नक्कली हवाई टिकट बेच्‍ने एनआरएनए पोर्चुगलका कोषाध्यक्ष कुँवर निलम्बित

२०७७ चैत्र २४ गते, मंगलवार

पोर्चुगल । गैर आवासीय नेपाली संघ ९एनआरएनए० पोर्चुगलले नक्कली हवाई टिकट बेच्‍ने संघका कोषाध्यक्षलाई निलम्बन गरेको छ । संघले नक्कली हवाई टिकट बेचेको घटना सार्वजनिक भएलगत्तै कोषाध्यक्ष विक्रमजङ्ग कुँवरलाई पदबाट निलम्बन गरेको हो ।
राजधानी लिस्बनमा सञ्चालित लक्ष्मी ट्राभलका सञ्चालक तथा एनआरएनएका कोषाध्यक्ष कुँवरले नक्कली हवाई टिकट बेचेको सेवाग्राहीहरुले आरोप लगाएका थिए । कुँवरको ट्राभलमार्फत पोर्चुगलबाट नेपाल जान ११ जनाले काटेको हवाई टिकटसहित विमानस्थलमा बोर्डिङ पासका लागि अनुरोध गर्दा डेस्कमा रहेका कर्मचारीले टिकट नक्कली भएको भन्दै फिर्ता गरेपछि घटना सार्वजनिक भएको हो ।
फिर्ता भएका सेवाग्राहीहरु गुनासोसहित ट्राभलको ढोका पुगेका र नेपाली समुदायका प्रतिनिधि र पत्रकारहरु पीडितको आवाज सुन्‍न जम्मा भएका थिए । फर्काइएका ११ जनाले प्रतिव्यक्ति ६२० यूरो अर्थात् करिब रु ७० हजार तिरेर टर्किस एयरलाइन्सको टिकट काटेको भक्तपुर घर भई पोर्चुगल बस्दै आएका पीडित विजय धिमालले बताए ।
सञ्चालकले ठगेको भन्दै पीडितहरुले पोर्चुगाली प्रहरीमा रिपोर्ट गरेपछि प्रहरीले छापा मारेको छ । प्रहरीले ट्राभलमा रहेका कागजपत्रहरु पनि जफत गरेको छ । सञ्चालक कुँवरले भने आफ्नो एजेन्सीलाई टिकट जारी गर्ने निकाय कालो सूचीमा परेकोले समस्या आएको बताएका छन् । पोर्चुगलमा अवस्थित नेपाली संघ सङ्गठनहरुले पीडितलाई न्याय दिलाउन माग गर्दै समाजको नेतृत्व गर्ने व्यक्तिबाट यस्ता क्रियाकलाप हुनु घोर आपत्ति भएको बताएका छन् । रासस

199 Views

ताजा

राैतहट-४ मा पत्रकार ऋषि धमलाकाे जित सुनिश्चित !

२०८२ फाल्गुन १७ गते, आईतवार

राैतहट-४ मा पत्रकार ऋषि धमलाकाे जित सुनिश्चित !

२०८२ फाल्गुन १७ गते, आईतवार

कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थामा नयाँ कार्यसमिति चयन

२०८२ फाल्गुन १७ गते, आईतवार

इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टि

२०८२ फाल्गुन १७ गते, आईतवार

काठमाडौं उपत्यकामा कांग्रेसले आज ६ वटा चुनावी सभा गर्दै

२०८२ फाल्गुन १७ गते, आईतवार

फेरि पक्राउ परे दुर्गा प्रसाईँ

२०८२ फाल्गुन १७ गते, आईतवार

भक्तपुर २ मा पत्रकार कबिर राणाको चर्चा

२०८२ फाल्गुन १६ गते, शनिबार

बिबाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता राजधानीमा सम्पन्न

२०८२ फाल्गुन ११ गते, सोमबार

सेजलले ‘मिस इको इन्टरनेशनल २०२६’ नेपालको प्रतिनिधित्व गर्ने

२०८२ फाल्गुन ११ गते, सोमबार

सिन्धुपाल्चोकमा समाजसेवामा अग्रसर बन्दै राममणी न्याैपाने

२०८२ फाल्गुन ११ गते, सोमबार

धादिङ बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, २५ जना घाइते

२०८२ फाल्गुन ११ गते, सोमबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal