‘बुबाको ईच्छा पूरा गर्न सक्दिन कि भन्ने चिन्ता छ’ – मनिष जोशी

२०७७ फाल्गुन २३ गते, आईतवार

गंगा बराल
काठमाडौं । सबै मानिसको एउटा न एउटा चाहना हुन्छ जिवनमा, त्यो पूरा गर्न पायो भने मान्छे आफूलाई सफल र भाग्यमानी ठान्दछ । कतिपय राम्रा सोच पनि समयमा नै पूरा गर्न नसक्दा मानिसलाई त्यो घटना वा सम्झनाले पटकपटक जिस्क्याइरहन्छ ।
साविकको टोखा चण्डेश्वरी गाउँ विकास समिति वडा नम्बर २ मा जन्मेका मनिष जोशी राजनीतिक कार्यकर्ता हुन् । उनी अहिले टोखा नगरपालिकाबासी भएका छन् । उनको जिवनको एउटै लक्ष्य भनेको बुबाको ईच्छा पूरा गर्नु र समाजसेवाका माध्यमबाट आफूलाई स्थापित गर्नु नै रहेको छ । बुबा गजराजको केही गरौं भनेर सोच्दासोच्दै निधन भयो, बुबाले आफूलाई पनि सधैं सही बाटोमा हिँड्न र समाजसेवामा लाग्न दिएको सल्लाहलाई मनिषले कहिल्यै बिर्सेका छैनन् । ६ जना दाजुभाइमध्ये छोरातर्फ ५ औं सन्तानको रुपमा जन्मिएका मनिषका दुई दिदीहरु छन् । अहिले उनलाई परिवारको जिम्मेवारी छ भनें अर्कोतिर समाजबाट बाहिर निस्किन नसक्ने भएकाले सबै क्षेत्रलाई एकैसाथ लिएर अघि बढ्नुपर्ने बाध्यता छ । ‘मलाई पनि बाल्यकालदेखि नै कसैलाई केही सहयोग गरौं भन्ने लाग्थ्यो, बुबाले पनि त्यही सिकाउनुभयो’ मनिषले भने ‘कसैले दुःख पाएको हेर्न सक्दिन, वृद्धबृद्धा र केटाकेटीको साह्रै माया लाग्छ ।’ गजराज आफ्नो गाउँमा २५ वर्षसम्म प्रधानपञ्च भए त्यसैले पनि समाज र राजनीति के हो भन्ने कुरा मनिषलाई कसैले सिकाउनु परेन । आमा शन्तकुमारीको २०५६ सालमा र बुबाको २०६६ सालमा निधन भयो त्यसपछि मनिषको जिवनमा कहिल्यै नभेटिने घाउ लाग्यो । मनलाई सम्हालेर जानु र आफ्नो लक्ष्यमा पुग्नुको विकल्प रहेन उनमा । मनमा पीर परे पनि कसैलाई नदेखाई आफ्नै पाराले काम गर्दै आए उनी, अहिले भने समाजबाट टाढा जान सकेका छैनन् । ‘मैले समाजलाई जे दिन सक्छु दिन्छु, जसरी समाजले मलाई र मेरो परिवारलाई पत्याएको छ त्यो मर्मलाई तलमाथि पार्न दिन्न’ उनले भने  । बुबा भारतीय आर्मीमा जागिरे रहेकाले त्यतै बस्दा उनले फुटवलसहितका अन्य खेल सिक्ने मौका पाए । उनी विस्तारै वक्सिङ र हाइजम्पतिर पनि लागे ।
बुबाले सडक निर्माणमा गरेको योगदानको सम्झना अझै पनि ताजा छ । बुबाले आफ्नै पहलमा सामाखुशीदेखि झोरसम्म, टोखादेखि हात्तिगौडासम्म र टोखादेखि नै चण्डेश्वरीसम्म जाने बाटो बनाएका थिए । खानेपानी, सिचाई र विजुलीबत्ती ल्याउने काममा गजराजको उल्लेखनीय योगदान रहेको थियो । गजराजको नाममा सरस्वती माविमा, टोखा चण्डेश्वरी माविमा पनि अक्षय कोष स्थापना गरिएको छ, जसबाट जेहेन्दार विद्यार्थीले पुरस्कार पाउने गरेका छन् । गजराजले नै आफ्नो उदार मन पारेर विभिन्न विद्यालयलाई निःशुल्क जग्गा प्रदान गरेका थिए । त्यतिमात्र होइन मनिषका बुबा गजराजले मठ, मन्दिरका लागि, कला र संस्कृतिको रक्षाका साथै संरक्षण र संवद्र्धनमा पनि महत्वपूर्ण योगदान दिएका थिए । गजराजले आफ्नो जग्गा बेचेर पनि स्थानीय विभिन्न समयमा जात्रा चलाएका थिए ।
मनिष केही समय कोरिया बसे र नेपाल फर्केपछि नेपाल र कोरियाबीच व्यापार पनि गरे । प्लान ईन्टरनेशनलको सहयोगमा मनिषले टोखा चण्डेश्वरी र टोखा सरस्वतीमा एक सय ५० विद्यार्थीलाई पढाउँदै निःशुल्क पढाउँदै आएका छन् । मनिषले २०५६ सालमा लोटस वाल आश्रम खोले र विद्यार्थीलाई पढाउँदै आए ।
उनी एथेलेटिक्समा पनि पटकपटक च्याम्पियन भएका छन् । उनी राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीका रुपमा चिनिएका छन् । झोर महाँकालको बौदेश्वर मावि निर्माणका लागि उनले एकसय बोरा सिमेन्ट र २ गाडी इटा उपलब्ध गराएका छन् । विभिन्न समयमा विदेश बसेको अनुभवलाई उनले नेपालमा प्रयोग गरेर विभिन्न व्यक्ति र संघसंस्थालाई सहयोग गर्दै आएका छन् । सरस्वती मावि, चण्डेश्वर मावि, बौदेश्वर मावि र झोर महाँकाल माविलाई उनले कोरियाको प्यासिफिक एशिया सोसाइटी भन्ने संस्थाबाट पटक पटक सहयोग गर्दै आएका छन् ।
मनिषले किसानका लागि बाख्रा वितरणमा पनि सहजीकरण गरेका थिए । किसानले बाख्रा पालन गरेर निकै आम्दानी गरेको उनी दावी गर्छन् । श्री भगवती क्लबमा अध्यक्ष रहेका बेला उनले क्लबको एकतला थपेका थिए । उनी खेलकुदबाट र समाजसेवाबाट आफ्नो स्थापित गर्न चाहन्छन् । नेपाल फुटभली संघका अध्यक्ष समेत रहेका उनी सानैदेखि नै खेलप्रति रुची राख्दै आएका थिए । उनले बुवाको नाममा गजराज आइडल अवार्ड पनि वितरण गर्दै आएका छन् । जसबाट ३० जनाले बार्षिक रुपमा अवार्ड पाउँछन् । उनले यो संख्या बढाएर चालिस बनाउने उद्घोष गरेका छन् । उनले गरेका विभिन्न प्रकारका समाजसेवाका केही उदाहरणहरु मात्र हुन् यी । आमाले पनि शिक्षामा देखाएको चासो र लगानीले शिक्षा क्षेत्रमा स्थानीय स्तरमा परिवर्तन भएको उनको भनाई छ ।
नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका उनले देशमा परेका हरेक विपत्तिमा नागरिकहरुलाई सहयोग गर्दै आएका छन् । कोरोना भाइरस संक्रमणका बेला उनले विभिन्न ठाउँमा गएर माक्स, सेनिटाइजर पञ्जालगायत खाद्यान्न सामाग्री वितरण गरेका थिए । उनले विशेष गरी सबैभन्दा अगाडि देखिएर काम गर्ने आर्मी, प्रहरी, स्वास्थ्यकर्मी लगायतलाई आफ्नो व्यक्तिगत तर्फबाट यी सामग्री उपलब्ध गराएका थिए । उनी जे जति गर्छन् आफ्नै तर्फबाट लगानी गरेका छन् । कसैसँग सहयोग मागेर समाजसेवा गर्छु भन्ने उनमा सोच छैन । त्यतिमात्र होइन उनले २०७२ सालमा गएको भूकम्पका बेला पनि आवश्यक खाद्यान्न, लत्ताकपडा र टेन्ट बाँडेका थिए । उनी त्यतिबेला भूकम्पले बढी प्रभावित काठमाडौं सहित नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, गोर्खालगायतका जिल्लामा पुगेका थिए । चक्रपथको अमेरिकन एम्बेसी अगाडि हेडलाइन स्पोर्टस् क्याफे सञ्चालन गर्दै आएका उनी राजनीतिसँगै समाजसेवामा पनि सक्रिय रहने बताउँछन् । आफू खेलकुदमा लागेकाले स्पोर्टस् क्याफे राखेको उनको भनाई छ । क्याफेमा विभिन्न लाइभ इभेन्ट र खेलकुदसम्बन्धी बहस र छलफल पनि हुने गरेको छ । उनी नेपाली काँग्रेसनिकट नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय सचिव पनि हुन् । उनी राजनीति लिनलाई नभई दिनलाई भएको बताउँछन् । राजनीति गर्दा र समाजसेवमा लाग्दा केही खर्च हुन्छ भन्ने उनलाई थाहा छ तर उनी आफ्नो अभियानबाट कहिले पछि नसर्ने बताउँछन् । ‘देश विकासको लागि जसले जुन ठाउँबाट सहयोग गरे पनि हुन्छ, ठूलो पद नै चाहिन्छ भन्ने छैन’ जोशीले भने– मैले अहिलेसम्म जे गरेको छु त्यसमा सन्तुष्ट छु, आगामी दिनमा पनि समाजको लागि मात्र नभएर राष्ट्रको लागि नै योगदान गर्ने मेरो लक्ष्य छ ।’

376 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal