सन्दीप प्रकरणः अस्पतालले पठायो किशोरी नाबालिग नभएको प्रमाण

२०७९ पुष २५ गते, सोमबार

काठमाडौं । सन्दीप लामिछानेबाट जबरजस्तीकरणीमा परेको भनिएकी किशोरी नाबालिग नभएको प्रमाण अस्पतालले दिएको छ।

वीरगन्जस्थित नारायाणी अस्पतालले किशोरीको जन्म मिति २०६१ भएको प्रमाण जिल्ला अदालत काठमाडौंमा पठाएको हो।
सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको जन्म मिति २०६१ जेठ १८ कि २०६२ जेठ १८ भन्ने विवाद अदालतसम्म पुगेको छ।

यसअघि अदालतमा सन्दीपकै वकिलले किशोरी नाबालिग नभएको दाबी गर्दै उनी उनी जन्मिएको अस्पतालबाट प्रमाण झिकाउन माग गरेका थिए। पुस १२ गते जिल्ला न्यायाधीश हिमलाल बेलवासेको इजलासले पीडित भनिएकी किशोरीको जन्मबारे सम्बन्धित अस्पतालबाट कागजात मगाउन आदेश दिएको थियो।
अदालतले यसअघि घटनासँग जोडिएका व्यक्तिको बकपत्र गराइसकेको छ। किशोरी नाबालिग भएको अवस्थामा सहमतीमै करणी भएको भएपनि जबरजस्ती करणी मानिने भएकाले सन्दीप पक्षले सुरुदेखि नै किशोरीको उमेरलाई प्रमुख मुद्दा बनाउँदै आएका छन्।

यसअघि वडा कार्यालय र विद्यालयबाट पनि दुई थरी प्रमाण अदालतमा पुगेका छन्। किशोरी पक्षले नाबालिग भएको प्रमाण बुझाएको छ। सन्दीप पक्षले नाबालिग नरहेको प्रमाण पेश गरेका छन्। अस्पतालको प्रमाणसँगै किशोरी नाबालिग नभएको बलियो प्रमाण भएको छ। तर यसका बाबजुद पनि बलात्कार गरेको ठहरिएमा भने सन्दीपलाई १० वर्षसम्म कैद सजाय हुन सक्नेछ।

जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएपछि सन्दीपले उच्च अदालतमा निवेदन दिएका छन्। निवेदनमाथि आगामी बिहीबार उच्च अदालतमा सुनुवाइ हुने सम्भावना छ। यसअघि पटक पटक पेशी तोकिएको भए पनि सर्दै आएको छ।

162 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

२०८३ असार २६ गते, शुक्रबार

सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

२०८३ असार २६ गते, शुक्रबार

गणेशको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

२०८३ असार २६ गते, शुक्रबार

गणेश नेपालीको आत्मदाह प्रकरणः सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँः वीर अस्पताल

२०८३ असार २६ गते, शुक्रबार

‘गौँथली’को चर्चा चुलियो, युट्युबको ट्रेन्डिङ नम्बर १ मा

२०८३ असार २६ गते, शुक्रबार

कवि गाउँलेको आँशु कल्यिै रित्तिदैन सार्वजनिक

२०८३ असार २६ गते, शुक्रबार

पाख्रीबास नगरपालिकाद्वारा ‘अलौकिक उपचार’ शिविर आयोजना, जनस्वास्थ्य र कानुनी प्रक्रियामाथि प्रश्न

२०८३ असार २६ गते, शुक्रबार

शरीरमा आगो लगाएका गणेश नेपालीलाई तत्काल भारत नलगिने

२०८३ असार २६ गते, शुक्रबार

मोरोक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

२०८३ असार २६ गते, शुक्रबार

तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक

२०८३ असार २६ गते, शुक्रबार

Miss Mhendomaya Beauty Queen 2026 भव्य सम्पन्न, उपाधि सविता तामाङले उचालिन्

२०८३ असार २६ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal