‘पठान’ को रेकर्ड तोड्यो ‘एनिमल’ ले, बन्यो सर्वाधिक कमाइ गर्ने दोस्रो हिन्दी फिल्म

२०८० पुष १८ गते, बुधबार

एजेन्सी । बलिउड अभिनेता रणवीर कपूर अभिनीत फिल्म ‘एनिमल’ ले नयाँ रेकर्ड राखेको छ। एनिमलले प्रदर्शनको ३३ औं दिनमा सर्वाधिक कमाइ गर्ने दोस्रो हिन्दी फिल्मको रेकर्ड राखेको हो। भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार फिल्मले भारतमा ५४६ करोड २७ लाख भारू कमाएको छ। योसँगै एनिमलले शाहरूख खानको पठानको रेकर्ड तोडेको छ।

पठानले भारतमा ५४३ करोड ०९ लाख भारू कमाएको थियो। सर्वाधिक कमाइ गर्ने पहिलो हिन्दी फिल्मको रेकर्ड भने शाहरूख खानकै नाममा छ। उनको फिल्म ‘जवान’ ले ६४० करोड २५ लाख भारू कमाएको थियो।

एनिमलले विश्वभरबाट ८९० करोड भारू कमाएको छ। बक्स अफिसमा राम्रो कमाइ गरेको फिल्म ओटिटीमा प्रदर्शन हुँदैछ। भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्म २६ जनावरीदेखि नेटफ्लिक्समा रिलिज हुनेछ।

सन्दिप रेड्डी वांगाले निर्देशन गरेको फिल्ममा रणवीरसँगै रश्मिका मन्दना, बबी देओल, अनिल कपूर, तृप्ति डिमरीलगायतको अभिनय छ। फिल्ममा अनिल रणवीरको बाबुको भूमिकामा छन् भने रश्मिका उनको श्रीमतीको भूमिकामा देखिएका छन्। फिल्मको कथालाई सन्दिपले नै लेखेका हुन् भने फिल्ममा भुषण कुमार, प्रणय रेड्डी, मुरद खेतानी र कृष्ण कुमारले लगानी गरेका छन्।

116 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न

२०८३ जेष्ठ १९ गते, मंगलवार

माननीयज्यु रेस्लिङ रिङ कि संसद् : अनुहार फेरियो, प्रवृत्ति फेरिएन !

२०८३ जेष्ठ १९ गते, मंगलवार

‘गौँथली’को टिजरमा श्रीमान्, श्रीमती र आमाको कथा

२०८३ जेष्ठ १९ गते, मंगलवार

चलचित्र ‘सिन्दुरे जात्रा’ र अभिनेता विजय बराल

२०८३ जेष्ठ १९ गते, मंगलवार

विद्यार्थीले मन पराए चलचित्र ‘रोल नं १’

२०८३ जेष्ठ १९ गते, मंगलवार

अनुसन्धानको घेरामा रहँदै आएका वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंह पक्राउ

२०८३ जेष्ठ १९ गते, मंगलवार

नारायणहिटी हत्याकाण्डको २५ वर्ष

२०८३ जेष्ठ १९ गते, मंगलवार

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन

२०८३ जेष्ठ १७ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal