एक बिर्को सोमरसले पु¥यायो उपल्लो मुस्ताङ्ग
विष्णु गिरी “निश्चल”
सिङ्गो पहाड नै मन्दिर, गुम्बा, चर्च र मस्जिद बनेर आसानसँग मिलेर बसेका छन् प्रकृतिले त कुनै धर्म, जातजाती, लिङ्ग र वर्ग बीच भेदभाव र विभेद गरेको छैन । उपल्लो मुस्ताङ्गमा दैनिक तीन देखि चार हजार खर्च गर्दा बस्न सकिने रहेछ । त्यहाँका स्थानीयले स्थानीय भाषा र पोषकको संरक्षण, एकिकृत बस्ती, सामुहिकतामा बिश्वास गरेको देख्दा मनै आन्दीत भयो ।
मैदानको बीचमा नेपाल र चीनको सीमा क्षेत्र छुट्याउने नेपालको तर्फको २०१९ मा निर्मित २४ नम्बरको एक्लो टिठलाग्दो फुच्चे सीमा स्तभ्म मात्र थियो । नेपाल तर्फको दशगजा क्षेत्र खुल्ला छ भने चीनको क्षेत्र भने तार बारले घेरिएकोले प्रवेश बन्द गरिएको छ । चीनभित्र लोभलाग्दो पूर्वाधारहरू जस्तै सीमा सुरक्षा बल, भन्सार, अध्यागमन कार्यालय र कर्मचारी आवाश भवनहरू थिए भने नेपाल तर्फ खुल्ला थियो । सुरक्षाको लागि दुई जना ससस्त्र प्रहरी बाहेक अरु केही देखिएन ।
त्यति धेरै गाडी चल्दासमेत पर्यटकहरु १० बर्षदेखी ९० बर्षसम्मका पर्यटकहरु पैदल यात्रा गरीरहे, लौरो र गाईडको सहारामा हिडीरहेको देख्दा मन रोमाञ्चित भयो । पृथक र मनमोहक दृष्य, जता फर्केपनी देखिने हिमाल, तालतलैया, हिमाली जिवनशैली, गुफा, गुम्बा मुस्ताङको आकर्षण हो ।

मुक्तिनाथको स्पर्स गरेपछि हामी मुस्ताङ्ग जिल्ला घरपझोङ्ग गाउँपालिकामा बितिय साक्षरता सम्बन्धी कार्याक्रममा सहभागित जनाईयो । स्थानीय बिधालय गाउँपालिकाका कर्मचारी गाउपालिकाका उपप्रमुख वडा अध्यक्षहरु लगायतको ४० जना जतिको सहभागितामा भएको कार्यक्रममा मैले पनि आफ्नो प्रस्तुति दिए । राकेस श्रीस् प्रदिप कडेलले पनि प्रस्तुति दिनुभयो भने पछाडि बसेर हाम्रो हरेक कार्यलाई सफल बनाउन होम थापाको लोभलाग्दो सक्रियता थियो । जुन कार्यक्रमको संयोजन गाउपालिकामा कार्यरत मित्र राजन कडेल र आशिष भण्डारीले गर्नु भएको थियो । कार्यक्रम सफल भएपछि हामीले सँगै खाना खायौ र उपल्लो मुस्ताङ कोरला नाका जाने योजना बन्यो ।
कार्यक्रमको थकान सँग हामीले सोमरस पनि पियौ । गाउँपालिकाका साथीहरुसाथमा उपल्लो मुस्ताङको यात्रा तय गरियो चार जनाको काठमाडौको यात्रा जोमसोमबाट ३ जना थप गरि ७ जनाको टोली बेलुका ५ बजेतिर उपल्लो मुस्ताको लागि हिड्यिो । मित्र आषिस भण्डारीले दिएको जानकारी अनुसार काली गण्डकी करिडोर ९राष्ट्रिय गौरबको आयोजना० बन्ने तयारीमा छ । उपल्लो मुस्ताङ्ग जानलाई बिदेशीलाई अनुमति लिनु पर्छ र त्यसको लागि शुल्क समेत तिर्नु पर्छ तर नेपालीलाई भने निःशुल्क यात्रा गर्न मिल्छ ।
लोमान्थाङ्ग हाम्रो लागि नितान्त नयाँ गन्तव्य थियो । बुच्काबुच्की, भीर, डाँडा, पाखा, नदीनालाका दुश्य र परिदृश्यहरू हाम्रो लागि सबै नयाँ । त्यसैले, जतिसक्दो त्यहाँको मन र माटो छाम्दै खोतल्दै यात्रालाई जीवन्त र परिपक्व बनाउनु थियो । काग खोला तरेपछि अगाडि राँकियो गाडी । पहाडहरू खण्डहर मरुभूमिजस्तो देखिन्थे । कालीगण्डकी पारि पश्चिम किनारामा दुईवटा पहाडहरूको फेदीमा अवस्थित थियो एक सानो, अति सुन्दर र हरियालीले ढकमक्क तिरी गाउँ । तिरी गाउँमा खेतीपाती गरिने गराहरू विभिन्न पुस्ताका फलफूलका रुखहरूले ढकमक्क देखिन्थ्यो । त्यसपछि हामी पहाडी मरुभूमिभित्र प्रकृतिले कुँदेका रङ्गीबिरङ्गी चित्रहरू खोतल्न अगाडि बढ्दै गयौँ । कालीगण्डकीले बगरको बिस्कुन सुकाइरहेकी थिईन् । पहाड होचिँदै थिए । प्राकृतिक दृश्यहरू हरियालीविहीन भए तापनि शव्दले बयान गर्नै नसकिने अति नै सुन्दर देखिन्थे । बादल पनि डाँडाको चुचुरो भागतिर टाँसिएर हिउँजस्तै देखिने । सीधा अगाडि बढ्दै थियौँ, एउटा पहाड ठ्याक्कै इजिप्टको पिरामिडजस्तै सुन्दर आकृति र शैलीमा ठिङ्ग अगाडि उभिएको दृश्यले मनै घुमाइदियो भीर, पाखा तथा पखेरामा बुच्काबुच्की बिरुवाहरू, ढुङ्गा माटो बाहेक केही थिएन त्यहाँ । पहाडहरूमा हावा र हल्का वर्षादले निरन्तर कुँदिरहेको अलौकिक र अद्भूदको चित्रकला भन्दा कम थिएनन् प्राकृतिक पहाडमा आफै कुदिएका आकृतिहरु ।। हिन्दु भएर हेर्दा देखिन्थे अनगिन्ती मन्दिर तथा मूर्तिहरूका आकृति हनुमान, राम, सिता, रावण यता बुद्ध बनेर हेर्दा त्यहाँ प्रशस्त बुद्धका गुम्बा, छोर्तेन, मानेपेमे, ध्वजापताका र झण्डाहरू देखिन्थे । जति अगाडि बढ्यो, त्यति जादूमयी पहाडी श्रृङ्खलाहरूले मन तथा नयनका दुईवटा नानीलाई एकटकले तानेको थियो ।

छिनछिनमा मानिसको मन, सोँचाइ र हेराई बदल्दै । कतै देखिन्थ्यो सिङ्गो पहाड नै मन्दिर, गुम्बा, चर्च र मस्जिद बनेर आसानसँग मिलेर बसेका । लाग्दथ्यो, प्रकृतिले त कुनै धर्म, जातजाती, लिङ्ग र वर्ग बीच भेदभाव र विभेद गरेको छैन ।
यात्राको क्रममा कहिले दोहरी गाउँदै त कहिले रमाईलो कुराकानी गदै हाम्रो यात्रा अगाडि बढ्यो । मुस्ताङमै कार्यरत साथीहरु साथमा भएको र बहाँहरुले धेर्रै चोटी उपल्लो मुस्ताङको यात्रा गर्नु भएकोले हामीले कुनै कुराको असहजता भएन । जुन ठाउँ पुग्यो त्यसबो बर्णन बहाहरुले गरिहाल्नु हुन्थ्यो । मित्र आषिस भण्डारीले दिएको जानकारी अुनसार उपल्लो मुस्ताङ्गको बासिन्दाको मुख्य आम्दानी होटल ब्यबसाय पशुपालन तथा खेती नै रहेछ । उजाड पहाडमा पनि उवा फापर फल्दो रहेछ भण्डारीका अनुसार उपल्लो मुस्ताङ्गको होटलको लागि चाहिने सबै सामग्री पोखराबाट आउने रहेछ । हामी भिडियो फोटो खिच्दै स्वगको अनुभुति गदै गर्दा हामी छुसाङ्ग पुगियो, जुन कालीगण्डकी र नर्साङ्ग खोलाको संगम पनि थियो । कताकति डाँडाहरूमा हरियालीको जुँगारेखी देखिन थालेको थियो भने कतै त उही मरुभूमिजस्तै फुस्रा र नग्न स्वरुप । बाटोको देब्रेतिर पहाडको चुचुरातिर हिँउले बास जमाएकै थियो र पो देखिन्थ्यो सेताम्यै र सुन्दर रूपमा पहाडका टुप्पाहरू । हामी घ्याकर, समर, भेना, साङ्बोचे, घिलिङ्, जैते, घमी, चराङ्ग हुँदै लोमान्थाङ्ग पुग्यौँ ।
लोमानथाङ्ग एक अलौकिक सुन्दरता र पृथक भौगोलिकता भएको विशाल उपत्यकामित्र ठूलो पर्खालभित्र फैलिएको माटोको शहर रहेछ । जहाँ, कृषि कर्म गरिने, मानेपेमे, गुम्बा, गुफा, दरवार, प्रचिन संकृतिले अड्डा जमाएर बसेका रहेछन् । लोमानथाङ्ग एक अलौकिक सुन्दरता र पृथक भौगोलिकता भएको विशाल उपत्यकामित्र ठूलो पर्खालभित्र फैलिएको माटोको शहर रहेछ । जहाँ, कृषि कर्म गरिने, मानेपेमे, गुम्बा, गुफा, दरवार, प्रचिन संकृतिले अड्डा जमाएर बसेका रहेछन् । विश्वसम्पदामा सूचिकृत विशेष संरक्षित क्षेत्र रहेछ । यो साविकको लोमानथाङ्ग, छोसेर र छोन्हुप गाउँ विकास समितिहरू मिलाएर बनेको गाउँपालीका रहेछ । त्यसपछि हामी त्यहाँको पूर्व राजाको दरबार हेर्न गयौँ । चौधौँ सताव्दीमा तत्कालीन राजा आङ्देन साङ्वो विष्टको पालामा निर्माण गरिएको रहेछ । यो दरवारले करीब दुई रोपनी पाँच आना क्षेत्रफल ढाकेको रहेछ, जसमा पाँच तलामा गरी एक सय आठ कोठाहरू रहेछन् । अक्सिजनको कमीले स्वासप्रस्वासमा अप्ठ्यारो महशुस भयो । त्यसपछि, मैले अदुवा र लसुनको जोहो जोमसोमबाटै गरेको थिए । अदुवा र लसुन चुस्तै निरन्तर यात्रा अगाडि बढीरह्यो । स्थानीय खाना मुस्ताङ्गे आलुको तरकारी, दाल, अण्डा, टिम्मुरको छोप निकै स्वादीलो गियो । खाना पीरो र नुन चर्को पनि थिएन । खानापछि होटलवालासँग एकछिन कुराकानी गरियो । राती सुत्दा कोठाको सबै झ्याल र ढोकाहरू बन्द गर्दा अक्सिजनको अभावले स्वासप्रश्वासमा समस्या आउला भनेर झ्याल केही खुला राखेकोले खासै समस्या भएन ।
हाम्रो यात्रा निरन्तर आषिस भण्डारीले त्यहाँको बस्तु स्थतीको बारेमा जानकारी गराउदै गर्दा यात्रा रमाईलो बन्दै गयो । बेला बेलामा साथीहरुको जोक देशको राजनीतिक आर्थिक र सामाजिक कुराहरुले थप रोमान्चित बन्दै गयो । आषिस भण्डारीले यात्राको क्रममा उपल्लो मुस्ताङ्गमा दैनिक तीन देखि चार हजार खर्च गर्दा बस्न सकिने रहेछ । त्यहाँका स्थानीयले स्थानीय भाषा र पोषकको संरक्षण, एकिकृत बस्ती, सामुहिकतामा बिश्वास गरेका बताउँदा मनै आन्दीत भयो ।
त्यहाँबाट कोरला नाका ९नेपाल–चीन सीमा० तर्फ बिहान करीब ८ बजे प्रस्थान ग¥यौँ । लोमानथाङ्गबाट देब्रे र दाहिने गरी दुईवटा बाटोहरू रहेछन् । देब्रेतिरको बाटो अलि सहज र छोँटो भएकाले हरी दाई हामीलाई त्यहीको बाटाबाट यात्रा शुरु गरियो । पहाड तथा डाँडाहरू खरिखुण्ड नाङ्गो र कताकति काँडेदार बिरुवाका बुच्का बुच्कीहरूले ढाकेको थियो । मानव बस्ती वरिपरि भोटेपिपलकै बाहुल्यता थियो । तर मानव बस्ती पातलो थियो । अग्ला र नाङ्गा डाँडाहरूको कच्ची बाटोमा कहिले उकाली त कहिले ओराली, कहिले तेर्सो त कहिले नागवेली घुम्तिमा धुलो उडाउँदै अगाडि बढ्दै गयौँ । नेचुङ्ग पुग्यौँ जहाँ नेपालको भन्सार, क्वारेन्टिन, सशस्त्र प्रहरी बल, नेपाल बी।ओ।पी।को कार्यालय स्थापना भएको रहेछ । त्यहाबाट नाका पुग्न १४ किलोमिटर रहेछ । त्यती टाढा किन भन्सार कार्यालय रोखेको होला भन्नेर मनमा जिज्ञासा आयो ।
केहिछिनमा हामी उकालो उक्लँदै जाँदा च्याङ्ग्राका ठूलो हुल जमीनमा थुतुनो जोत्दै जीउने संघर्षमा चरिरहेको देख्यौँ निरन्तरको यात्रा पछि ४,६१० मिटरको उचाईमा अवस्थित नेपाल–चीन सीमामा पुग्यौ । यो क्षेत्र निकै नै फराकिलो, समथर, सुन्दर र रमणीय थियो । हावाको बहाव निकै नै तेज थियो । केही युवा युगलहरू सारा पीडा भुलेर टिकटक, अङ्कमाल र भिडियो बनाउन व्यस्त थिए भने कोही नेपाली झण्डा बोकेर फोटो खिच्न ब्यस्त थिए । मैदानको बीचमा नेपाल र चीनको सीमा क्षेत्र छुट्याउने नेपालको तर्फको प्रतिनिधित्व गर्दै वि।सं। २०१९ मा निर्मित २४ नम्बरको एक्लो टिठलाग्दो फुच्चे सीमा स्तभ्म मात्र थियो । नेपाल तर्फको दशगजा क्षेत्र खुल्ला छ भने चीनको क्षेत्र भने तार बारले घेरिएकोले प्रवेश बन्द गरिएको छ । चीनभित्र लोभलाग्दो पूर्वाधारहरू जस्तै सीमा सुरक्षा बल, भन्सार, अध्यागमन कार्यालय र कर्मचारी आवाश भवनहरू थिए भने नेपाल तर्फ खुल्ला थियो । सुरक्षाको लागि दुई जना ससस्त्र प्रहरी बाहेक अरु केही देखिएन । नेपालतर्फ भने पूर्वाधार विकासको लागि सीमामा कुनै कार्यको छनक नै पाइएन । नेपालतर्फ त झरी तथा हिँउ परेमा ओत लाग्ने न त एक कटेरो नै छ न त स्वास्थ्य, सुरक्षा तथा भोकप्यास मेटाउने कुनै ठाउँको व्यवस्था छ । चीनले एक दिनमा एक जना मात्र जान पाउने र गाडी लैजान नदिने नियम बनाएको छ । झोला र बोरामा अटाउने सामान ल्याउने सकिने रहेछ । कोरला घुम्न आउने पर्यटक र व्यापारीका लागि छोसेरका व्यवसायीले त्रिपालको अस्थायी टहरा बनाएर चिया तथा खाजा पसल सञ्चालन गरेका छन् । चिनियाँ बजारबाट स्थानीयवासीले दैनिक उपभोग्य, मदिरा, फर्निचर र कपडाजन्य सामान किनेर ल्याउने गरेका छन् । हाल चीनबाट आयात मात्र भएको छ । नेपाली सामान निर्यात हुन सकेको छैन । चीनतर्फ निर्मित भवनभित्र पसलहरु छन् ।
हाम्रो टोटीले फोटो खिच्यौ भिडियो बनायौ त्यहा ब्यारगरेर बसेका नाङ्गलो पसलेसँग कुराकानी गरयौ र चिनिया केही चक्लेट किनेर रमाईलो अनुभव संगाल्दै मनले विदा नदिँदा नदिँदै पनि एकछिनमा नै हाम्रो त्यहाँको बसाईलाई समाप्त गदै फेरी फकियौ । फकिने क्रममा हामी छेसर गुफा हेर्नको लागि नेचुङ्ग कटेपछि देब्रेतिरको अर्कै बाटो लाग्यौ र केही समयमानै छेसर गुफामा पुग्यौँ । गुफा त नितान्त फरक कलात्मक प्रकृतिको । गुफा पहाडभित्र खोपेर बनाइएको पाँच तलाको मजबुद, अलौलिक, अद्भूत र विचित्रको रहेछ । पाँचलताको गुफामा विशेषता भनेको भ¥याङ्ग बाहेक अन्य वनावट पूर्ण रूपमा पहाडकै भाग थियो । गेटमा घामको पार ताप्दै लमतन्न परेर सुतेका एक बृद्धले निगरानी राख्दा रहेछन् त्यो गुफा । हामी ७ जनाको लागि प्रति व्यक्ति रु। १०० का दरले टिकट लियौँ । पाँचै तलाका विभिन्न आकार प्रकारका होँचा र ध्वाँसे कोठाहरू निहुरिँदै घुम्यौ फोटो खिच्यौ । धेरैजसो कोठाहरू अन्धकार थिए, त्यसैले त्यहाँ हेर्नको लागि बत्ती बाल्न पर्ने । त्यसपछि हामी लोमान्थाङ्गतिर लाग्यौँ । कालीगण्डकीले बगरको बिस्कुन सुकाइरहेकी थिईन् । पहाड होचिँदै थिए । आकाश फराकिलो बन्दै थियो । बादलसँगै लाप्पा खेल्दै हाम्रो यात्रा निरन्तर चलिरहयो । हामीले जोमसोमबाट आएका साथीहरुलाई जोमसोममै छोडेर हामी म्यादीको तातोपानीमा बस्ने तयारीका साथ यात्रालाई निरन्तरता दियौ र साझ ७ बजे तिर म्यादीको तातोपानी पुग्यौ र नमस्ते गेष्ठ हाउसमा बस्यौ र बेलुका तातोपानीमा डुबुल्की मारयौ । यात्राको क्रममा मोटरसाईकलको यात्रा दुईदुई जना, कतिपय ठाउँमा सिंगल । त्यति धेरै गाडी चल्दासमेत पर्यटकहरु १० बर्षदेखी ९० बर्षसम्मका पर्यटकहरु पैदल यात्रा गरीरहे, लौरो र गाईडको सहारामा हिडीरहेको देख्दा मन रोमाञ्चित भयो । पृथक र मनमोहक दृष्य, जता फर्केपनी देखिने हिमाल, तालतलैया, हिमाली जिवनशैली, गुफा, गुम्बा मुस्ताङको आकर्षण हो ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





