भगवती शाही स्मृती स्तम्भ उद्घाटन

२०८३ जेष्ठ १३ गते, बुधबार

अछाम/बागेश्वरी धार्मिक तथा पर्यटकीय क्षेत्र बिकास समिती नागपर्वत नाडा अछाममा भगवती शाही स्मृती स्तम्भ उद्घाटन भएको छ ।
नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटाले सो स्तम्भको उद्घाटनगरेका हुन् । तुर्माखाँद ४ नागपर्वतमा रहेको अति प्राचीन बागेश्वरी मन्दिर स्थापना गर्ने स्वर्गीय भगवती शाहीको सम्मान र सम्झनामा सो स्तम्भ निर्माण गरिएको हो ।

समितिका अध्यक्ष लोकेन्द्र बहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी बास्कोटाले धार्मिक, पर्यटकिय क्षेत्रको रुपमा रहेको बागेश्वरी क्षेत्रको प्रचार प्रसार गर्नु पर्ने बताए । समितिका सल्लाहकार नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य जनक बहादुर शाहीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा बास नेपालका पूर्ब अध्यक्ष मन भण्डारी, समितिका पदाधिकारी, सदस्यहरुको उपस्थिती रहेको थियो । नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटाको अनुदानमा २०७६ साल माघ १४ गते उक्त स्तम्भ निर्माण भएको थियो । कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटालाई भव्य स्वागत सहित सम्मान प्रदान गरिएको थियो ।

44 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal