ज्ञानेन्द्रले हैसियत भुलेको मन्त्री गुरुङको टिप्पणी

२०८१ फाल्गुन २३ गते, शुक्रबार

काठमाडौं । सूचना, सञ्चार तथा प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्रले आफ्नो हैसियत भुलेर हर्कत गरिरहेको टिप्पणी गरेका छन् । आज मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेपश्चात सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले फेरि सत्तामा फर्कन्छु भन्दै पूर्वराजा ज्ञानेन्द्रले हैसियत भुलेर हर्कत गरिरहेको बताएका हुन् । ‘म फेरि फर्कन्छु भनेर जुन खालको हर्कत भइरहेको छ, यो उसले आफ्नो हैसियत भुलेको हो,’– मन्त्री गुरुङले भने ।

साथै, आफ्नो परिवार, आफ्नो ज्यान, दरबार र राजतन्त्रको रक्षा गर्न नसक्ने राजसंस्थाले देशको रक्षा गर्न सक्छ भन्ने कुरामा विश्वास गर्न नसकिने उनले बताए । मन्त्री गुरुङले अब एउटा कूलमा जन्मिएकै कारण मुलुकको तीन करोड जनताको सबैभन्दा श्रेष्ठ ठहरिएर शासन गर्न नपाइने बताए । ‘राजावादी मच्चिँदै हिँड्दैमा राजा फर्किन्छजस्तो लाग्दैन,’– उनले भने ।

114 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal