काठमाडौंमा वायु प्रदूषण बढ्यो, मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौँमा वायु प्रदूषणक अत्यधिक रहेकाले सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन, यात्रा नगर्न र अत्यधिक प्रदूषित क्षेत्रबाट टाढा रहन अनुरोध गरे । विश्वभरिको वायुप्रदूषणको अवस्था मापन गर्ने ‘वर्ल्ड एयर क्वालिटी इन्डेक्स(र्याकिङ्ग’ अनुसार काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा छ ।
‘वायु प्रदूषणले मुटु तथा रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान, घाँटी आदिमा असर पुर्याउनुका साथै दम, क्यान्सर आदिको जोखिम पनि बढाउँछ । वायु प्रदूषणले गर्दा कम तौल भएको बच्चा जन्मने र अवधि नपुग्दै बच्चा जन्मने जोखिमसमेत हुन्छ,” प्रवक्ता बुढाथोकीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालमा वायु प्रदुषणबाट बर्सेनि हुने मृत्युमा बढीजसो पाँचवर्ष मुनिका बालबालिका, गर्भवती, दीर्घ रोगी र वृद्धवृद्धा बढी छन् । यसले नेपालीको औसत आयु चार दशमलव एक प्रतिशतले घटाएको तथ्याङक छ ।
नेपालमा रूग्णता तथा मृत्युको प्रमुख कारणमा वायु प्रदूषण प्रमुख रहेको विविध तथ्य र अनुसन्धानले देखाएको प्रवक्ता बुढाथोकी बताउँछन् । गर्मी समयमा तराईमा तातो हावा बहने र लू लाग्ने उच्च सम्भावना भएको हुँदा तातो हावा लागेको समयमा अनावश्यक बाहिर हिँडहुल नगर्न तथा झोलिलो पदार्थ पर्याप्त मात्रामा सेवन गर्न गराउनु हुन मन्त्रालयले अनुरोध गरेको छ । गर्मी बढेसँगै देशभरका अस्पताल र स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको मन्त्रालयले जनाएको छ । रासस
ताजा
भाइरल ७ तल्ले भवनमा चल्यो डोजर
२०८३ बैशाख २० गते, आईतवार
भाइरल ७ तल्ले भवनमा चल्यो डोजर
२०८३ बैशाख २० गते, आईतवार
सर्वोच्चको आदेशपछि लेखापढी व्यवसायीलाई राहत, कार्यालयमा सहज रुपमा प्रवेश गर्न पाउने
२०८३ बैशाख २० गते, आईतवार
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो
२०८३ बैशाख १७ गते, बिहीबार
युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा
२०८३ बैशाख १७ गते, बिहीबार
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी
२०८३ बैशाख १६ गते, बुधबार
फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित
२०८३ बैशाख १५ गते, मंगलवार
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल
२०८३ बैशाख १४ गते, सोमबार
‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’
२०८३ बैशाख १४ गते, सोमबार
यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय
२०८३ बैशाख १४ गते, सोमबार
अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी
२०८३ बैशाख १४ गते, सोमबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





