एक तलामाथिबाट हाम फालेर छोरीले झम्टिएपछि भागेका थिए गोली हान्ने व्यक्ति….

२०७९ आश्विन ४ गते, मंगलवार

काठमाडौं । काठमाडौंको गल्फुटारमा सोमबार साँझ मोटरसाइकलमा आएको हतियार धारी समूहले लाल मोहम्मदलाई गाडीबाट ओर्लिएलगत्तै गोली हानेको छ । गोली प्रहारबाट उनको मृ,त्यु भइसकेको प्रहरीले पुष्टि गरिसकेको छ ।

 

 

सिसिटिभी फुटेजमा गाडीबाट ओर्लिएलगत्तै एक व्यक्तिले मोहम्मदलाई गोली हान्दै लखेटेको देखिन्छ । कारको वरिपरि एक फन्को लगाएपछि आक्रमणकारी त्यहाँबाट भागेका थिए । मोहम्मदलाई गोली प्रहार भइरहँदा एक महिला नजिकैको घरको एक तलामाथिबाट हाम फालेर आक्रमणकारीलाई लखेटेको देखिन्छ ।

 

 

प्रहरीले ती महिला मोहम्मदकी छोरी भएको जनाएको छ । मोहम्मद गार्मेन्ट सन्चालक हुन् । काठमाडौं प्रहरी परिसर प्रवक्ता दिनेश मैनालीले मोहम्मदको शरिरमा २–३ राउन्ड गोली प्रहार भएको बताए ।

 

 

घा’इतेको उपचारका क्रममा मृ,त्यु भएको उनले बताए ।घ,टनास्थलबाट प्रहरीले एउटा पेस्तोल पनि बरामद गरेको छ। काठमाडौं प्रहरी प्रवक्ता मैनालीले घ,टनाबारे अनुसन्धान भइरहेको बताए ।

230 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal