संसद्बाट सरकार फाल्दा बर्बादै भयो भनेर सडकमा आउदैनौः मन्त्री अर्याल
स्याङ्जा । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले सम्मानित संसद्बाट सरकार फेर्दा सडकमा गएर आन्दोलन नगर्ने बरु त्यसलाई सहजरुपमा स्वीकार गर्ने बताउनुभएको छ । गृहजिल्ला स्याङ्जास्थित बिरुवा गाउँपालिकाले आयोजना गरेको चौथो अध्यक्षकप (वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगीता)को एवं विरुवा गाउँपालिका–६ स्थित भुवनघाट पक्की पुलको उद्घाटन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।
सत्तारुढ नेकपाकै शीर्ष नेतृत्वसहितको एउटा पक्ष अहिले केपी शर्मा ओली नेतृत्वको सरकार हटाउने खेलमा लागिरहेको प्रसंग उल्लेख गर्दै उहाँले सरकार हटाउने नै भए विधि, प्रक्रियामार्फत आउन आग्रह गर्नुभयो । ‘हामी सम्मानित संसदबाट सरकार फेर्दा खुसी नै हुन्छौ । हामी जनताका मान्छे हौ, जनताको बिचमा आउदा खुसी नै हुन्छौं’, मन्त्री अर्यालले भन्नुभयो, ‘तर संसद आह्वान भएको छ । प्रधानमन्त्री हटाउछौ भन्नेहरुले विधिसम्मत ढंगले फाल्नुपर्छ । संसद् शुरु भएर प्रधानमन्त्री हटाएमा हामी बर्बादै भयो भनेर हामी सडकमा आउने वाला छैनौं ।’ पार्टीका शीर्ष नेतृत्वबीचको अस्वस्थ खेल, पद र शक्तिको खेलले सत्ताधारी पार्टी दुर्घटनामा परेको भन्दै नेकपासँगै सिंगो मुलुक नै दुर्घटनामा परेको बताउनुभयो । यसले अस्थिरता ल्याएको भन्दै उहाँले फेरि सत्ताको गणितीय खेल शुरु भएको भन्दै यसले मुलुकमा स्थायी सरकारको परिकल्पना भताभुंग पारिदिएको बताउनुभयो ।
मन्त्री अर्यालले सरकारले इतिहासमा छुटाइएको लिम्पियाधुरासम्मको भूमी समेटेर प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भएको सरकारमाथि हमला भएको बताउनुभएको बताउनुभयो । सरकारले खुट्टा नकमाइकन नक्सा जारी गरेपछि नै ओली सरकार हटाउने खेल शुरु भएको भन्दै उहाँले त्यो कुरा पार्टीका कतिपय शीर्ष नेतृत्वले गरेका कारण अहिलेको स्थिति सिर्जना भएको बताउनुभयो । ‘यै सरकार हो जसले खुट्टा नकमाइकन इतिहासमा गुमेको भूमि समेटेर नक्सा जारी गर्यो । नक्सा जारी गरेको फल आज हामीले चाख्दैछौ’, मन्त्री अर्यालले भन्नुभयो, ‘त्यैबेला देखि यो सरकार नफाली हुदैन भनेर लागे । हाम्रो नेतृत्वमा रहेका नेताहरु पनि प्रधानमन्त्री केपी शर्मा नफाली हुदैन भनेर लागे ।’ नक्सा जारी भइसकेपछि सरकारले भूमि पनि फिर्ता ल्याउने तयारी गरिरहँदा सरकारमाथि हमला भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नक्सा मात्र होइन जमिन पनि फिर्ता ल्याइदेउ भनेर त्यै नक्साले भन्दैथियो । सरकारले त्यसको तयारी गरिरहेको थियो । तर देशीविदेशी शक्ति सहित एउटा पक्ष सरकार फाल्नतिर लाग्यो । अहिले त्यहीँ कुरा हामीले भोग्दैथ्यौ ।’
सरकारले पहिलोपटक सगरमाथाको उचाइ मापन गरेर नेपाली सामथ्र्य विश्वमा परिचित गराएको मन्त्री अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विदेशीहरुले धेरै पटक उचाइ नाप्यो तर हामीले पहिलोपटक आफ्नै स्रोतसाधन, जनशक्तिको प्रयोग गरेर उचाइ नाप्यौ र उचाइ पनि बढेर आएको छ । यसले विश्वमा नेपालको सामथ्र्यको चर्चा भएको छ ।’
जनताले विश्वास गरेपछि सरकारले विकासको मूल फुटाउदै गर्दा सत्ताधारी पार्टीमै ठूलो समस्या उत्पन्न भएको भन्दै उहाँले धेरै वार्ता तथा छलफलबाट पनि निकास ननिस्किएपछी बाध्य भएर प्रधानमन्त्री ओलीले संसद विघटन गरेको बताउनुभयो । संसद विघटन पहिलो घटना नभएको भन्दै उहाँले बाध्यकारी विकल्पका रुपमा संसद विघटन गरिएको बताउनुभयो । अदालतले एउटा निचोड दिइसकेको अवस्थामा त्यसको सम्मान गरेर जानुपर्ने भन्दै उहाँले अदालतमा मुद्दा चलिरहदा केपी ओलीले सेटिङ गरेको छ भनेर शीर्ष नेताहरुले आरोप लगाएपनि अहिले एउटा रिजल्ट आएको अवस्थामा त्यसको सम्मान गरेर सरकारले प्रतिनिधिसभाको बैठक आह्वान गरिसकेको बताउनुभयो ।
मिलेर नै मुलुक बनाउन, जनताको चाहना पूरा गर्न सकिने बताउदै मन्त्री अर्यालले पुनः पार्टी एकतामा फर्केर मुलुक बनाउने दिशामा अगाडी बढ्न आग्रह समेत गर्नुभयो । ‘आफ्नै पार्टीभित्र झगडा गरेर मुलुकलाई अस्थिरताको दिशातर्फ धकेलेर कसैलाई फाइदा हुदैन । जहाँ छौ त्यहाँबाट फर्किएर मिल्ने दिशामा अगाडि बढौ’, उहाँले भन्नुभयो, ‘पार्टीका शीर्ष नेतृत्व, लोकतन्त्रवादी शक्तिहरु एक भएर नै जनताको चाहना पूरा गर्न सकिन्छ । त्यसैले मिलेर अगाडी बढौ ।’
एक पक्षले नैतिकताको कुरा उठाइरहेको प्रसंग उल्लेख गर्दै उहाँले नैतिकता दुवैतर्फ लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नैतिकताको कुरा आएको छ तर, कुन नैतिकताको कुरा हो ? बिनाकारण कुर्सी छोड, हामी आउनुपर्छ भन्ने कुन नैतिकता हो ? नैतिकता दुवैतिर लागू हुन्छ ।’
अदालतबाट फैसला भएको दुई दिनमै दाहाल–नेपाल पक्ष, काँग्रेस र जनता समाजवादी पार्टी मिल्दा मात्र भारतलाई फाइदा हुन्छ भन्ने आशयको कुरा प्रचण्डले बोलेको कुरा उल्लेख गर्दै मन्त्री अर्यालले भारत वा कुनै छिमेकी देशलाई फाइदा हुने कुरा होइन नेपालको हित हुने दिशामा अगाडी बढ्न आग्रह गर्नुभयो । ओली सरकारको नेतृत्वमा आएपछि नेपाल चाइना र भारततिर समदुरीमा छ कसैसँग नजिक वा टाढा छैन भन्ने कुरा स्थापित गरेको उहाँले बताउनुभयो ।
यसैबीच मन्त्री अर्यालले पाँच वर्षको बिचमा ज्याग्दी खोलामा बाटो पिच गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । हस्पिटल सञ्चालन गर्न बाँकी रहेको भन्दै त्यसलाई प्रक्रिया अगाडी बढाउन आग्रह गर्दै उहाँले अहिले बनिसकेको हस्पिटलको संरचनालाई १५ सैयाको गाउँपालिकाको हस्पिटल बनाइने बताउनुभयो । आमा समुहको सामुदायिक भवन र खेल मैदानका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले स्याङ्जा जिल्लामा वितेको ३० वर्षमा नभएका काम ओली नेतृत्वको सरकारले ३ वर्षमा सम्पन्न गरेको दाबी गर्नुभयो । मन्त्री अर्यालले भन्न्ुभयो, ‘विगत ३० वर्षमा के भयो र ५ वर्षमा केके काम भए भनेर विश्लेषण सहित बुकलेट निकालेर जनताका बिचमा आउछौ ।’
ताजा
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने
२०८३ जेष्ठ २८ गते, बिहीबार
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३ जेष्ठ २८ गते, बिहीबार
‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार
२०८३ जेष्ठ २८ गते, बिहीबार
संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण
२०८३ जेष्ठ २८ गते, बिहीबार
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ
२०८३ जेष्ठ २६ गते, मंगलवार
बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित
२०८३ जेष्ठ २६ गते, मंगलवार
महावीर पुन मन्त्री बन्दै
२०८३ जेष्ठ २६ गते, मंगलवार
मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’
२०८३ जेष्ठ २४ गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





