ड्रागन खेतीबाट पतिको सपना पूरा गर्दै पद्मा रावत

२०७९ श्रावण ११ गते, बुधबार

घरको सदस्य गुमाउँदा कुन परिवारलाई पी,डा हुँदैन र ? त्यसमा पनि मातृत्व र पितृत्व दुवै त्या,गेर रोजेको जीवनसाथी अनि घरको मूल मान्छे गुम्दाको पी,डा हरेक श्रीमतीका लागि अझ बढी असह्य हुन्छ । यद्यपि सहनुको विकल्प पनि हुँदैन ।

त्यही असह्य पीडा छेडागाड नगरपालिकाको साल्मामा स्थायी घर भइ अहिले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेतको नेवारेमा अस्थायी रूपमा बस्दै आएकी पद्मा रावतको जीवनमा पर्‍यो । विश्वव्यापी महामारीका रूपमा फैलिएको को,रोना स,ङ्क्रमणका कारण पद्माले २०७८ वैशाख १७ गते पति बीरबहादुर बुढा गुमाउनु पर्‍यो । 

विसं २०७७ मा मालिका कृषि तथा ड्रागन फ्रुट फर्म स्थापना गरी ड्रागन फ्रुट खेतीबाट कर्णालीको नमुना व्यवसायी बन्ने सपना बुनेर बुढा ड्रागनको बेर्ना लिन २०७७ चैतको अन्त्यतिर भारतको गुजरात पुग्नुभयो ।

त्यति बेला भारतमा दोस्रो लहरको कोरोना स,ङ्क्रमणको निकै ठूलो त्रासदी थियो । भारतमा को,रोना व्यापकरूपमा फैलिँदै गएपछि वैशाखमा नेपालमा पनि लकडाउन गरिएको थियो ।

बेर्ना लिएर नेपाल फर्केको केही दिनपछि उहाँलाई को,रोना स,ङ्क्रमण देखियो । ‘को,रोना स,ङ्क्रमण देखिएपछि उहाँ आफैँले एम्बुलेन्स बोलाएर कर्णाली प्रदेश अस्पताल सुर्खेतमा जानुभएको थियो । त्यति बेलासम्म स्वास्थ्यमा त्यति समस्या थिएन’, पद्माले भन्नुभयो, दुर्भाग्य अस्पतालको आइसोलेशनमा केही दिनपछि उहाँको नि,धन भयो ।’ बीरबहादुरको नि,धनले परिवारको भरोसाको खम्बा ढल्यो ।

पति वियोगले उहाँलाई केही समय सम्हालिन गाह्रो भयो । असह्य पी,डाले जीवन आँसुको आहालमा परिणत भयो । मावि तथा आधारभूत तहमा पढ्दै गरेका छोरी र छोराले पितृत्वको अभावको महसुस गर्न थाले । पद्मालाई जीवन पतझर शिशिरको जस्तो लाग्न थाल्यो । तर पनि छोराछोरी हेरेर चित्त बुझाउनुको विकल्प थिएन उहाँलाई ।

पतिले लाखौँ रुपैयाँ ऋ,ण लिएर सुरु गरिएको ड्रागन फ्रुट खेती डुब्दै जाने अवस्था आयो । उहाँको विछोडको पी,डा एकातिर छँदैछ, अर्कोतिर त्यो ऋ,णको भारीबाट कसरी मुक्त हुने भन्ने चिन्ताले पद्मालाई पिरोल्न थाल्यो । सुरु गरिसकेको खेती छोड्ने अवस्था पनि थिएन र मूलतः ड्रागन फ्रुट खेती उहाँको पतिको जीवनको सपना थियो ।

पद्माको परिवार जाजरकोटको साल्मा पहाडबाट भित्री मधेसमा पर्ने सुर्खेत वीरेन्द्रनगरमा झर्दा धेरै मान्छेसँग चिनजान पनि थिएन । राम्रोसँग रहनसहन नभएको ठाउँमा मर्दा पर्दा गाउँको जस्तो सजिलै दुःख–सुख बाँड्न सक्ने अवस्था हुनु अझ परको कुरो भयो ।

झनै को,रोनाका कारण मृ,त्यु भएको भन्ने सुनेपछि भेटघाटमा आउने आफन्त र अन्य शुभचिन्तकहरू चाहेर पनि भेट्न मान्दैनथे ।

पति विछोडको वेदना खेप्दै गर्दा रोगको प्रकृतिले पनि झनै पीडा दिलायो रावतको परिवारलाई । त्यो बेला को,रोना स,ङ्क्रमण र त्यसबाट मृ,त्युको खबर सुन्नेहरू डरले नजिक नआएरै भाग्थे । कोभिड–१९ स,ङ्क्रमण भएको भनेपछि समाजले पनि कमजोर र अपमानित दृष्टिकोणले नजर लगाउँथ्यो ।

समाजको यस किसिमको व्यवहारले पीडा भएर रावतको दैनिकी आँसुको आहालमा परिणत हुन्थ्यो । त्यस बेला उहाँले मृ,तक पतिको सत्गद् आफ्नो संस्कारअनुसार पनि गर्न पाउनुभएन । पतिको अवसानको अन्तिम क्षण त्यो मृ,त भौतिक अनुहार हेर्न नपाएरै टाढैबाट हात हल्लाएर बिदाइ गर्नुपर्‍यो ।

151 Views

ताजा

खगेन्द्र सुनार नेतृत्वमा ‘हाम्रो पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता

२०८२ मंसिर ८ गते, सोमबार

खगेन्द्र सुनार नेतृत्वमा ‘हाम्रो पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता

२०८२ मंसिर ८ गते, सोमबार

बलिउड अभिनेता धर्मेन्द्रको निधन

२०८२ मंसिर ८ गते, सोमबार

निर्माता पौडेलको गुनासो

२०८२ मंसिर ८ गते, सोमबार

विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउन सरकार गम्भीर छः ऊर्जा मन्त्री कुलमान घिसिङ

२०८२ मंसिर ८ गते, सोमबार

आज एनपिएलमा दुई खेल हुने

२०८२ मंसिर ८ गते, सोमबार

निर्वाचनमा भाग लिने दलको सङ्ख्या ५६ पुग्यो

२०८२ मंसिर ८ गते, सोमबार

आज एनपीएलका दुई खेलः चितवन र कर्णाली भिड्दै

२०८२ मंसिर २ गते, मंगलवार

मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

२०८२ मंसिर २ गते, मंगलवार

व्यवस्था परिवर्तन नभएसम्म महेन्द्र राजमार्गमै बस्छौंः प्रसाईं

२०८२ मंसिर १ गते, सोमबार

मानवता विरुद्धको गम्भीर अपराधमा शेख हसिनालाई मृत्युदण्डको सजाय

२०८२ मंसिर १ गते, सोमबार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal