चलचित्र संघ बागमतीले ग¥यो विश्वकिर्तीमानीदेखि अन्तर्राष्ट्रिय पदक विजेतासम्मलाई सम्मान

२०८२ श्रावण १२ गते, सोमबार

काठमाडौ । तामाङ चलचित्र संघ बागमती प्रदेशको चौथो वार्षिक साधारणसभा, स्रष्टा सम्मान, अभियान चलचित्र प्रदर्शन साथै वृहत् साँस्कृतिक कार्यक्रम २०८२ को अवसरमा गिनिज बुक वल्ड रेकर्ड विश्व किर्तिमानीदेखि विश्वकप कराँते पदक विजेता खेलाडी सम्मलाई सम्मान गरेका छन् ।

कार्यक्रम संयोजक साथै सञ्चालकका रुपमा संस्थाका महासचिव करण तामाङ र कार्यक्रम सभाध्यक्षमा संस्थाका बागमती प्रदेश अध्यक्ष नायक दावा फिन्जो तामाङ रहेका थिए भने प्रमुख अतिथिका रुपमा लिशङखुपाखर गाउपालिका अध्यक्ष राजु लामाले सम्बोधन गर्नु भएको थियोे । चलचित्र विकास बोर्ड चाबहिल काठमाडौमा शनिबार सम्पन्न भएको कार्यक्रममा दर्शक साथै शुभचिन्तकहरुको बाग्लो उपस्थिति रहेको थियोे । हलको सिट क्षमता भन्दा झण्डै दोब्बर संख्यामा उपस्थिति देखिएको हो ।

स्रष्टा सम्मानका रुपमा चलचित्रकर्मीहरुलाई सम्मान गरेका थिए भने विशेष व्यक्तित्व सम्मानका रुपमा गिनिज बुक अफ वल्ड रेकर्ड एवम् विश्व कीर्तिमानी र सगरमाथा आरोहश्र साथै डान्सिङ स्टार नेपाल बिजेता प्रसिद्ध कलाकार छिरिङ शेर्पा, विभिन्न देशमा सम्पन्न विश्व कराँते च्याम्पियनसिप, अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिप दर्जनौ प्रतियोगिताहरुमा स्वर्ण पदक बिजेता नुवाकोटकि खेलाडी पुष्पका लामा, बरिस्ठ भाषा विद तथा तामाङ संस्कृति विद अजीतमान तामाङ, बरिस्ठ समाजसेवी प्रताप सिङ लामा, बौद्ध परम्परा र धर्म लामा गुरु शेरब लामा, प्रमुख अतिथि राजु लामा, सगरमाथा आरोही पार्वती जोशी लगायतलाई विशेष व्यक्तित्व सम्मान गरेका थिए । स्रष्टा सम्मानका रुपमा सुप्रसिद्ध चलचित्र कलाकार बुद्धि तामाङ, तामाङ चलचित्र निर्देशक दिपक तामाङ, कलाकार आसमान तामाङ, चलचित्र कलाकार राजकुमार तामाङ, चलचित्र निर्देशक लखमान योञ्जान लगायतका कलाकर्मीहरुलाई विभिन्न शिर्षकका सम्मानहरुबाट सम्मान गरेका थिए । करिब १५० जना भन्दा बढी अतिथिहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियोे । ह्याङ्ला रिमठिम तामाङ डम्फु संघको टिमले डम्फु नाच सहित अतिथिहरुको सत्कार स्वागत गरेको थियो । कार्यक्रम सफलताको कामना र समर्थनको लागि उपस्थित रहेका सम्पुर्णलाई कार्यक्रमका अध्यक्ष दावा फिन्जो तामाङ र कार्यक्रम संयोजक करण तामाङले धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा बाग्लो उपस्थिति देख्दा कार्यक्रम सोचेको भन्दा उत्कृष्टताका साथ सम्पन्न भएको आयोजक समुहले दावी गरेका छन् । कार्यक्रम उद्घाटन गरेसँगै अभियान चलचित्र प्रदर्शन गरेका थिए । कार्यक्रम सञ्चालन संयोजक एवम् महासचिव करण तामाङले प्रभावशाली तवरमा गरेका थिए भने स्वागत मन्तव्य कलाकार राजकुमार तामाङले राखेका थिए । भेन्यु पार्टनरका रुपमा चलचित्र विकास बोर्ड रहेको थियोे भने डिजाइन पार्टनरका रुपमा करण ड्रिम्श फाउन्डेसन रहेका थिए । सहयोगी कम्पनी तथा संस्थानहरुमा मेईटु मेन्टस् कम्पनी, मन खुसी फाउन्डेसन बागमती प्रदेश, श्यामु फेन्सी स्टोर स्वयाम्भु, क्लेथिङ ईन नेपाल बनस्थलि, थ्रि ब्रदर्स डेकोर भक्तपुर, ओलिभ प्रेस बागबजार लगायत रहेको बताइएको छ ।

तामाङ चलचित्र संघकै इतिहासमा कार्यक्रम उत्कृष्ट रुपमा आयोजना र सम्पन्न भएको कुरा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि राजु लामाले बताउनु भएको थियोे ।

207 Views

ताजा

पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह

२०८३ बैशाख ११ गते, शुक्रबार

पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह

२०८३ बैशाख ११ गते, शुक्रबार

आज देशभर बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११ गते, शुक्रबार

खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा  

२०८३ बैशाख ११ गते, शुक्रबार

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०८३ बैशाख ६ गते, आईतवार

बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

२०८३ बैशाख ६ गते, आईतवार

ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया

२०८३ बैशाख ६ गते, आईतवार

संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान

२०८३ बैशाख ६ गते, आईतवार

‘जीवन रहरमै’ बजारमा

२०८२ चैत्र ३० गते, सोमबार

खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”

२०८२ चैत्र ३० गते, सोमबार

दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)

२०८२ चैत्र ३० गते, सोमबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal