पोखरामा डिष्ट्रिक्ट ३२५ जे को क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम सम्पन्न
पोखरा । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे ले क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम सम्पन्न गरेको छ । देशको पर्यटकीय राजधानी पोखरामा जेठ ४ देखि ६ गतेसम्म भएको कार्यक्रममा लायन वर्ष २०२४÷२५ का लागि विभिन्न पदमा मनोनित लायन्स लिडरहरुलाई उनीहरुको क्षमता विकासका लागि तालिम प्रदान गरिएको थियो । तालिममा पदीय जिम्मेवारी, भूमिका र त्यसलाई कसरी सम्पन्न गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिइएको थियो ।

लायन्स क्लबले नेपालमा समूहगत रुपमा निकै राम्रो काम गरेको भन्दै कार्यक्रममा उपस्थित संघिय संसदकी उपसभामुख इन्दिरा रानामगरले आफ्नो जीवन कहानी सबैलाई सुनाउँदै व्यवहारिक जीवनमा कस्ता उद्देश्यहरु लिनुपर्ने भन्ने बारेमा बताइन् । उनले डिष्ट्रिक्ट ३२५ जे ले महिला गभर्नर पाएकोमा खुशी व्यक्त गर्दै विश्वभरमा नम्बर एक भएर देखाउन इलेक्ट डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापालाई शुभकामना दिइन् ।
प्रशिक्षण कार्यक्रममा प्रमुख बक्ताका रुपमा उपस्थित पास्ट इन्टरनेसनल डाइरेक्टर लायन सञ्जय खेतानले गभर्नरको कार्यक्रम सफल बनाउन के गर्न सकिन्छ भन्ने जानकारी दिँदै मेम्बरसीप बृद्धि, नयाँ क्लब खोल्न तथा लायन्स क्लब्स इन्टरनेसनल फाउन्डेसनमा कोषवृद्धि गर्न उपस्थितलाई उत्प्रेरणा प्रदान गरे ।
इन्टरनेसन डाइरेक्टर लायन बाल कृष्ण बुर्लाकोटीले विश्वका लायन्सहरुको जानकारी दिँदै आगामी वर्षका लागि के कस्ता कामहरुमा प्रतिबद्ध हुने भन्ने बताए । एलसीआईएफका एरिया लिडर लायन राजन लम्सालले लायन्स इन्टरनेसनलबाट कुन कुन शिर्षकमा कसरी प्रोजेक्ट ल्याउन सकिन्छ भन्ने जानकारी दिए । जिएटी एरिया लिडर लायन खगेन्द्र सिटौलाले लक्ष्य प्राप्तीका लागि ग्लोबल एक्स टिमले गर्ने कार्यको बारेमा जानकारी दिए ।
लायन वर्ष २०२४÷२५ का लागि इलेक्ट डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापा र पास्ट डिष्ट्रिक्ट गभर्नर तथा जिईटी मल्टिपल कोअर्डिनेटर लायन ध्रुब थापाले आगामी वर्षका लागि डिष्ट्रिक्ट गभर्नरको थिम सेयरिङ ह्याप्पिनेस सार्वजनिक गर्दै आफूले ल्याएको विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी दिए ।
इलेक्ट डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाले आगामी लायन वर्षका लागि लायन विथ लोकल वुमेन, माई क्लब पर्मानेन्ट क्लब, न्यु क्लब एक्स्टेन्सन तथा मेम्बरसीप एक्स्टेन्सन जस्ता महत्वपूर्ण कार्यक्रम अघि ल्याएकी छन् । यसका साथमा जहाँ आवश्यकता त्यहाँ लायन्स भनेझैं स्वास्थ्य, वातावरण, महिला, बालबालिका, युवाहरुसँग सम्बन्धित विभिन्न प्रकारका सेवा कार्यहरुलाई तिव्रता दिन उनले आग्रह गरिन् । सेवाका हातहरु बढाउन नयाँ क्लब र पुराना क्लबमा पनि सदस्यता बृद्धि गर्न उनले जोड दिइन् ।
कार्यक्रममा जोन चेयरपर्सनहरुलाई लायन आईपिडीजी लायन ध्रुब श्रेष्ठले, रिजन चेयरपर्सनहरुलाई पिडिजी लायन योगेन्द्र प्रधानले, डिष्ट्रिक्ट चिफ, को चिफ, डिष्ट्रिक्ट अफिसर्स र डिष्ट्रिक्ट चेयरपर्सनहरुलाई पिडिजी लायन रुद्रहरी ज्ञवालीले, क्याबिनेट सेक्रेटरी, क्याबिनेट ट्रेजरर, एरिया चिफहरु, एरिया सेक्रेटरीहरु, एरिया ट्रेजररहरु, एरिया कमिटी मेम्बरहरुलाई पिडिजी लायन डिके ढुंगानाले, डिष्ट्रिक्टका एफडब्लुसी, जिएलटी, जिएसटी, जिएमटी, जिएटी, जिइटी, एलसिआईएफ तथा मिसन १।५ का कोअर्डिनेटरहरुलाई पिडिजी लायन विश्वेश्वर आचार्यले र चिफ एडभाईजर, डेपुटी चिफ एडभाईजर, चिफ एडमिनिस्ट्रेटर, को चिफ एडभाईजरहरु, कम्युनिकेसन, मार्केटिङ चिफहरु, सिनियर एडभाईजरहरुलाई डिष्ट्रिक्ट गभर्नर लायन हरि प्रसाद मरहट्टा, पिडिजी लायन ध्रुब थापा र पास्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन प्रेम बहादुर श्रेष्ठले प्रशिक्षण दिएका थिए ।
लायन्स लिडरहरुलाई डा। रबिन कटुवालले सामाजिक रुपान्तरणका लागि कसरी समर्पण गर्न सकिन्छ भन्ने बारेमा उत्प्रेरणा दिए । उनले आगामी वर्षको लागि डिष्ट्रिक्ट गभर्नरको थिम सेयरिङ ह्याप्पिनेसमा आधारित भई गर्न सकिने कार्यक्रमहरुको बारेमा सरल ढंगले जानकारी दिए ।
फस्ट भाईस डिष्ट्रिक्ट गभर्नर इलेक्ट लायन मिलन बाबु मल्ल, सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर इलेक्ट लायन प्रजापती बाँस्तोला र मनोनित चिफ एडभाईजर लायन कुश प्रसाद मल्लीले सबैलाई कार्यकाल सफलताका लागि शुभकामना दिए । क्याबिनेट सेक्रेटरी लायन कृष्ण बहादुर अधिकारीले विभिन्न प्रशासनिक कार्य र क्याबिनेट ट्रेजरर लायन कल्पना थापाले डिष्ट्रिक्ट मल्टिपल र इन्टरनेसनलमा बुझाउनुपर्ने शुल्क र छिटो शुल्क बुझाउनेलाई डिष्ट्रिक्टले प्रदान गर्ने अवार्डको बारेमा जानकारी दिइन् ।
काठमाडौं, गोर्खा, नुवाकोट, पोखरा, बागलुङ लगायतका क्षेत्रबाट १७० भन्दा बढी लायन्स लिडरहरुको कार्यक्रममा सहभागिता थियो । नेपालमा लायन्स इन्टरनेसनलको १५ वटा डिष्ट्रिक्ट छ ।
ताजा
भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास
२०८३ असार ११ गते, बिहीबार
भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास
२०८३ असार ११ गते, बिहीबार
न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी
२०८३ असार ९ गते, मंगलवार
मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी
२०८३ असार ९ गते, मंगलवार
आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण
२०८३ असार ९ गते, मंगलवार
प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
२०८३ असार ९ गते, मंगलवार
आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ
२०८३ असार ९ गते, मंगलवार
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
२०८३ असार ५ गते, शुक्रबार
‘क्याप्टेन साब’को सकियो छायांकन
२०८३ असार ५ गते, शुक्रबार
‘रोल नं १’को टिकटमा ५० प्रतिशत
२०८३ असार ५ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





