वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी इन्द्रजात्रा पर्व मनाइँदै
काठमाडौँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठदिनसम्म मनाउने प्रचलन छ ।
शनिबार बिहान ६स्५७ बजेसम्म द्वादशी रहेकाले त्यसै दिन इन्द्रध्वजोत्थानको साइत निस्किएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
आज बिहान सूर्योदय चतुर्दशी तिथिमा हुने भएकाले यस दिन इन्द्रजात्रा मनाउने निर्णय गरिएको उहाँको भनाइ छ । यसपटक त्रयोदशी तिथिमा सूर्योदय नभएको समितिले जनाएको छ ।
भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।
यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ । उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ ।
आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । राजतन्त्र रहुञ्जेल राजाबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो ।
इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।
इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौँथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको “भरणी नक्षत्रको रातमा लडाउने शास्त्रीय व्यवस्था छ, ‘भरण्यां निशि पातयेत्’ भनी उल्लेख गरिएको छ”, उहाँले भन्नुभयो ।
यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन सोमबार स्नान गरेर मेला भर्न भक्तजनहरूको घुइँचो लाग्छ ।
अनन्त चतुर्दशी
भाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ ९भगवान् विष्णु० को पूजा आराधना पनि गरिन्छ । यसैले यस दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ । आज चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास छ ।
श्रावण शुक्ल पूर्णिमाका दिन कुनै कारणवश जनै ९यज्ञोपवीत०मन्त्रन नपाएकाले आजै मन्त्रने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् गौतमले बताउनुभयो । अनन्त चतुर्दशीको व्रत पनि आज गर्नुपर्ने समितिले जनाएको छ । चतुर्दशीमा इन्द्रजात्रा मनाएपछि पूर्णिमामा इन्द्रदहमा गई स्नान गर्नुपर्ने धार्मिक विधि छ । रासस
ताजा
न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी
२०८३ असार ९ गते, मंगलवार
न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी
२०८३ असार ९ गते, मंगलवार
मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी
२०८३ असार ९ गते, मंगलवार
आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण
२०८३ असार ९ गते, मंगलवार
प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
२०८३ असार ९ गते, मंगलवार
आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ
२०८३ असार ९ गते, मंगलवार
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
२०८३ असार ५ गते, शुक्रबार
‘क्याप्टेन साब’को सकियो छायांकन
२०८३ असार ५ गते, शुक्रबार
‘रोल नं १’को टिकटमा ५० प्रतिशत
२०८३ असार ५ गते, शुक्रबार
फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार
२०८३ असार ५ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





