पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको अधिवेशन सम्पन्न

२०७७ फाल्गुन १४ गते, शुक्रबार

काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

काठमाडौंमा शुक्रबार भएको अधिवेशनले महासचिव बालकृष्ण अधिकारीले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सरोज कोइरालाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ । मुलुक प्रादेशिक संरचनामा गएसँगै महासंघले पनि तीन वर्षअघि प्रादेशिक समितिहरु गठन गरेको थियो ।

अधिवेशनलाई महासंघका सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्यहरु यम विरही, टिकाराम प्रधान, महासंघ एसोसिएट प्रदेश समिति अध्यक्ष केपी ढुंगाना, प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष शेखर अधिकारी, उपाध्यक्षद्वय बोमलाल गिरी, कालिका शिवाकोटीलगायतले सम्बोधन गर्नुभएको थियो । अधिवेशनले १४ बुँदे प्रस्ताव पारित गरेको छ ।

अधिवेशनले कोरोना महामारीलाई बहाना बनाएर कतिपय सञ्चार माध्यममा सञ्चारकर्मीलाई अनावश्यक दुःख दिने, काम छाड्न बाध्य बनाउने र समयमा तलबसुविधा नदिने कार्यतुरुन्त बन्द सरोकार पक्षलाई आह्वान गरेको छ ।

पत्रकारले न्यूनतम पारिश्रमिक नपाएको बहानामा सूचना विभागले दिन प्रेस पास बन्द गरेकोमा आपत्ति जनाएको छ । ‘त्यसलाई सहज बनाएर सञ्चार गृहले पाउने सेवासुविधा रोक्न सरकारसँग माग गर्दछ,’ विशेष प्रस्तावमा भनिएको छ ।

प्रतिष्ठान प्रदेश अन्र्तगतका पत्रकार महासंघका सबै सदस्यहरूको अनिवार्य स्वास्थ्य बिमाको व्यवस्था मिलाउन तथा गम्भीर र जटिल रोगको उपचारका लागि केन्द्रीय समितिसँग आवश्यक पहल लिने प्रस्ताव पनि पारित भएको छ ।

177 Views

ताजा

आज माघे संक्रान्ति, विविध कार्यक्रम गरी मनाइँदै

२०८२ माघ १ गते, बिहीबार

आज माघे संक्रान्ति, विविध कार्यक्रम गरी मनाइँदै

२०८२ माघ १ गते, बिहीबार

आज काठमाडौंका यी ठाउँमा २ घण्टासम्म बत्ती जाने

२०८२ पुष ३० गते, बुधबार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

प्रतिनिधिसभा निर्वाचनस् बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

२०८२ पुष २९ गते, मंगलवार

‘२९ रिसोर्ट एन्ड फार्म हाउस’मा ‘कुटुम्ब’को भव्य लाइभ म्युजिक

२०८२ पुष २९ गते, मंगलवार

‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’मा धोका र पीडा सार्वजनिक

२०८२ पुष २९ गते, मंगलवार

रसिकको बालकथा कृति “बेलबहादुरसँग बिहे” तेस्रो संस्करण सार्वजनिक

२०८२ पुष २९ गते, मंगलवार

वार्तामा आउन गगन–विश्वलाई शेखरको आग्रह

२०८२ पुष २८ गते, सोमबार

बालेन केपी ओलीसँग भिड्ने लगभग निश्चित !

२०८२ पुष २८ गते, सोमबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय

२०८२ पुष २८ गते, सोमबार

लोकप्रिय

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal