन्मिएको अस्पतालबाट प्रमाण झिकाउन माग गरेका थिए। पुस १२ गते जिल्ला न्यायाधीश हिमलाल बेलवासेको इजलासले पीडित भनिएकी किशोरीको जन्मबारे सम्बन्धित अस्पतालबाट कागजात मगाउन आदेश दिएको थियो।
अदालतले यसअघि घटनासँग जोडिएका व्यक्तिको बकपत्र गराइसकेको छ। किशोरी नाबालिग भएको अवस्थामा सहमतीमै करणी भएको भएपनि जबरजस्ती करणी मानिने भएकाले सन्दीप पक्षले सुरुदेखि नै किशोरीको उमेरलाई प्रमुख मुद्दा बनाउँदै आएका छन्।
यसअघि वडा कार्यालय र विद्यालयबाट पनि दुई थरी प्रमाण अदालतमा पुगेका छन्। किशोरी पक्षले नाबालिग भएको प्रमाण बुझाएको छ। सन्दीप पक्षले नाबालिग नरहेको प्रमाण पेश गरेका छन्। अस्पतालको प्रमाणसँगै किशोरी नाबालिग नभएको बलियो प्रमाण भएको छ। तर यसका बाबजुद पनि बलात्कार गरेको ठहरिएमा भने सन्दीपलाई १० वर्षसम्म कैद सजाय हुन सक्नेछ।
जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएपछि सन्दीपले उच्च अदालतमा निवेदन दिएका छन्। निवेदनमाथि आगामी बिहीबार उच्च अदालतमा सुनुवाइ हुने सम्भावना छ। यसअघि पटक पटक पेशी तोकिएको भए पनि सर्दै आएको छ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





