अछाम पहिरो अपडेट : मृ,त्यु हुनेको संख्या १२ पुग्यो, ११ जना बे,पत्ता,
२०७९ आश्विन १ गते, शनिबार
अछाममा पहिरोमा परि मृ,त्यु हुनेको संख्या १२ पुगेको छ ।
जिल्ला प्रशासन कार्यालय अछामका अनुसार कमलबजार नगरपालिका-८ मा पाँच जना, कमलबजार कै वडानम्बर ६ मा ४ जना, तुर्माखाँद गाउँपालिका-५ मा दुई जना र ढकारी गाउँपालिका-६ मा एक जनाको मृ,त्यु भएको छ ।
शुक्रबारदेखि आएको अविरल वर्षाका कारण पहिरो जाँदा घरमा पुरिएर उनीहरूको मृ,त्यु भएको हो ।
जिल्ला प्रशासनका अनुसार पहिरोमा परि ११ जना बेपत्ता भएका छन् भने ११ जनाक उद्धार गरिएको छ ।
बेपता हुनेमा तुर्माखाँदका ७ जना, ढकारीका एक जना, कमलबजारका ३ जना रहेका छन् ।
83 Views