उपन्यास कृति ‘कर्ना’ लोकार्पण

२०८१ जेष्ठ ७ गते, सोमबार

काठमाडौं । मिलन शाह शंकरको उपन्यास कृति ‘कर्ना’ लोकार्पण गरिएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी नाटकघरमा एक विशेष समारोहबीच प्राडा. इतिहासविद सुरेन्द्र केसीको प्रमुख आतिथ्यतामा उक्त कृति लोकार्पण गरिएको हो । प्रमुख अतिथि केसी वरिष्ठ पत्रकार एवं साहित्यकार प्रा।पुरुषोत्तम दाहाल, महाकाव्यकार खेमनाथ दाहाल, लेखककी आमा कमला शाह शंकर, साहित्यकार लेखनाथ पोख्रेल, वरिष्ठ संगीतकार राजु सिंह, रेडियो नेपालका बोर्ड सदस्य तथा गायक सीताराम पोख्रेल, कृतिका सम्पादक कृष्ण भुसाललगायतले कृतिको लोकार्पण गर्नुभएको थियो । सो अवरमा अनावरण प्रमुख अतिथि तथा अतिथिहरूबाट आमा कमला फाउण्डेशनको पनि अनावरण गरिएको थियो । यो फाउण्डेशन स्रष्टा शाह(शंकरले आफ्नी आमा कमलाका नाममा स्थापना गर्नुभएको हो ।

सो अवसरमा राजुसिंह, सीताराम पोख्रेल, प्रकाशचन्द्र परियार, राजेन्द्र रिमाल, कमला डिसी, दीपेन्द्र सिंह दर्नाल, जितबहादुर राउत, सन्तोष श्रेष्ठ, घनेन्द्र ओझालगायतले स्रष्टा शाह(शंकरलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

स्रष्टा शाह–शंकरले विविध कारणबस यो कृति पाठकमाझ आउन दश वर्ष लागेको बताउँदै आफ्ना पहिलाका कृतिभन्दा फरक ढंगले प्रस्तुत भएको बताउनुभयो । महाकाव्यकार तथा कृतिका भूमिकाकार वरिष्ठ साहित्यकार खेमनाथ दाहालले साच्चैकै राम्रो कृति कर्ना रहेको बताउँदै कर्नाले उठाउन खोजेको विषय वस्तुमाथि प्रकाश पार्नुभएको थियो । पुस्तकको समीक्षा गर्दै प्रा।पुरुषोत्तम दाहालले दश वर्षे सशस्त्र हिंसाले धेरै घाउहरू दिएको बताउँदै यस कृतिमा पनि त्यसले समाजमा निम्ताएको घटनालाई उजागर गरेको बताउनुभयो । समाजमा जगडिएर रहेको जातिय छुवाछूतका विषयलाई पनि कृतिले उजागर गरेको उहाँले सुनाउनुभयो । जातीय छु्वाछूत समाजको एक कंलक रहेको र यो दलितभित्र पनि रहेकाले यसलाई हटाउन सबैले पहल गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले पुस्तक एकदमै राम्रो रहेको बताउँदै सबैले पढन आग्रह पनि गर्नुभयो ।

मिलाप पब्लिकेशनका अध्यक्ष एवं पत्रकार कृष्ण भुसालको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि प्राडा।केसीले माओवादी सशत्र द्वन्द्वले अनेक पीडा र घाउ दिएको बताउँदै त्यसैमा आधारित यो कृति पनि रहेको बताउनुभयो । उहाँले देशको वर्तमान राजनीतिक परिस्थितिको चिन्ता गर्दै परिवर्तनले आमजनतामा कुनै उत्साह ल्याउन नसक्नुमा नेतृत्ववर्गका व्यक्तिगत स्वार्थ हावी रहेको जिकिर गर्नुभयो । प्राडा।केसीले आमा कमला फाउण्डेशनका लागि बधाई तथा शुभकामना दिनुभएको थियो ।

मिलापकी कार्यकारी सम्पादक गीता अधिकारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण गीतकार तथा निर्देशक गणेश सुवेदीले गर्नुभएको थियो । सो अवसरमा पुस्तक प्रकाशन गर्न विभिन्न क्षेत्रबाट सहयोग पुर्‍याउने व्यक्ति, संघ संस्था र अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।
मिलाप पब्लिकेशन प्रा।लिले प्रकाशन गरेको ३६४ पेजको यो कृतिको मूल्य ५९९ राखिएको छ ।

कार्यक्रममा वरिष्ठ कलाकार उत्तम केसी, चलचित्र निर्देशक विनोद सेरेङ्ग, रिमेश अधिकारी, रामशरण कोइराला, रवि कार्की, शेखर लामा, लिगेश भट्टराई, शास अधिकारी, अचुत बजागाईं, नायिका तथा गायिका सारिका घिमिरे, साहित्यकार डिआर राई, राधा भण्डारी, रमेश दाहाल, राधा दुलाल कार्की, रंगकर्मी घिमिरे युवराज, युवा उद्यमी तथा व्यवसायी, कृष्ण श्रेष्ठ, विकास लामिछाने, नायिका तथा गायिका सारिका घिमिरे, कलाकार अर्विन याक्थुम्बा, समाजसेवी हरिमाया श्रीस पुन, शुवास शंकर, ब्राभो क्याफे एण्ड बारका सञ्चालक, चन्द्र वाग्ले, स्टार्ट टु टेलका फाउण्डर जयस रमण दाहाल, किताब यात्राका फाउण्डर ऋषिराम अधिकारी, सिइओ विकेश भट्टराई, गफ फ्याक्ट्रीका सञ्चालक दिपेश लामिछाने, श्रीकार्य विनायक प्रिन्ट्रिङ प्रेसका सञ्चालक दिलिप केसी, संगम नेपाल, पिताम्बर काफ्ले, वरिष्ठ पत्रकार सानु श्रेष्ठ, तुलसी गिरी ‘भावुक’, स्वस्तिका चिलवाल, राम चौधरी, सुरेन्द्र थापा, मोहमद जलिमलगायतका विभिन्न क्षेत्रका व्यक्तित्वको बाक्लो उपस्थिति थियो ।

216 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal