इंग्ल्याण्डमा पुनः लकडाउन

२०७७ पुष २१ गते, मंगलवार

एजेन्सी । कोरोना भाइरस महामारीको अर्को लहर सघन बन्दै जाँदा इंग्ल्याण्डमा फेरि लकडाउन लागु भएको छ। इंग्ल्याण्डका सबै नागरिक घर भित्रै बस्नु पर्ने भएको छ ।
स्वीकृति प्राप्त वा लिएकाहरु मात्रै घर बाहिर निस्कन पाउने छन् नयाँ लकडाउनको नियम अनुसार । नयाँ लकडाउन आउँदो फेब्रुअरीको मध्यसम्म कायम रहने सक्ने प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । मंगलबारदेखि सबै विद्यालय तथा कलेजहरु बन्द हुनेछन् र पढाई अनलाईन मार्फत मात्रै हुनेछ ।
कोरोना भाइरस संक्रमणको दर बढेको तथा बिरामीको संख्या थपिँदै गएको अवस्थामा आउँदो हप्ताहरु निकै कठिन हुने प्रधानमन्त्री जोन्सनले बताएका छन् ।
आउँदो महिनाको मध्यसम्ममा प्राथमिकताको पहिलो चार समूहमा रहेकाहरुलाई कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज दिइने प्रधानमन्त्री जोन्सनले उल्लेख गरेका छन् ।
यसअघि स्कटल्याण्डमा घरमै बस्नु पर्ने निर्देशन जारी भएको थियो । यस्तै वेल्सले जनवरी १८ सम्म विद्यालय तथा कलेज बन्द हुने जनाएको छ । नर्दन आयरल्याण्डमा अनलाईन कक्षालाई थप केही समय बढाउने भएको छ ।
बेलायतमा परिवर्तित स्वरुपको नयाँ कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएपछि नयाँ लकडाउन लागु भएको हो ।

211 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

This is Test by Web house Nepal

२०८३ असार २३ गते, मंगलवार

This is Test by Web house Nepal

२०८३ असार २३ गते, मंगलवार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal