‘सामूहिक गिरफ्तारी गर’ भन्दै पत्रकार सडकमा

२०८३ मंसिर १० गते, बिहीबार

काठमाडौं । पत्रकारमाथि गरिएको धरपकडको विरोध गर्दै पत्रकार महासंघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड, प्रेस स्वतन्त्रता नियन्त्रणको मनसाय राखी प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास लगाएतका विरुद्ध पत्रकार महासंघले बुधबार देशभरका प्रशासन कार्यालय अगाडी प्रदर्शन गरेको हो ।

यसैक्रममा पत्रकार महासंघ काठमाडौं शाखाले बबरमहलस्थित प्रशासन कार्यालय बाहिर ‘पत्रकारलाई सामुहिक गिरफ्तार गर’ भन्ने व्यानरसहित प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले अध्यादेश फिर्ता नलिएसम्म, कानुन निर्माणमा हस्तक्षेप कायम रहेसम्म र धरपकड गर्ने दोषीमाथि कारबाही नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारे ।

समाचार लेखेका आधारमा प्रहरी हस्तक्षेप हुने, साइबर ब्युरोमा स्रोत खुलाउन दबाब दिने, दैनिक रूपमा पत्रकार पक्राउ गर्ने तथा न्युजरुमभित्र पसेर पक्राउ गर्ने प्रवृत्ति बढेको भन्दै उहाले आपत्ति जनाए । उनले दुई तिहाइको सरकार भए पनि संसद् छलेर अध्यादेश ल्याउने प्रवृत्तिप्रति आपत्ति जनाउँदै मिडिया काउन्सिलऐन संशोधनसम्बन्धी अध्यादेश फिर्ता लिन र सरोकारवालासँग छलफल गरी संसद्बाटै कानुन ल्याउन माग गरे ।

त्यस्तै, अध्यक्ष शर्माले लोककल्याणकारी विज्ञापन कटौती गरिएको तथा सर्वोच्च अदालतले खारेज गरेको आदेशसमेत कार्यान्वयनमा नआएको उल्लेख गरे । मंसिर २ गतेदेखि ९ गतेसम्म आन्दोलनको कार्यक्रम तय गरेको महासंघले माग पुरा भएको भन्दै आन्दोलनको अर्को कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।

5 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘सारथी’ले पायो युनिभर्सल सर्टिफिकेट, सपरिवार सँगै बसेर हेर्न मिल्ने

२०८३ मंसिर १० गते, बिहीबार

‘सारथी’ले पायो युनिभर्सल सर्टिफिकेट, सपरिवार सँगै बसेर हेर्न मिल्ने

२०८३ मंसिर १० गते, बिहीबार

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

२०८३ मंसिर १० गते, बिहीबार

‘सामूहिक गिरफ्तारी गर’ भन्दै पत्रकार सडकमा

२०८३ मंसिर १० गते, बिहीबार

तस्वीरमा नेपाली महिलाको इतिहास र संघर्ष

२०८३ मंसिर १० गते, बिहीबार

दुई मन्त्रीको तस्वीर सेयर गर्दै बालेनले लेखे– देश उँभो लाउने टोली !

२०८३ मंसिर ८ गते, मंगलवार

आजदेखि दशौं राष्ट्रिय खेलकुदका खेलहरू सुरु

२०८३ मंसिर ८ गते, मंगलवार

भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता, ५ बुँदे सामूहिक प्रतिज्ञा

२०८३ मंसिर ८ गते, मंगलवार

उत्तम मगरको स्वरमा रहेको  ‘आँखामा तिमी’ सार्वजनिक  ( भिडियो )

२०८३ मंसिर ८ गते, मंगलवार

भारतद्वारा २४ हजार करोडको सहयोग प्याकेज घोषणा

२०८३ मंसिर ७ गते, सोमबार

प्रधानमन्त्री बालेन र मोदीद्वारा जनकपुरधाम–अयोध्या रेल सेवाको संयुक्त रुपमा उद्घाटन

२०८३ मंसिर ७ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal