अफगानिस्तानमा ६.३ रेक्टर स्केलको भूकम्प

२०८२ भाद्र १६ गते, सोमबार

काठमाडौं । सोमबार बिहान अफगानिस्तानमा ६.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार भूकम्प भारतीय समय अनुसार राति १२ः४७ बजे ३४.५० डिग्रीउत्तर अक्षांश र ७०.८१ डिग्रीपूर्व देशान्तरमा १६० किलोमिटर गहिराइमा केन्द्रविन्दु भएर गएको हो ।

प्रारम्भिक भूकम्पपछि ४ देखि रेक्टर स्केलबीचका पराकम्पहरू पनि अनुभव गरिएको छ। सोही क्षेत्रमा ४.७, ४.३ र ५.० रेक्टर स्केलका भूकम्प पराकम्पको रूपमा गएका छन् । यीमध्ये ५ रेक्टर स्केलको पराकम्प ४० किलोमिटर गहिराइमा भएको हुँदा थप शक्तिशाली महसुस गरिएको बताइएको छ ।

विशेषज्ञहरूको भनाइमा सतह नजिक अर्थात् मध्यम गहिराइका भूकम्पहरू बढी जोखिमपूर्ण हुने गर्छन् । यसले जमिनमा तीव्र कम्पन उत्पन्न गर्ने भएकाले संरचनागत क्षति र जनधनको हानीको सम्भावना उच्च हुने गर्दछ। अफगानिस्तान भूकम्पीय दृष्टिले संवेदनशील क्षेत्र हो ।

हिन्दु कुशहिम शृंखला भौगोलिक रूपमा सक्रिय भएकाले प्रत्येकवर्ष शक्तिशाली भूकम्पहरू जाने गरेको अन्तर्राष्ट्रिय रेडक्रसले जनाएको छ।अफगानिस्तान भारतीय र युरेसियन प्लेटबीचको मुख्य भूकम्पीय धर्कामा रहेको छ भने हेरात हुँदै प्रमुख भ्रंश रेखा गुज्रिएको छ।

106 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न

२०८३ श्रावण १८ गते, सोमबार

गीति एल्बम ‘जागृति’ लोकार्पण

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal