सहकारी बोर्डमा गोविन्द दुलाल

२०७८ श्रावण ३० गते, शनिबार

काठमाडौं । सहकारी क्षेत्रको सर्वोच्च निकायको रुपमा रहेको सहकारी बिकास बोर्डमा बाग्मती प्रदेश सरकारले लेखक एवं पत्रकार गोविन्द प्रसाद दुलाललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्ले २०७८ साउन २८ गतेको निर्णयअनुसार दुलाललाई नियुक्त गरेको हो ।
सहकारी ऐनमा व्यवस्था भएअनुसार भूमि व्यवस्था तथा सहकारी मन्त्री को अध्यक्षतामा गठन हुने १५ सदस्य सहकारी विकास बोर्डमा अर्थ, उद्योग, भुमिव्यवस्था तथा सहकारी र सामाजिक विकास मन्त्रालयका सचिवहरु समेत गरी दश जना पदेन सदस्य रहने व्यवस्था छ भने उपाध्यक्ष, सदस्य सचिव, दुई महिला र एक विज्ञ सदस्य गरी ५ जना मन्त्रिपरिषदद्बारा नियुक्ति गर्ने व्यवस्था छ । प्रदेश सरकारले उपाध्यक्षमा यसअघि नै नारायण देवकोटालाई नियुक्त गरिसकेको थियो भने वोर्डको विज्ञ सदस्यका रुपमा गोविन्द प्रसाद दुलाललाई नियुक्त गरेको हो ।
२०५५ सालदेखि सहकारी क्षेत्रमा आवद्ध दुलाल जनविचार पव्लिकेशन एण्ड रिसर्च सेन्टरका अध्यक्ष समेत हुन् । लामो समयदेखि पूर्व प्रधानमन्त्री टंकप्रसाद आचार्यको नाममा स्थापित संस्था “टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठान” का सदस्य–सचिव रहेका दुलाललाई प्रदेश सरकारले गरेको नियुक्ती बाट सहकारी क्षेत्रको विकास, व्यवस्थापन र प्रवर्द्धनका क्षेत्रमा सुधार हुने अपेक्षा गर्न सकिन्छ ।

355 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal