काठमाडौको पशुपतीनाथ मन्दिरमा अनुपम खेरले भेटे भिख माग्दै गरेकी किशोरी, गरे पढाइ खर्च व्यहोर्ने घोषणा

२०७९ कार्तिक ८ गते, मंगलवार

हिन्दी फिल्म उचाई को छायाँ`कनका लागि नेपाल आएका बलिउड अभिनेता अनुपम खेरले काठ`माडौको पशुपती मन्दीर क्षेत्रमा एक भारतीय किशोरी भेटे ।

उचाइको छायाँक`नका लागि खेर लगायतका भारतीय कलाकारको टोली नेपाल आएको थियो । नेपालका विभिन्न ठाउँमा उनी`हरूको टोलीले छायाँकन गर्‍यो। यसबीच अनुपम खेरले नेपालमा एक भारतीय किशोरीलाई पढाइको जिम्मा लिएका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत सो कुराको जानकारी गराएका छने । नेपालमा रहँदा सामाजिक सञ्जाल ट्विटरमा निकै सक्रिय रहेका उनले विभिन्न ठाउँमा भेटेका व्यक्ति`हरूसँग कुरा`कानी गरेका, केटाकेटीलाई आफ्नी आमाले बुनेका स्विटर बाँडेको जस्ता केही भिडिओ सेयर पनि गरेका थिए।

 

यही क्रममा मंगलबार बिहान उनले एक भिडिओ सेयर गरे। उक्त भिडिओमा उनले काठमाडौंको एक मन्दिर अगाडि भिख माग्दै हिँड्ने एउटी किशोरीसँग कुराकानी गरिरहेका छन्।

कुराकानीकै क्रममा आरती नामकी ती किशोरी आफु भारतकै राज`स्थानबाट आएको अनुपमलाई बताउँछिन् । तर उनलाई अस्वभाविक तब लाग्यो जब आरतीले उनीसँग अंग्रेजीमा कुरा गरिन्।

उनले अंग्रेजीमै मेरो नाम आरती हो र तपाईंलाई भेट्दा साह्रै उत्साहित भएकी छुु भन्छिन्। उनले सार्वजनिक गरेको भिडियोमा भएको सम्बाद यस्तो छ ।

अनुपम खेरले सोध्छन्, तिमी कहाँबाट आएकी हौ ? आरती भन्छिन्, म भारतको राजस्थान`बाट आएकी हुँ। यत्तिको राम्रो अंग्रेजी कसरी बोल्न आयो ? अनुपम खेर सोध्छन्।

आरतीले धन्यवाद भन्दै आफू मागेर जीविका चलाउने र कहिल्यै पनि स्कुल नगएको बताउँछिन्। नेपालमा मागेर हिँड्दै गर्दा नै आफूले अंग्रेजी जानेको बताउँछिन्।

अनुपम खेरले उन`लाई बरू काम गरेर खानू नि, किन माग्ने भन्छन्। आरती भन्छिन्, ‘किनकी म गरिब परिवारबाट आएकी हुँ। मसँग केही छैन।’ फेरि अनुपम खेरले उनलाई यति राम्रो अंग्रेजी बोल्छौ, कसैले तिमीलाई काम दिइहाल्छ नि भन्छन्।

आरती यसको सफा`इ दिँदै भन्छिन्, मलाई यहाँ कसैले काम दिँदैन। तिमी भारतीय हौ आफ्नै देश जाऊ, किन यहाँ आएकी भन्छन्।
‘उसो भए तिमी यहाँ किन आएकी त, अनुपम खेरले सोध्छन्।

आरतीले भारतमा पनि यस्तै समस्या भएको, पर्यटकहरू नभएको र कसैले सहयोग नगर्ने बताउँछिन्। नेपालमा भने केही राम्रो अवस्था भएको, सहयोगी मान्छे भए`काले आएकी भन्छिन्।

उनले आफू कहिल्यै स्कुल नग`एको तर जान मन भएको पनि बताउँछिन्। कसैले सहयोग गरे आफू स्कुल जाने भन्दै उनी भन्छिन्, म मान्छेहरू`लाई पनि म स्कुल जान चाहन्छु, सहयोग गर्नुहोस् भन्छु। तर कसैले गर्दैन।’

‘म स्कुल गएँ भने मेरो जीवन, परिवारको अवस्था सबै राम्रो हुन्छ भन्ने थाहा छ। म मेहनत गरेर पढ्नेछु, आरती भन्छिन्, त्यसैले मलाई अरू केही चाहिँदैन, स्कुल जान पाए पुग्छ।’ अनुपम खेरले आफ्नो फाउन्डेसनमार्फत् आरतीलाई चाँडै स्कुल पठाउने बाचा गर्छन्। र आरतीलाई पनि राम्ररी पढ्ने बाचा गर भन्छन्।

214 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

अनिश्चितकालका लागि तातोपानी नाका बन्द

२०८३ भाद्र १६ गते, मंगलवार

सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

२०८३ भाद्र १६ गते, मंगलवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal