फेसियल हाउसको १३ औं वार्षिकोत्सव सम्पन्न
काठमाडौं । विभिन्न ठाउँमा शाखा रहेको पुरानो र प्रतिष्ठित फेसियल हाउसको १३ औं वार्षिकोत्सव शुक्रबार भव्यताको साथ सम्पन्न भएको छ ।
फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराको सभापतित्व भएको कार्यक्रममा पूर्व सांसद शान्ता चौधरी प्रमुख आतिथि र नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको विशेष अतिथिको रुपमा रहेकी थिइन् । कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथि र सहभागीले फेसियल हाउसले सौन्दर्यको क्षेत्रमा गरेको योगदानको प्रशंसा गरे । प्रवन्ध निर्देशक महराले पनि आगामी दिनमा अन्य ठाउँमा पनि सेवा विस्तार गर्दै लैजाने जानकारी दिइन् । ‘सुरुमा यो व्यवसाय गर्दा नै मलाई आँट थियो, जसरी भए पनि स्थापित हुन सकिन्छ भन्ने लागेर नै यसैमा झुकाव दिएँ’ उनले भनिन् ‘म आफैंले त राम्रो भन्ने कुरा भइहाल्छ अरुले पनि कामको प्रशंसा गरेका छन् ।’ महराले यो व्यवसायलाई राम्रो र व्यवस्थित बनाउन आफू सधैं लागिपरेको पनि दाबी गरिन् ।
उनले फेसियल हाउसलाई काठमाडौं बाहिर पनि लगेकी छिन् । आफ्नो कामको मूल्यांकन गर्दै अन्य ठाउँमा पनि शाखा विस्तारका लागि आग्रह गरेर गरिएको उनको भनाई छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघकी कार्यकारिणी सदस्य एवम रत्न तथा आभूषण संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल व्युटिसियन संघकी अध्यक्ष भगवती खड्का, नेपाल सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठ, वरिष्ठ सौन्दर्यविद् प्रा। डा।राजश्री श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वरिष्ठ सौन्दर्यविदद्व्य प्रा। डा। राजश्री श्रेष्ठ र कमला श्रेष्ठलाई ‘फेसियल हाउस सम्मान २०२०’ बाट सम्मान गरियो । प्रमुख अतिथि चौधरीले फेसियल हाउसले प्रवाह गर्दै आएको सेवाको तारिफ गरिन् ।

ताजा
आज माघे संक्रान्ति, विविध कार्यक्रम गरी मनाइँदै
२०८२ माघ १ गते, बिहीबार
आज माघे संक्रान्ति, विविध कार्यक्रम गरी मनाइँदै
२०८२ माघ १ गते, बिहीबार
आज काठमाडौंका यी ठाउँमा २ घण्टासम्म बत्ती जाने
२०८२ पुष ३० गते, बुधबार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
प्रतिनिधिसभा निर्वाचनस् बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
२०८२ पुष २९ गते, मंगलवार
‘२९ रिसोर्ट एन्ड फार्म हाउस’मा ‘कुटुम्ब’को भव्य लाइभ म्युजिक
२०८२ पुष २९ गते, मंगलवार
‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’मा धोका र पीडा सार्वजनिक
२०८२ पुष २९ गते, मंगलवार
रसिकको बालकथा कृति “बेलबहादुरसँग बिहे” तेस्रो संस्करण सार्वजनिक
२०८२ पुष २९ गते, मंगलवार
वार्तामा आउन गगन–विश्वलाई शेखरको आग्रह
२०८२ पुष २८ गते, सोमबार
बालेन केपी ओलीसँग भिड्ने लगभग निश्चित !
२०८२ पुष २८ गते, सोमबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय
२०८२ पुष २८ गते, सोमबारलोकप्रिय
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार





