‘अग्निचक्षु’ले फेरि जगायो कुमारी संस्कृतिको चेतना, राजधानीमा नियमित मञ्चन
काठमाडौं । विश्वकै एक मात्र जीवित देवी कुमारीको सांस्कृतिक परम्परामाथि आधारित नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि २५ गतेसम्म काठमाडौंको कालिकास्थित सर्वनाम थिएटरमा नियमित रूपमा मञ्चन हुने भएको छ। साइलेन्ट एक्टको प्रस्तुति तथा नागरिक कल्याण समाज नेपालको आयोजनामा नाटक प्रस्तुत हुन लागेको हो।
नाटकले नेपाली समाजको सांस्कृतिक पृष्ठभूमिमा आधारित भएर नारी सशक्तीकरण, चेतना र सामाजिक रूपान्तरणको सशक्त सन्देश प्रवाह गर्दछ। यसमा धार्मिक, ऐतिहासिक र जीवनदर्शनका पक्षलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ।
नाटकका लेखक तथा निर्देशकले जीवित देवी कुमारीसँग जोडिएका परम्परा, इतिहास र सामाजिक यथार्थलाई उजागर गर्ने उद्देश्यले यो कृति तयार गरिएको बताएका छन्। नाटकको पाण्डुलिपि निर्माणका क्रममा शताब्दी पुरुष सत्यमोहन जोशीबाट समेत आशीर्वाद प्राप्त हुनु आफूका लागि गौरवको विषय भएको उनले उल्लेख गरे।
यसअघि ‘जिउँदो आकाश’ नाटक अन्तर्राष्ट्रिय ओलम्पिक थिएटर फेस्टिभल हुँदै नेपालका विभिन्न १२ स्थानमा १०० भन्दा बढी पटक मञ्चन भइसकेको थियो। त्यसैबाट प्रेरित भएर ‘अग्निचक्षु’ लेखन सुरु गरिएको हो। यो नाटक पहिलो पटक २०८१ सालमा शिल्पी थिएटरमा मञ्चन गरिएको थियो।
त्यसपछि २०८२ मङ्सिरमा बुढानीलकण्ठ स्कुलमा विद्यार्थीहरूद्वारा पनि मञ्चन गरिएको थियो। नेपाली र नेपाल भाषामा मञ्चन गर्ने लक्ष्यअनुसार हरिगोपाल श्रेष्ठले नेपाल भाषामा अनुवाद गरेका छन्। हाल नेपाली भाषामै मञ्चन भइरहेको छ।
नाटकको नाट्य प्रस्तुति संयोजन वरिष्ठ रंगकर्मी कृष्णभक्त महर्जनले सम्हालेका छन्। उनको अनुभव र कलाकारहरूको ऊर्जाले नाटकलाई थप प्रभावशाली बनाएको आयोजक पक्षले जनाएको छ।
कलाकार र टिम
नाटकमा कृष्णभक्त महर्जन, मञ्जु श्रेष्ठ, हेना नगरकोटी, सुशील राजोपाध्याय, सलोना बज्राचार्य, श्रीशेष श्रेष्ठ, कुन्दन शाक्य, धिरज थापा मगर, राजेन्द्र डंगोल तथा बाल कलाकार दिव्यता चौधरीको प्रभावशाली अभिनय रहेको छ।
सङ्गीत संयोजन विमल लामिछानेले गरेका हुन्। गायनमा विमल लामिछाने र अनु अधिकारीको सहभागिता रहेको छ। वाद्यवादनतर्फ इन्द्रमान महर्जन, मिन घलान र गणेश रानाको योगदान रहेको छ।
मञ्च सज्जा कृष्णभक्त महर्जनले गरेका छन् भने प्रकाश परिकल्पना तथा परिचालन निर्मल साउदले सम्हालेका छन्। कोरियोग्राफी जेडी तमु र कृष्णभक्त महर्जनले गरेका हुन्। वेशभूषा अग्निचक्षु समूहले तयार पारेको छ।
प्रस्तुति परिकल्पनाको जिम्मेवारी झकेन बी।सी।ले सम्हालेका छन् भने सहजीकरण हरिगोपाल श्रेष्ठले गरेका छन्।
व्यवस्थापन पक्ष
सञ्चार संयोजक चक्रप्रसाद पोखरेल, बजार व्यवस्थापन मनिष मानव, निर्माण समन्वय सरस्वती न्यौपाने, पोस्टर डिजाइन राजन काफ्ले तथा बक्स अफिस शान्ति चौधरी र सन्देश पाण्डेयले सम्हालेका छन्।
कथावस्तु
‘अग्निचक्षु’ समाजशास्त्र अध्ययनरत एक युवतीले कुमारी परम्परामाथि गरेको अनुसन्धानलाई केन्द्रमा राखेर अघि बढ्छ। पूर्वकुमारी अष्टलक्ष्मी र उनीसँग जोडिएका पात्रहरूको जीवन भोगाइमार्फत नाटकले इतिहास, वर्तमान र भविष्यलाई जोड्ने प्रयास गरेको छ।
मुख्य पात्र अष्टलक्ष्मी सामाजिक विकृति, पारिवारिक अभाव र प्रेम सम्बन्धको तनावबीच पनि नारी शक्तिको महत्त्व बुझ्दै समाज परिवर्तनतर्फ अग्रसर हुन्छिन्। यही यात्राले नाटकलाई सन्देशमूलक र प्रेरणादायी बनाएको छ।
आयोजकका अनुसार ‘अग्निचक्षु’ केवल मनोरञ्जनका लागि नभई नेपाली संस्कृति संरक्षण, नारी चेतना र सामाजिक जागरणका लागि सञ्चालन गरिएको सांस्कृतिक अभियान हो।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





