अदालतको फैसलाले ओली समूह खुशी, प्रचण्ड–माधव तनावमा

२०७७ फाल्गुन २४ गते, सोमबार

काठमाडौं। सर्वोच्च अदालतले तत्कालिन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणपछि नयाँ बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दर्ता खारेज गर्दै एमाले र माओवादी केन्द्रलाई ब्युँताउने फैसला गरेपछि ओली समूहमा खुशीयाली आएको छ भने प्रचण्ड माधव समूह तनावमा परेको छ।
सर्वोच्चको फैसला लगत्तै ओली समूहको संसदीय दलको बैठक बस्यो। बैठकमा प्रधानमन्त्री तथा तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चको फैसलाको स्वागत गर्दै अब तत्कालिन एमाले केन्द्रीय कमिटीको बैठक बोलाउने बताएर आफ्नो खुशी जाहेर गरे।
उता प्रचण्ड माधव समूहले सर्वोच्चको फैसलापछि तत्काल कानुन व्यवसायीसँग छलफल गर्यो र अदालतको फैसला राजनीतिक र अनपेक्षित रहेको प्रतिक्रिया दियो। सो समूहले सोमबार आफ्नो समूहको स्थायी कमिटीको बैठक बोलाएको छ। सो समूह सर्वोच्चको फैसलामाथि पुनःविचार गराउन निवेदन दिने तयारीमा छ। सर्वोच्चको फैसलापछि प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठले दिएका प्रतिक्रियाले पनि सो समूह तनावमा परेको पुष्टि हुन्छ। सो समूहका नेताहरुले अदालतको फैसलालाई राजनीतिक फैसला भनी टिप्पणी गरेका छन्।
तर, ओली समूहका नेताहरु भने खुशी भएका छन्। आइतबार साँझ देशभर सो समूहका नेता कार्यकर्ताले दीपावलीसमेत गरेका छन्। अदालतको फैसलासँगै ओली नेतृत्वको सरकार अलपमतमा परे पनि तत्कालिन एमालेमा ओली समूह निकै मजबुत रहेकाले ओली समूह खुशी भएको हो।

289 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal