जीवनका एकपटक पुग्नै पर्ने गनत्ब्य हो लाङटाङ

२०८१ कार्तिक २९ गते, बिहीबार

हुन्त पैदल हिँड्नु भनेको आफैंले आफैंलाई चिन्नु पनि हो । आफ्नै देश, संस्कृति, रहनसहन र भूगोल हेर्न, बुझ्नु पनि भएकोले असहजताको बिचमा पनि पदयात्रको लागि जान तयार भए ।
बिजुली बत्ती छैन, सोलारको धिपिधिपी उज्यालोमा बस्न परेको छ । स्याफ्रुबाट यत्ति नजिक पनि सञ्चार सुविधा टेलिफोन सेवा छैन ।टावरै देखाउँदैन, डाटा चल्दैन । मोबाइल चार्ज गर्न कठिन छ ।

लाङटाङ पुग्नु अघि म त बेस्सरी थाकें, हिड्नै गा्रहो हुन थाल्यौ पदयात्रा छोडेर फर्कियौ कि जस्तो पनि लाग्यो । मलाई चिसोले समातेको रहेछ । बाटामा भेटीएका यात्रीले टोपी लाउन, लुगा थप्न सल्लाह दिए । मैले चिसिएको जिउमा लुगा थपेँ, ज्याकेट लाएँ । त्सपछि अलि आरामको महसुस भयो ।
बिष्णु गिरी ‘निश्चल’
काठमाडौ । केही दिनको लामो बिदा भयो की पदयात्रामा निस्कीहाल्ने हाम्रो टिमको बानी थियो बिश्व हेर्न नपाएपनि आफ्नो देश त घुम्नै पर्छ भन्ने सोच सानैदेखि थियो । हुन् त बिश्वका एक दर्जन बढी देशको भ्रमण गरेको छु तर शहरीक्षेत्रमा मात्रै । आफ्नै देशको मनाङ्ग मुस्ताङ्ग घुमेपछि भने मलाई कम्तीमा बर्षको एकपटक आफ्नै देशको नयाँ ठाउँ घुम्ने हुटहुटि लाग्थ्यो त्यसैले लामो बिदा या चार्डबर्वको समयममा कतै घुमौ भन्ने योजना मनमनै बनाउँदै थिए । तिहारको टिका सकिएसँग घरमा एक्लै बसिरहको थिए बिबेक भान्जाको फोन आयो मामा लाङटाङ पदयात्रामा जाने । मैले नजाने केही तयारी छैन भने भान्जाले केही तयारी चाहिदैन जुत्ता लुगा भएभईहाल्छ भने मैले जुत्ता छैन भनेपछि अहिले पदयात्रालाई लक्ष्क्षीत गरेर गोल्डस्टार कम्पनीले नयाँ जुत्ता बजारमा ल्याएको छ सस्तो पनि छ त्यो भए हुन्छ भने राती अबेर भईसकेको थियो । गोल्डस्टारको सोरुममा फोन गरियो खुल्ला रहेछ त्यसपछि रु २३००मा जुत्ता किनेर इसेवा मार्फत रसुवाको स्mयापुबेसी सम्मको बस टिकट काटर कार्तिक १९ गते बिहान लाङटाङ पदयात्रामा जाने कुरा भयो । घरमा कसैलाई भनेको थिइन घरबाट सजिलै अनुमति पाएपछि अरु के नै चाहियो र ।

विश्व पर्यटन बजारमा लाङटाङ क्षेत्रले बेग्लै पहिचान बनाएको छ । नेपालको पदयात्रा मार्गमा यो तेस्रो पदयात्रा गन्तव्यका रूपमा चिनिएको छ । रसुवा, नुवाकोट र सिन्धुपाल्चोक तीन जिल्लामा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्ज २०३२ सालमा स्थापना गरिएको हो ।१,७१० वर्ग किमि क्षेत्रमा फैलिएको छ भने ४१० वर्ग किलोमिटर मध्यवर्ती क्षेत्रमा समेटिएको छ । ४६ प्रजातिका स्तनधारी, ३ सय १५ प्रजातिका चरा, ११ प्रजातिका घस्रिने जनावर, ३० प्रजातिका माछा, १० प्रजातिका माकुरा र ५८ प्रजातिका पुतलीलगायत हजारभन्दा बढी प्रजातिका वनस्पति पाइन्छ । विश्वमै दुर्लभ रेडपाण्डा, हिमचितुवा, बँदेल, हिमालयन कालो भालु, घोरल, लंगुर, आसामी बाँदर, सेता बाँदर, झारल, घोरल, कस्तुरी मृगलगायत वन्यजन्तु पाइन्छन् त्यसकारण पनि ति सबैको अवलोकलन वन्यजन्तु र वातावरणबारे जानकारी पाउने उदेश्यले मन प्रफुल्ति भएको थियो ।

हुन्त पैदल हिँड्नु भनेको आफैंले आफैंलाई चिन्नु पनि हो । आफ्नै देश, संस्कृति, रहनसहन र भूगोल हेर्न, बुझ्न बिबेक भान्जा सहित हामी ४ जनाको टोली गाडी धादिङको गल्छी भएर अगाडि बढ्यौ । यात्राको क्रममा बाटो कतै ढलान, कतै कच्ची, कतै पक्की । तन मन सिरिङ्ग हुने बाटो । काठमाडौंबाट हिँडेको करिब ६ घण्टामा धुन्चे ९१९६० मि० पुग्यौं । धुन्चेबाट करिब सवा घन्टामा हामी स्याफ्रुबेंसी ९१५०३ मि० पुग्यौं । पानि परिरहेकोले प्लास्टीकको छाता ओडेर स्याफ्रुबेशीमा डुनट र चिया खाएर हिड्यौ बाटोमा लाङटाङ खोला जलबिधुत आयोजना ले २० मेगाबाटको बिद्युतको लागि बाटो बनाएको रहेछ मोटरबाटो भएपनि मोटरचाहि नचन्लने आयोजनाका गाडिहरु मात्र चल्ने रहेछन् बास बस्न हामीलाई ‘ब्याम्वो’ पुग्नु थियो, त्यसैले स्याफ्रुबेंसीमा कत्ति पनि अलमल गरेनौं । भोटेकोशीमाथिको झोलुङ्गे पुल र लाङटाङ खोलाको पुल तरेर अगाडि बढ्यौं ।

लाङटाङ खोलासँगै बाटो हिँड्छ, बाटोसँगै खोला, हामी उसैलाई पछ्याउँदै, उसकै संगीत सुन्दै हिँड्छौं। बुद्धमन्त्र लेखिएका लुङता फहराइरहेको पहिरो भन्ने ठाउँमा पुग्यौं । पहिरोमा जाँदा–आउँदा पदयात्रीहरू तथा सहयोगीहरू सुस्ताउने र चिया खाजा खाना खाने ठाउँ रहेछ । हाइड्रोपावर कटेपछि होटलका आँगन हुँदै हामी चरक्क चर्केको घामसँगै सुनका धर्काधर्की र चाँदीले लेपन गरेका बाटाभरिका ढुंगामा आफ्ना पैताला राख्दै वनैवनको बाटो ब्याम्बो ९१९७० मि० पुग्यौं यो क्षेत्र रेड पाण्डाको बासस्थान पनि रहेछ ।यहाँ तीन वटा होटल थिए शेर्पा, ब्याम्बो र टिवेटन। हामी टिवेटन र बितायौ यही होटलमा खाना र बाँस बस्यौ प्रतिब्यत्ति १५०० तिरयौ । बिजुली बत्ती छैन, सोलारको धिपिधिपी उज्यालोमा बस्न परेको छ । स्याफ्रुबाट यत्ति नजिक पनि सञ्चार सुविधा टेलिफोन सेवा छैन । टावरै देखाउँदैन, डाटा चल्दैन । मोबाइल चार्ज गर्न कठिन छ । तै होटलको साहुजीलाई अनुरोध गरेर वाइफाइ चाहिँ चलाउने सुविधा एकछिन पाएर घरपरिवारसँग कुराकानी भयो । राम्चे ९२२२३ मिटर० भीरको एउटा ढुङ्गामा टाँगिएको फोटो देखेर हाम्रा हिँडाइ टक्क रोकियौ फोटोले २०७२ सालको महाभूकम्पको त्रासदी सम्झायो । लाङटाङ पदयात्रामा निस्केका इजरायली युवाको भूकम्पसँगै ओइरिएको पहिरोमा ढुङ्गाले किचेर यहीँ मृत्यु भएको रहेछ । उनकै सम्झनामा सो फोटो राखिएको रहेछ । ठाउँठाउँमा भेट्टाइने पहेंलपुर ऐंसलुको स्वाद लिँदै अघि बढ्छौ । दुइटा डाँडाका बीचमा अलिकति आफ्नो अनुहार देखाएर मुसुक्क हाँसेको ‘चदाङ पिक’ देख्दा रमायौ । झण्डै ३ घण्टाको हिडाईपछि हामी ब्याम्बोबाट लामा होटल ९२४१०मि० पुग्यौं। यहाँ १०÷१२ वटा होटल रहेछन् । पहिले लामा भन्ने व्यक्तिले यता चौंरी पालेर खर्क बनाएर होटल चलाएकाले यस ठाउँलाई उनकै सम्झनामा ‘लामा होटल’ भनिएको रहेछ । त्यसबाट पनि हामी अगाठि बढ्यौ रिभर साइड ९२७६९ मि० पुगेर खाना खायौ ।

अघाएको पेट बोकेर हिँड्दाँ हामी घोडा तवेला पुगियो केही समय आराम गरेपछि हामी अगाडि बढ्यौ झोलामा दिदीले हालीदिएको भाईमसला खादै हाम्रो यात्रा अगाढि बढ्यौ । ठाडै उकालो आयो, गलेको जिउलाई झन् गलायो । उकाली ओराली गर्दै थाङसाप भिलेज ९ ३२०० मि० पुग्यौं। यहाँ २÷३ वटा होटल रहेछन् । हामी टिब्बत होटलमा बास बस्यौ । भोलीपल्टको ब्रेकफास्टपछि फेरी हाम्रो यात्रा निरन्तर अगाडि बढ्यो । चिसो सिरेटो चल्न सुरू ग¥यो । लाङटाङ पुग्नु अघि म त बेस्सरी थाकें, हिड्नै गा्रहो हुन थाल्यौ पदयत्रा छोडेर फर्कियौ कि जस्तो पनि लाग्यो । मलाई चिसोले समातेको रहेछ । डाँडामा रहेको होटलवालाले टोपी लाउन, लुगा थप्न सल्लाह दिए । मैले चिसिएको जिउमा लुगा थपेँ, ज्याकेट लाएँ । त्सपछि अलि आरामको महसुस भयो । त्यहीबेला ‘इनर्जी जुस पनि खाए एक गिलास जुसको ३ सय रुपैँयाका पर्दोरहेछ । लाङटाङ पुग्नु अघिको एउटा बस्ती ढुङ्गै ढुङ्गाले पुरिएको रहेछ २०७२ सालको भुकम्पको क्षती रहेछ त्यो । भूकम्पसँगै आएको ठूलो हिउँ पहिरोले सिजनको बेला भएकाले धेरै जनधनको नोक्सानी भएको रहेछ । लामो यात्रापछि लाङटाङ भिलेज ९३४७५ मि०पुग्यौ ।

विशेष खालको फलामे चिम्नी चुल्होमा दाउरा हालेर आगो सल्काएपछि कोठा रनक्क तात्यो। त्यसकै वरिपरि बसेर तातो भात खायौं । तरकारी भने जुन होटलमा पनि आलुकै पाइने वन साग अलिअलि मिसाएको र स्कुसको तरकारी मात्रै पाईने । सबै होटलमा सुकेको याक चौंरीको मासु मात्र पाइने रहेछ ।
यात्रामा भेटिएका सबैले बोन पो धर्म मान्ने यताकाले आफ्नो डाइनिङ हलको एउटा छेउमा बुद्धधर्म अनुसारको मन्दिर स्थापना गरेका हुँदा रहेछन । सबै ठाउँमा दलाई लामाको फोटो पनि देखिन्थे । क्यानजिन गुम्पा ९३८५० मि।० तिर निरन्तर अगाडि बढ्यौ । खुटा दुखेर हिड्न नसक्ने अवस्था थियो तथापी बिस्तारै यात्रालाई निरन्तरता दिईरहयौ । बाटामा पानीबाट चलाइएको माने, छोर्तेन, लुङदार र साना गुम्बा देख्दा मनै आनन्दीत भयो । ढुङ्गैढुङ्गाको अजङ्गका भिराला पहाड, ढुङ्गाकै लामा लामा छोर्तेनहरू, ढुङ्गै छापेका बाटाहरू, ढुङ्गैले ठडिएका घर र गुम्बाहरू र बाटाभरि फुलेका फूलहरूले हाम्रो प्रफुल्लित थियो । लाङटाङ र क्यानजिनको बीचमा पर्ने दुई वटा मुन्दुम ९३२१३ मि० र सिन्दुम ९३५५५ मि० लुङता फहराइ रहेका भ्याली काटेर सानो उकालो चढ्ने बित्तिकै क्यानजिनका होटलहरू र छेउका चौंरी खर्क छयाङ्ग देखिए । क्यानजिन रि ९४३५०० चढ्न तयारी थियो तर मलाई सन्चो नभएर मैले चाहि चढिन् । यसरी लाङटाङको यात्रा सफलता पूर्व पुरा गरी क्यानजिनबाट हामी एकै दिनमा स्याफ्रुबेसी पुग्न सक्दैन्थ्यौं । बीचमा कहीँ न कहीँ बास बस्नै पर्ने थियो । हिजो अस्ति हिँडेका बाटाहरूसँग फेरि पिरति गास्दै लामा होटलमै बास बसियो ।

लामा होटलबाट हिँडेर बाटा, जङ्गल र लाङटाङ खोलासँग अन्तरङ्ग गर्दै स्याफ्रुबेंसी आइपुग्यौँ । स्याफ्रु बजार घुम्यौँ । अविस्मरणीय लाङटाङ, क्यानजिन भ्याली र क्यानजिन रिको सम्झना बोकेर आठौ दिनको दिन काठमाडौ आई पुग्यौ । लाङटाङ पदयात्रामा बाटाभरी कहिले इजरायली, कहिले क्यानेडियन, न्युजिल्याण्डवासी, जापानी, भारतीय र इन्डोनेसियन, अझ बढी त इटालियन, कोरियान कोही एकल, कोही जोडी, कोही गाइड र सहयोगीका हिडीरहेका भेटिन्थे । म सबैजसोलाई दुई हात जोडेर नमस्ते भन्थें। मुसुक्क हाँसेर उनीहरू पनि नमस्ते भन्थे। दुःख त भयो, गाह्रो त भयो तर घरै बसेको भए यो भूस्वर्ग, यो हिमाली जनजीवन, यहाँको संस्कृति, यहाँको भू–बनोट, कहाँ देखिनु र कहा भोग्न पाउनु बाटो सम्झीदा कष्टकर लागेपनि यात्राको क्रममा नयाँ कुरा देख्न भोग्न र सिक्न पाउने हुनाले यात्रा सकिने बितिकै मान्छेले आन्नदको अनुभूति गर्छ जीवनमा एकपटक यात्रा गर्ने पर्ने गन्तब्य हो लाङटाङ ।

71 Views

ताजा

चलचित्र ‘माया भनेकै यस्तो होला’ दिल श्रेष्ठका साथ तीन पूर्व मिस नेपालहरू

२०८२ फाल्गुन ६ गते, बुधबार

चलचित्र ‘माया भनेकै यस्तो होला’ दिल श्रेष्ठका साथ तीन पूर्व मिस नेपालहरू

२०८२ फाल्गुन ६ गते, बुधबार

वैशाख १४ गतेदेखि कक्षा १२ को परीक्षा

२०८२ फाल्गुन ६ गते, बुधबार

बृद्ध पैदलयात्रीलाई सडकमै मुक्का हान्ने कार चालक पारस सात दिन हिरासतमै रहने

२०८२ फाल्गुन ६ गते, बुधबार

टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु, बनेपामा तनाव

२०८२ फाल्गुन ६ गते, बुधबार

फेरि पक्राउ परे दुर्गा प्रसाईं

२०८२ फाल्गुन ५ गते, मंगलवार

नेकपाका काठमाडौं–७ का उम्मेदवार पूर्वमन्त्री मानन्धर भन्छन् ‘प्रदेशमा हुँदा जति काम गरें त्योभन्दा बढी गरेर देखाउँछु’

२०८२ फाल्गुन ५ गते, मंगलवार

बैककमा भएको अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालको उत्कृष्ट प्रदर्शन

२०८२ फाल्गुन ५ गते, मंगलवार

दुई पटक निर्वाचन जितेर मन्त्री भएका उप्रेती नै सर्लाही–३ मा एमालेको उम्मेदवार

२०८२ फाल्गुन ४ गते, सोमबार

निर्वाचन आउन १७ दिन बाँकीः आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

२०८२ फाल्गुन ४ गते, सोमबार

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

२०८२ फाल्गुन ४ गते, सोमबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal