सहकारी बोर्डमा गोविन्द दुलाल

२०७८ श्रावण ३० गते, शनिबार

काठमाडौं । सहकारी क्षेत्रको सर्वोच्च निकायको रुपमा रहेको सहकारी बिकास बोर्डमा बाग्मती प्रदेश सरकारले लेखक एवं पत्रकार गोविन्द प्रसाद दुलाललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्ले २०७८ साउन २८ गतेको निर्णयअनुसार दुलाललाई नियुक्त गरेको हो ।
सहकारी ऐनमा व्यवस्था भएअनुसार भूमि व्यवस्था तथा सहकारी मन्त्री को अध्यक्षतामा गठन हुने १५ सदस्य सहकारी विकास बोर्डमा अर्थ, उद्योग, भुमिव्यवस्था तथा सहकारी र सामाजिक विकास मन्त्रालयका सचिवहरु समेत गरी दश जना पदेन सदस्य रहने व्यवस्था छ भने उपाध्यक्ष, सदस्य सचिव, दुई महिला र एक विज्ञ सदस्य गरी ५ जना मन्त्रिपरिषदद्बारा नियुक्ति गर्ने व्यवस्था छ । प्रदेश सरकारले उपाध्यक्षमा यसअघि नै नारायण देवकोटालाई नियुक्त गरिसकेको थियो भने वोर्डको विज्ञ सदस्यका रुपमा गोविन्द प्रसाद दुलाललाई नियुक्त गरेको हो ।
२०५५ सालदेखि सहकारी क्षेत्रमा आवद्ध दुलाल जनविचार पव्लिकेशन एण्ड रिसर्च सेन्टरका अध्यक्ष समेत हुन् । लामो समयदेखि पूर्व प्रधानमन्त्री टंकप्रसाद आचार्यको नाममा स्थापित संस्था “टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठान” का सदस्य–सचिव रहेका दुलाललाई प्रदेश सरकारले गरेको नियुक्ती बाट सहकारी क्षेत्रको विकास, व्यवस्थापन र प्रवर्द्धनका क्षेत्रमा सुधार हुने अपेक्षा गर्न सकिन्छ ।

333 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

सप्तकोसीमा पानीको बहाव बढ्दै, २१ ढोका खोलियो

२०८३ असार ३२ गते, बिहीबार

इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो पटक अर्जेन्टिना विश्वकप फाइनलमा

२०८३ असार ३२ गते, बिहीबार

‘माया भनेकै यस्तो होला’को पोस्टरमा दीलको हल्दी डे

२०८३ असार ३१ गते, बुधबार

आजदेखि बजारमा भरी सिलिण्डर ग्यास

२०८३ असार ३१ गते, बुधबार

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

२०८३ असार ३१ गते, बुधबार

कित्ताकाटसम्बन्धी व्यवस्थामा भएको प्रतिबन्धात्मक वाक्यांशको अपव्याख्या गरिएको भन्दै नेपाल लेखापढी व्यावसायी एसोसिएसनको आपत्ति

२०८३ असार २९ गते, सोमबार

‘हर्मुज जलमार्ग बन्द, अमेरिकासँग ‘वारपार’ को स्थिति

२०८३ असार २८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal