संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै , हट्ला त अवरोध ?

२०८२ जेष्ठ २३ गते, शुक्रबार

काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको छ ।

आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२÷८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने तयारी छ ।

यस्तै, राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने छ । सो बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा मागेर विपक्षी दलहरुले अवरुद्ध गर्दै आएको छ ।

113 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

२०८३ श्रावण ११ गते, सोमबार

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

२०८३ श्रावण ११ गते, सोमबार

झडप र तनावपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु

२०८३ श्रावण ११ गते, सोमबार

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक

२०८३ श्रावण ११ गते, सोमबार

मःमभित्र कपाल, कारवाही होला त ?

२०८३ श्रावण ११ गते, सोमबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal