देशमा यत्ति धेरै अत्यचारले किन सिमा नाघ्दैछ ?
शत्रुगुञ्जा
कुनै नारि सुरक्षित रहेनछन् अब लुक्नु पर्ने भयो घर भित्र नै बाहिर हिड्यो कि हराउछिन उनी कोहि राक्षसको चङ्गोलले उसलाई घेरिदिन्छ बलत्कार पछिको दर्दनाक हत्या उपहार दिईन्छ किन के देशले न्याय गर्न या दिन सकिरहेको छैन ? कानुन कहाँ छ किन रोकिदैन यो सबै घटनाहरु ?
देश एकातर्फ कोरोनाको कहरमा फसिरहेको छ त्यसमाथि हत्या हिंसा दिनदहाडै बढिरहेको छ फासिको सजाय किन सुनाईदैन किन त्यो हत्यारालाई ? आगोमा जिउदै पोलिदैन किन हत्याराको लिङ्गलाई ? जबसम्म यस्ता खालका सजाय सुनाईदैन तबसम्म यो सबै चलिरहन्छ हरेक दिन एक नारिले ज्यान गुमाईरहनु पर्ने हुन्छ बलात्कार गर्नु या हत्या गर्नु अगाडि हजारोै बार सोच्न बाध्य बनाईदैन तबसम्म नारि असुरक्षित रहने छिन् हरेक सेकेण्ड एक नारिले ज्यानको बाजि थाप्नु पर्नेछ ।
गिद्दे नजर गाड्ने जो कोहिलाई यत्ति हदसम्मको सजाय दिनु पर्छ सायद भोलि अरुले बारम्बार सोच्न बाध्य होस् निर्मला हत्या या सो भन्दा अगाडिको काण्डदेखि लिएर आजसम्म भएका यस्ता हत्याकाण्ड बलात्कार कुनेै पनि दोषि खुल्लेआम हिड्न नपाओस् खोजि खोजि सजाय सुनाईयोस् कारवाहि गरियोस् ।
मान्छेले किन यत्तिसम्म घृणित काम गरिरहेको छ समय पनि कस्तो आयो कुन युग आयो आज घरभित्र पनि नारि असुरक्षित छन् आफ्नै बाबू दाजु भाई सङ्ग डराएर बस्नु पर्ने दिन आएको छ किन लुटिदैछ नारिको इज्जत ? किन न्याय मरिरहेको छ आज छोरिले बाबुको पेट बोकेको खवरदेखि पोखरामा भएको दाजु भनिने बहिनिको हत्यादेखि नाबालिका निर्मलासम्म आज सुजिता भण्डारि यो त हामिले देखिसक्योै यस्ता कैयोै घटना छन् जो आज बाहिर आउन सकेको छैन अनि नारिले खुल्लेआम आफ्नो इज्जत जाने डरले बाहिर ल्याउन सक्दैनन् यसैको फाइदा उठाएका कत्ति घटनाहरु छन् सुन्दा पनि डर लाग्ने र अपत्यारिला घटना हरु कत्ति ठाउमा पैसा र पावरको आडमा गुमनाम भएका छन् अनि गुमनाम पारिएका छन् , आखामा पट्टि बाधिएको न्यायले साच्चै नै पट्टि बाधेको रहेछ अनि बाधिएको रहेछ त्यो पट्टि त्यस बखत खोलिन्छ जस्ले पैसाको बिट्टो न्यायको हात मा थमाउने गर्छ के यसरी नै चलिरहन्छ देश यसरी नै अबको पिढि अगाडि बड्छ त सुन्दर देश सगरमाथाको देश, गौतम बुद्ध जन्मिएको देश आदि इत्यादिले विश्वसामु प्रसिद्ध मेरो देश नेपाल अब सायदै त्यो कुनै रहने छैन सगरमाथाले थुकिरहेको छ म किन यो ठाउँमा उभिएको छु गौतम बुद्ध रोईरहेका छन् म किन यहाँ जन्म लिएछु ?
एकातर्फ इन्टरनेटको सहि सदुपयोग नभएको र नगरेको पाउँछु अब नेपाली नेपाली हैन यो टिकटक नामकले चिनिने छ नारिहरुको चर्तिकला । नारिहरु ले गरेको यस्ता कत्तिपय लाजमर्दो कामहरु भेटिन्छ । छाडा बोल्नेदेखि अङ्ग पर्दशन गर्ने विभिन्न खाले जो बलत्कारलाई नजिक निम्त्याउछ यस्तो खाले भिडियो बनाउने धेरै छन् जस्को कारण अरु नारिले त्यसको सजाय भोग्नु परिरहेको छ भाईरल हुन हदसम्मको भिडियो बनाएर बलत्कारलाई प्रेरणा दिईरहेको छ यस्तो घिनलाग्दो खेल नखेलोै यस्ता कार्य ले बलत्कार हुन्छ नै भन्न चाहेको हैन तर यस्ता कार्यले पुरुसको सहन सक्ने क्षमता गुम्न सक्छ कुनै नारिले भनेको सुनेको थिए यदि म नाग्गै हिडे पनि मलाई बलत्कार गर्ने तिमिहरुलाई अधिकार छैन या पुरुषलाई अधिकार छैन के नाग्गै हिड्नु नारिको लागि ठिक हो यत्ति हो भने यो हत्या र बलत्कार रोकिने छैन ।
नारिलाई देवि मानिने देशले आज त्यहीँ नारिको इज्जत लुटिरहेको छ सिकार भैरहेका छन् छोरा मान्छे जनावर भन्दा पनि तल गिरिरहेको छन् सायद सजाय र कारवाहि भन्ने चिज कतै नेपालमा नभएर होला सायद आज राजा बिरन्द्र हुन्थिए भने यो सबै चिजको हल निस्कने थियो यस्ता कार्य हुने थिएनन् होला आज त सबैलाई कुर्सी चाहिएको छ देशको मतलब छैन पुस्तोै पुस्तालाई पुग्ने पैसा कमाएको छदैछ नेता भनेर सम्मान मिलेको छदैछ कतै रिवन काट्ने मोैका मिलिहाल्छ रातो कार्पेट वोछ्याउने कार्यकर्ता साथमा छदै छन् त्यो भन्दा के चाहियो र ।
हुन त बस्त्र र अङ्गको पनि कुनै दोष छैन कुनै बिदेशि मुलुकमा भित्रि बस्त्र लगाएर हिड्दा पनि बलत्कार हुदैन कारण त्यहाँको माहोल त्यस्तै छ त्यहाँ खुल्लेआम दुई भित्रि बस्त्र लगाउदा कुनै रोक छेैन कारण त्यहाँ को समाज परिपक्क छ तर हाम्रो समाजले यो विधि अपनाउन सक्दैन युगबाट चलिआएका चलनले गर्दा आज हाम्रो समाज नारिलाई खुल्न दिदैन यत्ति खुलिहाले भने नकारात्मक कुरा गर्न थालिन्छ स्तन खुल्ला रुपले देखिने वस्त्र हाम्रो समाजलाई कदापि स्विकार छैन तसर्थ यहि समाजमा हुर्केको हामी नारि पुरुषले त्यहीँ कुरालाई जगेर्णा गरोै विभिन्न नकारात्मक अङ्गलाई पर्दशन नगरोै तर यत्ति हुदा हुँदै त्यहि नारि जोगिन्छे अनि अर्कि सिकार बन्दछे कडा भन्दा कडा कार्वाही गरियोस ती नरपिसाद राक्षस हरुलाई जस्ले नारिको इज्जत सङ्ग खेलवाड गरेको छ ज्यान लिएको छ दोषि उम्किन नपावोस् कोहि नारि फेरि मर्न नपारोस् बलात्कारको सिकार नबनोस् त्यही भन्न चाहन्छ यो लेखक।
ताजा
लायन्स क्लबद्वारा अन्तर्राष्ट्रिय नारी दिवसमा १११ महिलालाई सम्मान
२०८२ फाल्गुन २६ गते, मंगलवार
लायन्स क्लबद्वारा अन्तर्राष्ट्रिय नारी दिवसमा १११ महिलालाई सम्मान
२०८२ फाल्गुन २६ गते, मंगलवार
लोकतन्त्रमा हार र जीत दुवै स्वाभाविक प्रकृया
२०८२ फाल्गुन २६ गते, मंगलवार
गण्डकीमा एमाले र नेकपा शून्य
२०८२ फाल्गुन २६ गते, मंगलवार
आज दिनभर साधारणतया बादल लाग्ने
२०८२ फाल्गुन २६ गते, मंगलवार
बिहीबार निर्वाचन प्रहरीको बिदाइ
२०८२ फाल्गुन २६ गते, मंगलवार
समानुपातिकमा पनि रास्वपाकै वर्चस्व
२०८२ फाल्गुन २६ गते, मंगलवार
लज्जास्पद हार व्यहोरेपछि सभापतिबाट राजीनामा दिने मुडमा गगन थापा
२०८२ फाल्गुन २६ गते, मंगलवार
चागुनारायण नगरपालिका भक्तपुरमा वडा अध्यक्ष हारेको ब्यक्ति मेयरको स्वकीय सचिव– राप्रपा नेता शाही
२०८२ फाल्गुन २३ गते, शनिबार
राैतहट-४ मा पत्रकार ऋषि धमलाकाे जित सुनिश्चित !
२०८२ फाल्गुन १७ गते, आईतवार
कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थामा नयाँ कार्यसमिति चयन
२०८२ फाल्गुन १७ गते, आईतवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





