ओली द्वारा गृहमन्त्रीको राजीनामा माग नागरिकतामा धेरै राज नीति नगर्न चेतावनी
काठमाण्डाै = नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाणको राजीनामा माग गर्नु भएको छ ।
आज बुधवार गैर आवासीय नेपाली सङ्घकाे २०, औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिवाद नगर्ने संस्थामाथि सरकारकै मन्त्रीबाट प्रहार हुनु लोकतन्त्र विरोधी भएको भन्दै प्रधानमन्त्रीले लोकतन्त्र रक्षाका लागि भए पनि गृहमन्त्रीको राजीनामा माग्नुपर्ने बताउनु भयो ।
गैर आवासीय नेपाली सङ्घमा गएर गृहमन्त्रीले राजनीति गरी राष्ट्रपति माथि अनैतिक आरोप लगाउनु गलत भएको उहाँकाे भनाइ छ ।
अध्यक्ष ओलीले मञ्चको दुरु पयोग गरी गृहमन्त्रीले राष्ट्रपतिको सम्बन्धमा अनर्गल आरोप लगाएको बताउनु भयो । उहाँले नागरिकताको बारेमा धेरै राजनीति नगर्न सुझाव दिनु भयो । नागरिकता सम्बन्धी विषयमा बहस गर्न आफूसँग आउन सत्ता गठबन्धनलाई उहाँकाे चुनौती थियाे ।
उहाँले भन्नु भयो । हिजो गृहमन्त्रीजीले यस मञ्चको दुरुपयोग गरेर सम्माननीय राष्ट्रपति ज्यूको सम्बन्धमा जाे अनर्गल भन्नु भयो। त्यो बहुतै गम्भीर विषय हो । यसै त राष्ट्रपतिको हतपत आलोचना गरिँदैन । किन भने राष्ट्रपति हतपत बोलिरहँदैन । राष्ट्रपतिले प्रतिवाद गर्दैन ।
प्रतिवाद नगर्ने संस्थाको सन्दर्भमा सार्वजनिक टिप्पणी गरिँदैन । प्रतिवाद नगर्ने संस्थाको सन्दर्भमा म सत्ताधारी गठबन्धन परमादेशीलाई आग्रह गर्न चाहन्छु हामी सँग डिबेटमा आउनुस् न । हामी छौँ निडिबेट गर्ने ।
हामीसँग डिबेट गर्न आए हुन्छ । त्यो लज्जाजनक कुरा हो। अ सभ्यताको कुरा हो । वास्तवमा भन्ने हो । भने त्यस टिप्पणी भन्दा पछि अलिकति लोकतान्त्रिक संस्कृति हुन्थ्यो भने प्रधानमन्त्रीले उहाँको राजीनामा मागि सक्नु पर्दथ्यो ।
अध्यक्ष ओलीले भोट बढाउनका लागि देशलाई दूरगामी अहित हुने काम गर्न नमिल्ने दाबी गर्नुभयो । उहाँले नेपाली नागरिकलाई नागरिकताको प्रमाणपत्र उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभयो ।
ताजा
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





