प्रतिनिधिसभाको पहिलो बैठक आज

२०७९ पुष २५ गते, सोमबार

काठमाडौं । प्रतिनिधिसभाको नयाँ कार्यकालको पहिलो बैठक आज बस्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो १ बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् । गएको निर्वाचनबाट निर्वाचित भएर आएका प्रतिनिधिसभा सदस्यको पहिलो बैठक बस्न लागेको हो ।

आजको बैठकको सुरुआतमा ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । त्यसपछि राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाइने सम्भावित कार्यसूची छ ।

यस्तै, ज्येष्ठ सदस्यले सभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न सांसदहरूको मनोनयन गर्नेछन् । अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा शीर्ष नेताहरूले मन्तव्य राख्नेछन् । केही शोक प्रस्ताव समेत प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

नयाँ सभामुख निर्वाचित नहुन्जेल ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले बैठक सञ्चालन गर्नेछन् ।

178 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘हर्मुज जलमार्ग बन्द, अमेरिकासँग ‘वारपार’ को स्थिति

२०८३ असार २८ गते, आईतवार

‘हर्मुज जलमार्ग बन्द, अमेरिकासँग ‘वारपार’ को स्थिति

२०८३ असार २८ गते, आईतवार

अरबौंको घाटामा गएको डिडिसी सुधारमा कृषि मन्त्री गिता चौधरी पनि उदासिन

२०८३ असार २७ गते, शनिबार

अन्तरआत्माको आवाज जहां नागरिक आफैंलाई जलाउन बाध्य हुन्छ 

२०८३ असार २७ गते, शनिबार

रुसमा दुई रोबोटले गरे विवाह, एआईको नयाँ प्रदर्शन

२०८३ असार २७ गते, शनिबार

काठमाडौंको बुद्धनगरमा फेरि अर्को आत्मदाहको प्रयास

२०८३ असार २७ गते, शनिबार

कीर्तिपुरमा रहेको होल्डिङ सेन्टरमा बाढी बस्दा सुकुम्बासीको उठीवास

२०८३ असार २७ गते, शनिबार

सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

२०८३ असार २६ गते, शुक्रबार

गणेशको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

२०८३ असार २६ गते, शुक्रबार

गणेश नेपालीको आत्मदाह प्रकरणः सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँः वीर अस्पताल

२०८३ असार २६ गते, शुक्रबार

‘गौँथली’को चर्चा चुलियो, युट्युबको ट्रेन्डिङ नम्बर १ मा

२०८३ असार २६ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal