‘बुबाको ईच्छा पूरा गर्न सक्दिन कि भन्ने चिन्ता छ’ – मनिष जोशी

२०७७ फाल्गुन २३ गते, आईतवार

गंगा बराल
काठमाडौं । सबै मानिसको एउटा न एउटा चाहना हुन्छ जिवनमा, त्यो पूरा गर्न पायो भने मान्छे आफूलाई सफल र भाग्यमानी ठान्दछ । कतिपय राम्रा सोच पनि समयमा नै पूरा गर्न नसक्दा मानिसलाई त्यो घटना वा सम्झनाले पटकपटक जिस्क्याइरहन्छ ।
साविकको टोखा चण्डेश्वरी गाउँ विकास समिति वडा नम्बर २ मा जन्मेका मनिष जोशी राजनीतिक कार्यकर्ता हुन् । उनी अहिले टोखा नगरपालिकाबासी भएका छन् । उनको जिवनको एउटै लक्ष्य भनेको बुबाको ईच्छा पूरा गर्नु र समाजसेवाका माध्यमबाट आफूलाई स्थापित गर्नु नै रहेको छ । बुबा गजराजको केही गरौं भनेर सोच्दासोच्दै निधन भयो, बुबाले आफूलाई पनि सधैं सही बाटोमा हिँड्न र समाजसेवामा लाग्न दिएको सल्लाहलाई मनिषले कहिल्यै बिर्सेका छैनन् । ६ जना दाजुभाइमध्ये छोरातर्फ ५ औं सन्तानको रुपमा जन्मिएका मनिषका दुई दिदीहरु छन् । अहिले उनलाई परिवारको जिम्मेवारी छ भनें अर्कोतिर समाजबाट बाहिर निस्किन नसक्ने भएकाले सबै क्षेत्रलाई एकैसाथ लिएर अघि बढ्नुपर्ने बाध्यता छ । ‘मलाई पनि बाल्यकालदेखि नै कसैलाई केही सहयोग गरौं भन्ने लाग्थ्यो, बुबाले पनि त्यही सिकाउनुभयो’ मनिषले भने ‘कसैले दुःख पाएको हेर्न सक्दिन, वृद्धबृद्धा र केटाकेटीको साह्रै माया लाग्छ ।’ गजराज आफ्नो गाउँमा २५ वर्षसम्म प्रधानपञ्च भए त्यसैले पनि समाज र राजनीति के हो भन्ने कुरा मनिषलाई कसैले सिकाउनु परेन । आमा शन्तकुमारीको २०५६ सालमा र बुबाको २०६६ सालमा निधन भयो त्यसपछि मनिषको जिवनमा कहिल्यै नभेटिने घाउ लाग्यो । मनलाई सम्हालेर जानु र आफ्नो लक्ष्यमा पुग्नुको विकल्प रहेन उनमा । मनमा पीर परे पनि कसैलाई नदेखाई आफ्नै पाराले काम गर्दै आए उनी, अहिले भने समाजबाट टाढा जान सकेका छैनन् । ‘मैले समाजलाई जे दिन सक्छु दिन्छु, जसरी समाजले मलाई र मेरो परिवारलाई पत्याएको छ त्यो मर्मलाई तलमाथि पार्न दिन्न’ उनले भने  । बुबा भारतीय आर्मीमा जागिरे रहेकाले त्यतै बस्दा उनले फुटवलसहितका अन्य खेल सिक्ने मौका पाए । उनी विस्तारै वक्सिङ र हाइजम्पतिर पनि लागे ।
बुबाले सडक निर्माणमा गरेको योगदानको सम्झना अझै पनि ताजा छ । बुबाले आफ्नै पहलमा सामाखुशीदेखि झोरसम्म, टोखादेखि हात्तिगौडासम्म र टोखादेखि नै चण्डेश्वरीसम्म जाने बाटो बनाएका थिए । खानेपानी, सिचाई र विजुलीबत्ती ल्याउने काममा गजराजको उल्लेखनीय योगदान रहेको थियो । गजराजको नाममा सरस्वती माविमा, टोखा चण्डेश्वरी माविमा पनि अक्षय कोष स्थापना गरिएको छ, जसबाट जेहेन्दार विद्यार्थीले पुरस्कार पाउने गरेका छन् । गजराजले नै आफ्नो उदार मन पारेर विभिन्न विद्यालयलाई निःशुल्क जग्गा प्रदान गरेका थिए । त्यतिमात्र होइन मनिषका बुबा गजराजले मठ, मन्दिरका लागि, कला र संस्कृतिको रक्षाका साथै संरक्षण र संवद्र्धनमा पनि महत्वपूर्ण योगदान दिएका थिए । गजराजले आफ्नो जग्गा बेचेर पनि स्थानीय विभिन्न समयमा जात्रा चलाएका थिए ।
मनिष केही समय कोरिया बसे र नेपाल फर्केपछि नेपाल र कोरियाबीच व्यापार पनि गरे । प्लान ईन्टरनेशनलको सहयोगमा मनिषले टोखा चण्डेश्वरी र टोखा सरस्वतीमा एक सय ५० विद्यार्थीलाई पढाउँदै निःशुल्क पढाउँदै आएका छन् । मनिषले २०५६ सालमा लोटस वाल आश्रम खोले र विद्यार्थीलाई पढाउँदै आए ।
उनी एथेलेटिक्समा पनि पटकपटक च्याम्पियन भएका छन् । उनी राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीका रुपमा चिनिएका छन् । झोर महाँकालको बौदेश्वर मावि निर्माणका लागि उनले एकसय बोरा सिमेन्ट र २ गाडी इटा उपलब्ध गराएका छन् । विभिन्न समयमा विदेश बसेको अनुभवलाई उनले नेपालमा प्रयोग गरेर विभिन्न व्यक्ति र संघसंस्थालाई सहयोग गर्दै आएका छन् । सरस्वती मावि, चण्डेश्वर मावि, बौदेश्वर मावि र झोर महाँकाल माविलाई उनले कोरियाको प्यासिफिक एशिया सोसाइटी भन्ने संस्थाबाट पटक पटक सहयोग गर्दै आएका छन् ।
मनिषले किसानका लागि बाख्रा वितरणमा पनि सहजीकरण गरेका थिए । किसानले बाख्रा पालन गरेर निकै आम्दानी गरेको उनी दावी गर्छन् । श्री भगवती क्लबमा अध्यक्ष रहेका बेला उनले क्लबको एकतला थपेका थिए । उनी खेलकुदबाट र समाजसेवाबाट आफ्नो स्थापित गर्न चाहन्छन् । नेपाल फुटभली संघका अध्यक्ष समेत रहेका उनी सानैदेखि नै खेलप्रति रुची राख्दै आएका थिए । उनले बुवाको नाममा गजराज आइडल अवार्ड पनि वितरण गर्दै आएका छन् । जसबाट ३० जनाले बार्षिक रुपमा अवार्ड पाउँछन् । उनले यो संख्या बढाएर चालिस बनाउने उद्घोष गरेका छन् । उनले गरेका विभिन्न प्रकारका समाजसेवाका केही उदाहरणहरु मात्र हुन् यी । आमाले पनि शिक्षामा देखाएको चासो र लगानीले शिक्षा क्षेत्रमा स्थानीय स्तरमा परिवर्तन भएको उनको भनाई छ ।
नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका उनले देशमा परेका हरेक विपत्तिमा नागरिकहरुलाई सहयोग गर्दै आएका छन् । कोरोना भाइरस संक्रमणका बेला उनले विभिन्न ठाउँमा गएर माक्स, सेनिटाइजर पञ्जालगायत खाद्यान्न सामाग्री वितरण गरेका थिए । उनले विशेष गरी सबैभन्दा अगाडि देखिएर काम गर्ने आर्मी, प्रहरी, स्वास्थ्यकर्मी लगायतलाई आफ्नो व्यक्तिगत तर्फबाट यी सामग्री उपलब्ध गराएका थिए । उनी जे जति गर्छन् आफ्नै तर्फबाट लगानी गरेका छन् । कसैसँग सहयोग मागेर समाजसेवा गर्छु भन्ने उनमा सोच छैन । त्यतिमात्र होइन उनले २०७२ सालमा गएको भूकम्पका बेला पनि आवश्यक खाद्यान्न, लत्ताकपडा र टेन्ट बाँडेका थिए । उनी त्यतिबेला भूकम्पले बढी प्रभावित काठमाडौं सहित नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, गोर्खालगायतका जिल्लामा पुगेका थिए । चक्रपथको अमेरिकन एम्बेसी अगाडि हेडलाइन स्पोर्टस् क्याफे सञ्चालन गर्दै आएका उनी राजनीतिसँगै समाजसेवामा पनि सक्रिय रहने बताउँछन् । आफू खेलकुदमा लागेकाले स्पोर्टस् क्याफे राखेको उनको भनाई छ । क्याफेमा विभिन्न लाइभ इभेन्ट र खेलकुदसम्बन्धी बहस र छलफल पनि हुने गरेको छ । उनी नेपाली काँग्रेसनिकट नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय सचिव पनि हुन् । उनी राजनीति लिनलाई नभई दिनलाई भएको बताउँछन् । राजनीति गर्दा र समाजसेवमा लाग्दा केही खर्च हुन्छ भन्ने उनलाई थाहा छ तर उनी आफ्नो अभियानबाट कहिले पछि नसर्ने बताउँछन् । ‘देश विकासको लागि जसले जुन ठाउँबाट सहयोग गरे पनि हुन्छ, ठूलो पद नै चाहिन्छ भन्ने छैन’ जोशीले भने– मैले अहिलेसम्म जे गरेको छु त्यसमा सन्तुष्ट छु, आगामी दिनमा पनि समाजको लागि मात्र नभएर राष्ट्रको लागि नै योगदान गर्ने मेरो लक्ष्य छ ।’

306 Views

ताजा

विद्युत प्राधिकरणकै डिजिटल बोर्डमा ‘केपी चोर, देश छोड’ लेखिएपछि….‘

२०८१ चैत्र १२ गते, मंगलवार

विद्युत प्राधिकरणकै डिजिटल बोर्डमा ‘केपी चोर, देश छोड’ लेखिएपछि….‘

२०८१ चैत्र १२ गते, मंगलवार

कांग्रेस, एमाले र माओवादी नै राजा ल्याउने गरि षड्यन्त्रमा लागेको सिके राउतको आरोप

२०८१ चैत्र १२ गते, मंगलवार

सरकारविरुद्ध आक्रामक बालेनः मेरा विषयवस्तु गलत भए मलाई जेल हालियोस्

२०८१ चैत्र १२ गते, मंगलवार

चैत्र १५ गतेदेखि ‘डोरी’ देशव्यापी प्रदर्शन हुँदै

२०८१ चैत्र १२ गते, मंगलवार

लखेट्दा युद्ध जितेको लाग्ला तर पराजित हुन्छौः जनार्दन शर्मा

२०८१ चैत्र १२ गते, मंगलवार

कुलमानलाई बर्खास्त गरेको विरोधमा विद्यार्थीहरूद्वारा प्रदर्शन

२०८१ चैत्र १२ गते, मंगलवार

भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ

२०८१ चैत्र ८ गते, शुक्रबार

१ महिनाभित्र दर्ता नभए फेसबुक, एक्स र इन्स्टाग्राम नेपालमा बन्द हुने चेतावनी

२०८१ चैत्र ८ गते, शुक्रबार

निखिल उप्रेतीको निर्देशनमा फिल्म ‘आचार्य’ बन्ने

२०८१ चैत्र ८ गते, शुक्रबार

सम्पादनमा अब्बल अनिल : बैसाखी र कम्युटरका सारथी

२०८१ चैत्र ८ गते, शुक्रबार

लोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal