अगामि निर्वाचन अघिनै निर्वाचन प्रणालीमा व्यापक सुधार आवश्यकः अध्यक्ष ढकाल

२०७८ आश्विन २४ गते, आईतवार

काठमाडौं । तेस्रो महाधिबेसनको तयारीमा रहेको नेपाल परिवार दलको भातृ संगठन नेपाल महिला परिवारको को बिशेष भेला काठमाडौँमा शनिबार सम्पन्न भएको छ । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालको आतिथ्यतामा सम्पन्न भेलाले १०१ सदस्यीय केन्द्रिय समिति घोषणा गरेको छ । जसमा ७० जना निर्बाचित र ३१ जना पछि समितिले मनोनयन गर्ने गरी १०१ सदस्य घोषणा गरिएको छ ।
महिला परिवारको संयोजककमा दलका केन्द्रीय सदस्य बुद्धिमाया पुन, सह संयोजकमा केन्द्रीय सदस्य रिता महतो महासचिवमा धर्मी भुसाल, प्रवतामा जानकी घिमिरे, कोषाध्यक्षमा हरिमाया गुरुङ, सदस्यहरुमा यनुका पौडेल गायिका प्राश्ना पाण्डे, शान्ति अधिकारी लगायत १०१ जना रहेका छन ।
भेलालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले परिबर्तनका उपलब्धिहरु संस्थागत विकास गर्न र देशलाई पश्चगामी र यथास्थितिबादीहरुबाट मुक्त गर्न सम्पूर्ण महिला शक्ति एकजुट भएर अघि बढ्नु पर्ने बताए ।

पूर्वमन्त्री समेत रहेका नेता ढकालले पटक पटक जनादेशको अपमान गर्नेहरुलाइ जनताले अस्विकार गरि नयाँ सोच र विचार बोकेको शक्तिलाई स्थापित गरि मुलुकको विकास र समृद्धिको यात्रालाइ तिब्रता दिनु पर्ने बताए । ढकालले प्रतिशोधको राजनीतिले नागरिकले दुख पाउने र देशको अमुल्य समय खेर जाने बताए ।
नेता ढकालले थलिएको नेपाली अर्थतन्त्रलाई माथि उकास्न विज्ञहरु सम्मिलित एक राष्ट्रिय अर्थ व्यवस्था विकास आयोग गठन गर्न सरकारलाई सुझाब समेत दिए । अध्यक्ष ढकालले आगामी निर्वाचन अघिनै वर्तमान निर्वाचन प्रणालीमा व्यापक सुधार गरि प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद लगायत ब्यबस्था गर्न र संविधानलाई सर्ब स्वीकार्य बनाउन नेपाली उत्पीडित समूदायको हक अधिकार थप सुनिश्चित गर्न आवस्यक पर्ने सुधारको लागी एक संबिधान सुधार सिफारिस आयोग गठन गर्नु पर्ने मा जोड दिए ।
नेता ढकालले नेपालमा बैकल्पिक लोकतान्त्रिक शक्तिको आबस्यकता निर्बिकल्प रहेको बताउदै अब उप्रान्त देशका बहुमत जनतालाई परिवार दल संग जोड्न बिशेष कार्यक्रम पार्टीले तर्जुमा गर्ने बताउनु बताए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एक दर्जन जना महिलाहरु परिवार दलमा प्रवेश पनि गरेका थिए । उनीहरुलाई अध्यक्ष ढकालले माला र टिका लगाएर पार्टीमा स्वागत गरे ।
कार्यक्रममा शुभकामना दिदै नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवम सभासद कौशल शाहले मुलुक परिर्वतन हैन देशमा भएका संरचनाहरुमा परिर्वतन आवश्यक रहको बताउँदै महिला परिवारले नेपाली महिला आन्दोलनमा पुरयाएको योगदानको चर्चा गरे ।
कार्यक्रममा बोल्दै दलका प्रवक्ता सन्तोषकुमार पौडेलले महिला सशक्तिकरण र सम्पूर्ण बर्ग र क्षेत्र, जाती र समुदायको सबै क्षेत्रमा समानुपातिक सहभागीता तथा प्रतिनिधि गराउनु पर्ने कुरामा जोड दिए । दलका महामन्त्री बिनोद डाँगीले पार्टी स्थापना पश्चात भएका महत्वूर्ण कार्यक्रमको बारेमा जानकारी दिदै देशप्रतिको निष्ठा र जनसेवामा परिवार दलसंग अन्य कुनै दलको तुलना नहुने भन्दै परिवर्तनको प्रतिनिधित्व परिवार दलले मात्र गर्न सक्ने बताए । केन्द्रीय सदस्य गणेश कुमार श्रेष्ठले जनताले दूई तिहाई मत दिदा पनि देशले स्थीर सरकार पाउन नसकेको तथ्य उल्लेख गर्दै परिवार दलले अघि सारेको प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसदको पक्षधर शक्तिहरुसंग सहकार्य गरेर अगाढि बढ्नु पर्नेमा जोड दिए । कार्यक्रममा नेपाल महिला परिवारकी संयोजक एवम् सभासद मिलन कुमारी राजबंशीले शान्ति, संवाद र पारस्पारिक सहअस्तित्वमा विश्वास गर्ने पार्टी भएको र राष्ट्रलाई भ्रष्टचार मुक्त बनाउन महिला परिवारले भूमिका खेल्ने बताईन । सभासद राजबंशीले महिला परिवारको प्रतिबेदन बाचन गर्नुभएको थियो । परिवार दलले देशभरी आफ्नो संगठन बिस्तार तथा कार्यक्रमलाई तिब्रता दिएको छ ।
सो बिशेष भेलामा दलका केन्द्रीय सदस्यहरु, बिभिन्न भातृसंगठनका प्रमुखहरु लगायत दशैभरीबाट सयौको संख्यामा महिलाहरुको सहभागिता रहेको थियो । गायक जय कुमार चौधरी गायिका प्राश्ना पाण्डे लगायतले सांगेतिक कार्यक्रम प्रस्तुत गरेको कार्यक्रमको संञ्चालन महिला परिवारी महासचिव धर्मी भुसालले गरेकी थिईन ।

207 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal