अदालतको फैसलाले ओली समूह खुशी, प्रचण्ड–माधव तनावमा

२०७७ फाल्गुन २४ गते, सोमबार

काठमाडौं। सर्वोच्च अदालतले तत्कालिन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणपछि नयाँ बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दर्ता खारेज गर्दै एमाले र माओवादी केन्द्रलाई ब्युँताउने फैसला गरेपछि ओली समूहमा खुशीयाली आएको छ भने प्रचण्ड माधव समूह तनावमा परेको छ।
सर्वोच्चको फैसला लगत्तै ओली समूहको संसदीय दलको बैठक बस्यो। बैठकमा प्रधानमन्त्री तथा तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चको फैसलाको स्वागत गर्दै अब तत्कालिन एमाले केन्द्रीय कमिटीको बैठक बोलाउने बताएर आफ्नो खुशी जाहेर गरे।
उता प्रचण्ड माधव समूहले सर्वोच्चको फैसलापछि तत्काल कानुन व्यवसायीसँग छलफल गर्यो र अदालतको फैसला राजनीतिक र अनपेक्षित रहेको प्रतिक्रिया दियो। सो समूहले सोमबार आफ्नो समूहको स्थायी कमिटीको बैठक बोलाएको छ। सो समूह सर्वोच्चको फैसलामाथि पुनःविचार गराउन निवेदन दिने तयारीमा छ। सर्वोच्चको फैसलापछि प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठले दिएका प्रतिक्रियाले पनि सो समूह तनावमा परेको पुष्टि हुन्छ। सो समूहका नेताहरुले अदालतको फैसलालाई राजनीतिक फैसला भनी टिप्पणी गरेका छन्।
तर, ओली समूहका नेताहरु भने खुशी भएका छन्। आइतबार साँझ देशभर सो समूहका नेता कार्यकर्ताले दीपावलीसमेत गरेका छन्। अदालतको फैसलासँगै ओली नेतृत्वको सरकार अलपमतमा परे पनि तत्कालिन एमालेमा ओली समूह निकै मजबुत रहेकाले ओली समूह खुशी भएको हो।

199 Views

ताजा

हामी र हाम्रो कृति समाजको संयुक्त मुक्तक संग्रह विमोचन

२०८१ बैशाख ५ गते, बुधबार

हामी र हाम्रो कृति समाजको संयुक्त मुक्तक संग्रह विमोचन

२०८१ बैशाख ५ गते, बुधबार

गायिका एलिनाले कसिन सापकोटासँग लगनगाँठो

२०८१ बैशाख ५ गते, बुधबार

छ छक्का प्रहार गरेर विश्व हल्लाएका दीपेन्द्रको आईसीसी वरीयतामा छलाङ

२०८१ बैशाख ५ गते, बुधबार

पुरुष र पुरुषत्वसम्बन्धी स्रोत केन्द्रको उद्घाटन

२०८१ बैशाख ५ गते, बुधबार

सुशासन र विकास पार्टीको ‘एजेण्डा’ हुनुपर्छः महामन्त्री थापा

२०८१ बैशाख ४ गते, मंगलवार

काठमाडौं विश्वको दोस्रो प्रदुषित शहर

२०८१ बैशाख ४ गते, मंगलवार

बबिना भट्टराईको गजल ‘चञ्चल’ सार्वजानिक (भिडियो सहित)

२०८१ बैशाख ४ गते, मंगलवार

डा. डीआर उपाध्यायका डेढ सय बढी कीर्तिमान

२०८० चैत्र २३ गते, शुक्रबार

गायक राजेशपायल राईको सम्बन्ध विच्छेद

२०८० चैत्र २३ गते, शुक्रबार

नर्सिङ कलेजमा अध्ययनरत छात्रा ५ तलाबाट हाम फालेर मृत्यु

२०८० चैत्र २३ गते, शुक्रबार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal