अधुरो सुहाग रात
योगेश राल्फाली
वर्गीय समाजमा वर्गचेत फैलाउन लागिपर्नु स्वभाविकै हो । खोला घरे डिप्साङ सानैदेखि समाजमा रहेको विभेद वर्गीय खाडल खुब सुष्म तरिकाले नियालि रहन्थे । स्वभावैले उ समाज पढिरहन्थे जहिल्यै । खोला छेउको घर डिप्साङको बुवा भने मध्यरातमा जाल बोकेर माछा मार्न जान्थे र मिर्मिरे उज्यालो पश्चात जति जालमा पार्न सकेका माछाहरु थोरै घरका लागि छुट्याएर बाँकी पल्लो गाउँको पसलमा लगि बेच्ने गर्थे । यसरी नै टरिरहेको थियो उनीहरुको घरखर्च । पचास सालको बाढीले भएभरको खेत बगाएर गेगरमा बदलेको कारण हाल घर मात्रै छ उनीहरुको । घर मात्रै बाँकी राखेकाले त्यही घरमा बासका रुपमा बस्दै आएका छन् डिप्साङका परिवार ।
खोला छेउको घर खोलापारी पल्लो गाउँमा स्कुल भएकोले वर्षातमा बाढी नआएका बेलाबखत मुस्किलले गई नि.मा.वि.सम्म पढ्न भ्याएका थिए डिप्साङले । उमेरले बाल्यकाल कट्दै गएपछि स्कुल पढ्न छाडेर समाज पढ्न थाले डिप्साङले । निमाविसम्म मात्रै पढेका भए पनि उसले भेटेका, देखेका राता किताबहरु जति भने खुब पढ्थे डिप्साङ । भेटेका किताब जति पानी पानी हुनेगरी पढ्थे जसकोबाट ल्याएको हो सकुशल उसकोमा इमान्दारीका साथ पु¥याउँथे पनि ल्याएका किताबहरु ।
किताब धनीले भन्दा तार्किक कुरा गर्न माहिर बन्दै गए डिप्साङ अध्ययन पश्चात । किताबको किरो डिप्साङ संयोगबि माझ गाउँमा जाँदा वर्गीय चेतना फैलाउँदै र वर्गीय विभेद वर्गीय खाडल पुर्न हिँडेका समूहसँग भेट हुन्छ । उनीहरुसँग परिचय हुँदा बोलेका डिप्साङका तार्किक भाषा शैलीदेखि अत्यन्तै प्रभावित हुन्छन् ती समूह । ती समूहले डिप्साङको ठेगाना लिन्छन् र एकदिन घरमै आएर कुरा गर्ने सल्लाहसहित ती वर्गीय चेतना फैलाउँदै वर्गीय विभेद र खाडल पुर्न हिँडेकाहरु विदा भएर लस्कर लाग्छन् माथ्लो गाउँतिर ।
ती समूहसँग छुटेर घरमा मात्रै के पुगेको थियो डिप्साङ, मुसलधारे पानी वर्षीयो । एक तमास पानी दर्केको मात्रै होइन मेघ पनि बेतमास गर्जिरहेछ बिजुलीको चमकसँगै । डिप्साङकी आमा कुनामा बेलुकाको खानाको व्यवस्था गर्न फु…फु….आगो फुकिरहन्छिन् । उता बाउ भने मुसलधारे परिरहेको पानीलाई सराप्दै ‘आज माछा मार्न खोला छिर्न नदिने भो, काँडले ।’ भन्दै घरको माझी खाँबोमा जाल झुन्ड्याएर मर्मत गरिरहेछ । डिप्साङ चाहिँ हातमा गोर्कीको ‘आमा’ बोकेर घरि भित्र घरि बाहिर गरिरहन्छ ।
उर्लेको बाढी हेर्दै पचास सालको बाढीले बगाउन भुलेको घर बेला–बेलामा बगाउला–बगाउला झै गरी आँगनको डिलसम्म बाढी मच्चिन आउने गर्छ समय –समयमा आज पनि त्यस्तै छाँट देखाइरहेछ । गर्जेर आउने बाढी, खोला छेउको घर वर्गीय समाज अनि समाजमा हुने खाने र हुँदा खाने बीचको खाडल अब राम्ररी बुझ्न थालेको छ डिप्साङले । आजबाट थप मनमा कुराहरु खेल्न थालेको छ उसको यो समाज परिवर्तनका उपायहरु सोच्दै । विचार मिल्नेसँग ठयाक्कै भेट भईदियो आजै सही विचार बोकेकाहरुसँग । यतिकैमा आमाले खाना पकाई सकेको हुन्छ र खाना खाईवरी तीनै जना आ–आफ्नो विस्तारामा सुत्न जान्छन् ।
तर पानीको एकोहोरो दर्कन, खोलाको गर्जन अनि बेलाबेलामा चम्कने बिजुलीसँगै आज डिप्साङको मनभरी चलिरहेछ विचारको तुफानी ती भेटेका मान्छेहरु को हुन् ? आज कता गए ? कहाँ बसे होलान् ? के खाए होलान् ? यिनीहरुको अन्तिम लक्ष्य के होला ? सक्लान् त यिनीहरुले समाज परिवर्तन गर्न ? यावत–यावत कुराहरु मनभरी मडारिन थाल्यो डिप्साङ्को अनि सोच्न थाल्यो के मिलेकै हो त मेरो विचारसँग यिनीहरुको ? भेट्न आउलान त यिनीहरु मलाई ? आए, कहिले आउलान् त ? अनेक–अनेक सोच्दा सोच्दै निदाउँछन् डिप्साङ ।
माझ गाउँमा भेट भएको ठ्याक्कै एक महिनापछि रातीको १ बजेतिर आइपुग्छन् ती समूह र बोलाउँछन् ‘डिप्साङ सर ।’ डिप्साङ सर ! भन्दै । माथि बुइगलबाट ‘को हो ?’ भन्दै डिप्साङकी आमाले सोधिन् । डिप्साङको बुवा भने १५ मिनेट अगाडि जाल बोकेर खोलातिर आफ्नो दैनिकी अनुसार नै लागि सकेका हुन्छन् । ‘हामी हौं आमा ! डिप्साङ सरको साथी ।’ बाहिरबाट आवाज आउँछ । डिप्साङकै साथी भए ढोका खोल्न लगाउनु प¥यो भन्दै डिप्साङलाई उठाउन खोज्छे आमा तर जीवनमा यतिमध्ये राती कोही नआउने खोला छेउको घरमा आज अचानक कसरी को आएछन् भन्दै एकछिन गम्छिन् आमा । ‘आ… केही काम परेर आका होलान् ’ भन्दै आमाले डिप्साङलाई उठाउँदै ढोका खोली दिइन । ढोका खोल्दा त बाहिर आँगनभरि मान्छेहरु । एकछिन त आमा अकमक्किन ‘किन र बाबुहरु ? केही काम थियो कि ?’ ‘हामी डिप्साङको साथी हौं, उहाँलाई भेट्न आको उठाई दिनोस न आमा ।’ भन्दै समूहबाट एकजनाले बोल्छन् । ‘हुन्छ बस्नोस न ।’ भन्दै आमा डिप्साङलाई उठाउन भित्र जान्छिन् ।
डिप्साङ कपडा लगाउँदै बाहिर निस्केर हेर्छन् त माझ गाउँमा भेट भएका साथीहरु देख्छन् र सबैसँग हाई हल्लो गर्दै हात मिलाउँछन् । अनि भएसम्मको बस्ने व्यवस्था मिलाउँछन् । ‘हजुरहरुको खानाको व्यवस्था भएको छैन होला ?’ भनि सोध्छन् डिप्साङ । प्रतिउत्तरमा भरखरै पल्लो गाउँबाट खाएर हिँडेको भन्ने जवाफ मिल्छ भिडबाट । समूहलाई नेतृत्व गर्दै हिँडेका मिङमार डिप्साङलाई नजिकै बोलाएर प्रशिक्षित गर्न थाल्छन् । आफूहरुले लिएको बाटो, चाहेको भविष्य, परिवर्तन गर्न खोजेको व्यवस्था बारे । जवाफमा डिप्साङले आफूले पनि वर्षौदेखि यही चाहेको तर एक्लै भएर खुम्चिएर बस्न विवश भएको सुनाउँछन् । करिव १ घण्टाको लामो बहस र छलफलपछि मुक्ति यात्रामा हेलिन सहमत भए डिप्साङ । ‘आमा म एक्छिन साथीहरुसँग गएर आउँछु है ।’ भनेर विदा भई सँगै लागे डिप्साङ तिनै मिङमारको समूहसँग । औंसीको कालो रात ठाउँ ठाउँमा अप्ठ्यारा बाटाहरु छल्दै झेल्दै हिँडे ती मुक्ति यात्राका योद्धाहरु । आजबाट डिप्साङ पनि हेलिए संघर्षका सालिन यात्रामा । आजैबाट पुरा भयो वर्षौदेखि सोच्दै आएको डिप्साङका परिवर्तनका बाटाहरु । भलै यात्रा पुरा होला नहोला, यात्रा सफल होला नहोला त्यो भविष्यको पोल्टामा ।
डिप्साङले घर छाडेर आएको पनि आज झण्डै वर्षदिन पुग्न लागेछ । हिजो घरबाट निस्केर हिँडेको बोला जस्तो सहज छैन परिस्थिति । समाज परिवर्तनका खातिर, व्यवस्था परिवर्तनका निम्ति हिँड्नेहरुले गाउँ गाउँमा व्यापक संगठन विस्तार गरेको सूचना पाएसँगै राज्यले ती संगठनहरुलाई प्रतिबन्ध लगाए र व्यापक खोजी गरी धरपकड गर्न शुरु गरे । हिजो भन्दा परिस्थिति असहज बन्दै गएपछि ती मिङमारका समूह पनि धेरै ठूलो भएकोले मिङमार, डिप्साङ, दिलमान र छेडुपको कमाण्डमा चार समूहमा विभाजित भई चारैतिर छरिएर लागे । सरकारको दमनको तिब्रतासँगै भूमिगत हुँदै व्यापक संगठन विस्तारमा लागे ती समूहहरु चारैतिर । जति दमन बढ्दै जान्छ उति नै संगठनले व्यापकता पाउँछ । अब भने ऐस आरामका साथ चयनमा बसिरहेका राज्य पक्षलाई टाउको दुखाइको विषय बन्यो । मिङमार, डिप्साङ, दिलमान र छेडुप लगायतका नामहरु मोस्ट वान्टेडको सूचीमा दर्ज गएर सरकारले र खोजी गरी गिरफ्तार गरी ल्याउन निर्देशन दिए ।
संघर्षका आँधी चर्कदै गयो । देशभर क्रान्तिको राँको बल्न शुरु भयो । सयौंको संख्यामा सरकारले थुन्न सफल भए तर जति थुन्दै लगे त्यति नै युवाहरु रातारात संगठित हुँदै गए । सरकारले गाउँगाउँमा प्रहरी परिचालन गरे । जति प्रहरी दमन बढ्दै जान्छ उतिउति झन् युवाहरु मुक्ति यात्रामा लामबद्ध हुँदै गए ।
संघर्षकै बीच डिप्साङको कमाण्डमा रहेकी एकजना महिला स्याल्गरले डिप्साङलाई औधी मन पराउन थाल्छिन् । डिप्साङको नेतृत्व गर्ने शैली, बोल्ने हाउभाउ अनि इमानदारीतासँग स्याल्गर धेरै फिदा हुँदै गईन दिनदिनै । यसैबीच संघर्षकै यात्रामा कसैलाई औधी मन पराएकीले संघर्षकै बाटोमा विवाह बन्धनमा बाँधिएर सँगसँगै क्रान्तिमा लाग्ने अठोटका साथ एकदिन समिक्षात्मक बैठकमा स्याल्गरले आफूले कसैलाई भित्रभित्रै मन पराएकीले बिवाह गर्न पाउने प्रस्ताव राखिन् । स्याल्गरको प्रस्ताव जायज हो तर विवाह बन्धनमा बाँधिए पनि जनताकोमा जाँदा सतर्क रहनु पर्ने र साथीको रुपमा मात्रै देखिनु पर्ने श्रीमान् श्रीमतीको वातावरण आवश्यकता अनुसार संगठनले नै मिलाई दिने तर्क अघि सारे कमाण्डर डिप्साङले । यो कुरामा सबै जना सहमत भए र मिङमार लगायत अन्य टिममा पनि जानकारी पठाउन निर्देशन दिँदै स्याल्गरले मन पराएको मान्छे भन्न अनुमति दिए डिप्साङले । साहसी महिला जुरुक्क उठेर मैले मन पराएको व्यक्ति डिप्साङ हो भनिन् । डिप्साङ रातो न पिरो भयो स्याल्गरको प्रस्ताव सुनेर तर बैठकमा सबैले साथ दिँदै एकोहोरो ताली बजाइरहे । हुन त डिप्साङले पनि भित्रभित्रै मनमनै मन नपराएको त हैन । स्याल्गरको प्रस्तावलाई उपल्लो कमिटिमा लगिने निर्णयसहित बैठक समाप्त हुन्छ ।
प्रस्ताव पठाएको एक हप्तापछि कमिटीको निर्णय अनुसार त्रिवेणी डाँडामा डिप्साङ र स्याल्गरको धुमधामका साथ जनवादी विवाह हुन्छ । विवाहमा उपल्लो कमिटीका मिङमारलगायतका पनि उपस्थिति हुन्छन् । सबैले बधाई र शुभकामना दिए नयाँ जोडीलाई । विवाह पश्चात एक हप्ता छुटीसहित घर पठाए संगठनले डिप्साङ र स्याल्गरलाई । तर संगठनभित्रै स्याल्गरलाई मनपराइ रहेका विक्रमले ती सम्पूर्ण गतिविधि र छुट्टीमा घर गएको कुरा प्रहरीकोमा पु¥याउँछन् । यही सुराकीका आधारमा सहागरात मनाउन घर हिँडेका डिप्साङका जोडीलाई बाटोमा लुकेर समात्न बसे प्रहरी । एक्कासी प्रहरीसँग जम्काभेट हुन्छ डिप्साङ र स्याल्गरको । प्रहरी देख्ना साथ दुबैजना भागे तर प्रहरीले एक्कासी फाइरिङ गरे डिप्साङ घटनास्थलमै ढले र त्यो मुक्ति यात्राको पहिलो सहिद भए । तर स्याल्गर भने भाग्न सफल भइन् । डिप्साङलाई गोली लागेको प्रत्यक्ष देखे पनि ज्यान जोगाउन भागेकी स्याल्गर छातीभरी आगोको ज्वाला बोकेर बगेका आँसु पुछ्दै पुछ्दै संगठनको सम्पर्क खोक्दै हिँडिन, डिप्साङको सपना पुरा गर्ने अठोटका साथ । आफ्नो जीवन साथीको रगतको बदला लिएरै छाड्ने संकल्प लिएर ….।
ताजा
नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै
२०८३ श्रावण ११ गते, सोमबार
नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै
२०८३ श्रावण ११ गते, सोमबार
झडप र तनावपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु
२०८३ श्रावण ११ गते, सोमबार
बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक
२०८३ श्रावण ११ गते, सोमबार
मःमभित्र कपाल, कारवाही होला त ?
२०८३ श्रावण ११ गते, सोमबार
Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न
२०८३ श्रावण ६ गते, बुधबार
एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट
२०८३ श्रावण ४ गते, सोमबार
अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला
२०८३ श्रावण २ गते, शनिबार
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण २ गते, शनिबार
डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते
२०८३ श्रावण २ गते, शनिबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





