सविन श्रेष्ठको ‘मनका कुरा’ सार्वजनिक

२०८२ भाद्र १६ गते, सोमबार

काठमाडौं । गायक सविन श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । सविनले ‘मनका कुरा’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

सविनकै शब्द, संगीत र स्वर रहेको गीतमा खुसी खोज्दाखोज्दै हरेस खाएको प्रेमीको कथा छ । माया पाउन संघर्ष गर्दागर्दै थाकेको प्रेमीको कथालाई गीतले समेटेको छ ।

एक्लिएको जिन्दगीमा मनको बह पोख्ने मानिस पनि नहुँदा उदासिएको प्रेमीको कथा भन्ने गीतले आफ्नो आँखैअगाडि उजाडिएको प्रेमको कुरा छ । प्रेम र धोकाको वरिपरि गीत घुमेको छ । सविन प्रायः बिछोडिएको प्रेमको वरिपरि रहेका गीत लेख्ने र गाउँने गर्छन् ।

गीतमा मिक्सिङ तथा मास्टरिङ गोपाल रसाइलिले गरेका छन् । गीतको भिडियो पनि निर्माण गरिएको छ । भिडियोमा सुजन जिम्बा र दिप्शा कार्कीको अभिनय छ ।

संकल्प भुजेलले खिचेको भिडियो सम्पादन भुपेन्द्र अधिकारीले गरेका छन् । भिडियो निर्देशन दिमेश श्रेष्ठले गरेका छन् । भिडियो कन्सेप्ट पनि निर्देशक स्वयंको रहेको छ ।

154 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal