संविधान र सिस्टममाथि घात हुन्छ कि भन्ने मात्र चिन्ता छः प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री छाड्नुपर्दाको पीडामा आफू नरहेको बताएका छन् ।
आफू सरकारबाट हट्दा संविधान र सिस्टममाथि घात हुन्छ कि भन्ने चिन्ता रहेको उनले बताए । नेपाल राष्ट्रिय प्राध्यापक संघका पूर्वसंयोजक अखिलेश्वर दासको स्मृतिमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले प्रधानमन्त्री छाडेपछि आफू झन् रिल्याक्स मुडमा रहेको बताएका हुन् ।
‘प्रचण्डलाई सरकार छाडेको पीडा छैन । प्रधानमन्त्री हुँदाभन्दा झन् कम्फरटेबल फील गरेको छु । रिल्याक्स छु । जनतासँग गइरहेको छु,’ उनले भने, ‘संविधान र सिस्टममाथि घात हुन्छ कि भन्ने मात्र चिन्ता छ ।’
प्रचण्डले विगतको इतिहासबाट आफूले पाठ सिकेको बताए । ‘म कतै चिप्ला कुरामा चिप्लिएँ । देशको राजनीति जटिल भयो भन्ने महसुस भएको छ । इतिहासले जसलाई मिल्नु भनेको छ, उनीहरूसँग मिल्नुपर्छ भन्ने आवश्यकता बोध भएको छ ।’
उनले विगतको जस्तै संविधान मिच्ने र संसद् विघटन गर्ने कसरत सफल हुन नपाओस् र देशलाई फेरि प्रतिगमनतिर लैजाने कसरत सफल नहोस् भनेर परिवर्तन पक्षधरहरू एकजुट हुनुपर्ने बताए ।
ताजा
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





