राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई मासिक ५०, हजार रुपैयाँ दिने सरकारकाे निर्णय,

२०७९ आश्विन ९ गते, आईतवार

काठमाण्डाै = सरकारले राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई व्याकुल माइला, लाई सहज जीवनयापनका लागि मासिक ५०, हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । यसअघि मासिक २५ हजार रुपैयाँ दिँदै आएकोमा असाेज ७ गते बसेकाे मन्त्रिपरिषद्काे बैठकले अब मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताउनु भयो ।

 

आइतवार मन्त्रिपरिषद्काे निर्णय सुनाउँदै प्रवक्ता कार्कीले सरकारले संस्कतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि स्वास्थ्य तथा जन सङ्ख्या मन्त्रालयले एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको पनि जानकारी दिनु भयो ।

 

त्यस्तै सरकारले थर्ड मिनिस्टेरियल कन्फ्रेन्सन रिजनल इकोनोमिकको अप्रेशन एन्ड इन्ट्रिगेशन इन एसिया एन्ड द प्यासिफिकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेललाई स्वीकृत दिने, राष्ट्रिय सतर्कता केन्द्र प्रहरी तेस्रो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने। क्यानडाको आटवामा असोज १९ गतेदेखि २० गतेसम्म आयोजना हुने डिजिटल समिटमा सहभागी हुन कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारलाई स्वीकृत दिने, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट सञ्चालन हुने बजार अनुगमन कार्यक्रममा आर्थिक वर्ष २०७९/०८० का लागि राज पत्राङ्कित स्तरका पदको स्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

 

प्रवक्ता कार्कीले सरकारले प्राइभेट फर्म रजिस्ट्रेशन चौथो संशोधन नियमावली २०७९ लाई स्वीकृत गर्ने, दार्चुलाको महाकाली नगरपालिका र नौगाढ गाउँपालिकाका भौगोलिक क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने, चुरे संरक्षण विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, माथिल्लो सोलुखोला जलविद्युत् आयोजनाको प्रसारण लाइनको आर ओडब्ल्यू र टावर ब्याङ्क संरचनाहरू निर्माण गर्नका लागि सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकाका वडा नम्बर ३, ४, ५, ६ र ११ मा रहेको राष्ट्रिय वनभित्रको ५ दशमलव ८११ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत प्रदान गर्ने, विभिन्न पालिकालाई विभिन्न प्रयोजनका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको बताउनुभयो । उहाँले सरकारले विज्ञापन बोर्डका लागि आर्थिक वर्ष २०७९/०८० का लागि अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको पनि बताउनु भयो ।

 

सरकारले सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित गर्न एवम् सडक दुर्घटनालाई न्यूनीकरण गरी नागरिकको आगमनलाई सहज सुरक्षित र भरपर्दो बनाउन गाडीकाे यान्त्रिक परीक्षण, भारवहन क्षमता सवारीको गति, टाइम कार्डको अवलम्बन लगायतका विषयमा अनुगमन, नियमन, सुपरीवेक्षण, निर्देशन र समन्वय गर्न गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा एक समिति गठन गरी जिम्मेवारी दिने निर्णय पनि गरेकाे छ ।

 

200 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal